• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ११ घण्टा अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ३ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ५ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ५ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ६ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : कुन पालिकामा कसले मारे बाजी ?

"कतै सहमति कतै निर्वाचन, कैलालीमा पनि टुङ्गियो विवाद  "
  •  संवाददाता
  • सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लाका विभिन्न स्थानीय तहमा गाउँ–नगर अधिवेशन सकिएको छ। प्रदेश राजधानीको जिल्ला कैलालीमा भने क्रियाशील सदस्यता विवादले वडा अधिवेशन पनि भएको छैन।

    यद्यपि शनिबार मात्रै कैलालीको विवाद पनि टुङ्गिएको स्थानीय नेताहरूको दाबी छ। ‘विवाद समाधान भयो, आइतबार यहाँका निर्वाचन अधिकृतलाई सदस्यता नामावली प्राप्त हुन्छ’, कांग्रेस कैलालीका नेता नृप सुनारले भने, ‘सोमबार हामीले छलफल गरेर निर्वाचनको मिति तोक्छौँ।’

    कैलालीबाहेक अन्य जिल्लाका स्थानीय तहमा अधिवेशन सकिएको छ भने केहीमा जारी छ।

    कञ्चनपुर
    कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन सकिएको छ। अधिवेशनबाट बेलौरी नगर सभापतिमा पेपुराम चौधरी, लालझाडी गाउँ सभापतिमा श्रीकृष्ण राना, वेदकोट नगर सभापतिमा तुलाराम साहु, भीमदत्त नगर सभापतिमा अच्युतराज कलौनी र बेलडाँडी गाउँ सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन्।

    गज बहादुर विष्टले आफ्ना निकटतम प्रतिस्पर्धी पृत बहादुर विष्टलाई ८ मतको अन्तरले हराउँदै बेलडाँडी कांग्रेस सभापतिमा चयन भएका हुन। यस्तै पुनर्वास नगर सभापतिमा शुकबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले आफ्ना प्रतिस्पर्धी दिल बहादुर बोहरालाई १० मतले पछि पार्दै विजयी भएका हुन्।

    त्यस्तै शुक्लाफाँटा नगर सभापतिमा दानबहादुर ऐर, कृष्णपुर नगर सभापतिमा विष्णु खड्का र दोधारा चाँदनी नगर सभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा चयन भएका छन्।

    डडेल्धुरा 
    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि अधिवेशन सम्पन्न भएको छ। अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ भने बाँकी ५ वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेशन भएको हो।

    अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट (मायालु) र नवदुर्गा गाउँपालिकामा भोजराज भट्टसँगै पूरै कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए।

    उनका अनुसार परशुराम नगर सभापतिमा भरत बडायर जोशी, अजयमेरु गाउँपालिका सभापतिमा टेकराज पाण्डेय, आलिताल गाउँपालिका सभापतिमा चन्द्रदेव बोहरा, भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिका सभापतिमा इन्द्र कार्की निर्वाचित भएका छन्।

    बैतडी 
    बैतडीमा पनि पालिका अधिवेशन सकिएको छ। जसअन्तर्गत सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्त्वमा सर्वसम्मत समिति चयन भएको छ। शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द र पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन्।

    यता दशरथचन्द नगरपालिकाको सभापतिमा भुवन राज भट्टको प्यानल नै विजयी भएको छ। पुर्चौडी नगरपालिकाको सभापतिमा गणेश सिंह गडाल विजयी भएका छन्।

    यस्तै दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएका छन्। मेलौली नगरपालिकाको सभापतिमा परमानन्द भट्ट निर्वाचित भएका छन्।

    सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्।

    डोटी
    डोटीका ९ स्थानीय तहमध्ये आठ स्थानीय तहमा नेपाली कांग्रेसले पालिका स्तरीय समितिको नेतृत्त्व चयन गरेको छ।

    कांग्रेस जिल्ला सभापति प्रदीप देउवाका अनुसार नेतृत्त्व चयनका क्रममा ४ पालिकामा सहमतिमा चयन भएको छ भने ४ पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्त्व चयन भए पनि बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन।

    दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी निर्विरोध निर्वाचित भएका छन्। यस्तै आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा, पूर्वीचौकी गाउँपालिका सभापतिमा बलबहादुर खड्का, केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर, शिखर नगरपालिका सभापतिमा हर्क बोगटी, सायल गाउँपालिका सभापतिमा तेजराज ओझा, जोरायल गाउँपालिका सभापतिमा मोहन मल्ल र बडीकेदार गाउँपालिका सभापतिमा करुणाकर जोशी चयन भएका छन्।

    बोगटान फुडसिल गाउँपालिकाको नेतृत्त्व चयनमा अझै सहमति जुटेको छैन।

    दार्चुला 
    दार्चुलाका ४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्त्व चयन भएको छ। जिल्लाको मार्मा, मालिकार्जुन, अपिहिमाल र नौगाड गाउँपालिकामा सबै पदहरूमा सर्वसम्मत रूपमा नेतृत्त्व चयन भए पनि बाँकी ५ स्थानीय तहमा नेतृत्त्व चयनका लागि छलफल जारी छ।

    मार्मा गाउँपालिकामा धनञ्जय जोशी, मालिकार्जुन गाउँपालिकामा किसन सिंह सामन्त, अपिहिमाल गाउँपालिकामा शोभन सिंह लोथ्याल र नौगाड गाउँपालिकामा प्रेम सिंह धामी गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

    अन्य स्थानीय तहहरूमा सभापतिका आकांक्षी बढी भएपछि सर्वसम्मत नेतृत्त्व चयनमा ढिलाइ भइरहेको छ।

    अछाम
    अछामका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा सहमतिकै आधारमा नयाँ नेतृत्त्व चयन गरिएको छ भने बाँकी रहेका ४ पालिकामा सहमतिको प्रयास भइरहेको छ।

    मङ्गलसेन नगरपालिकामा झपट बहादुर रावल, कमलबजार नगरपालिकामा पदम बहादुर भण्डारी, चौरपाटी गाउँपालिकामा धर्म बहादुर साउद, रामारोशन गाउँपालिकामा मान बहादुर साउद र ढकारी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका धन बहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

    यस्तै तुर्माखाँद गाउँपालिकामा पनि सर्वसम्मत नै नयाँ कार्यसमिति चयन गरिएको छ।

    ६ पालिकामा सहमति भए पनि ४ वटामा अझै सहमति जुट्न सकेको छैन। जिल्लाको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सहमतिकै आधारमा नेतृत्त्व चयन गर्न छलफल जारी छ।

    बझाङ
    १० स्थानीय तह रहेको बझाङ जिल्लामा दुई स्थानीय तहमा मात्रै कांग्रेसको गाउँ नगर अधिवेशन सम्पन्न भएको छ। बाँकीमा निर्वाचनको तयारी भइरहेको छ।

    बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी नेपाली कांग्रेसको सभापति बनेका छन् भने सुर्मा गाउँपालिकामा अतीत बोहराले सभापतिको जिम्मेवारी पाएका छन्।

    बाजुरा 
    ९ वटा स्थानीय तह रहेको बाजुरामा पनि ४ स्थानीय तहमा मात्रै गाउँ–नगर अधिवेशन सकिएको छ। बाँकी ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्त्व चयनको तयारी भइरहेको छ।

    बाजुरा जिल्ला सभापति कविराज पण्डितका अनुसार बूढीनन्दा नगरपालिका सभापतिमा मान बहादुर खड्का निर्वाचित भएका छन्। यस्तै बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट र गौमुल गाउँपालिकामा राज बहादुर धामी सभापतिमा निर्वाचित भएका छन्।

    बाँकी पालिकामा सहमतिको प्रयास भइरहेको छ।

    • कसले मारे बाजी
    • कांग्रेस महाधिवेशन
    • सुदूरपश्चिम
    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.