• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिमको ‘हेल्लो सिएम’मा फोन नै उठ्दैन,कर्मचारी भन्छन्,‘गुनासो नै आउदैन् !

  •  संवाददाता
  • बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा जनताका गुनासा सुन्न ०७५ जेठ ७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेल्लो सिएम’ शुभारम्भ भएको घोषणा गरे।

    पहिलो गुनासो सुनाए डोटीको शिखर नगरपालिका–२ का करणजन शाहीले। धनगढीको ट्राफिक व्यवस्थाबारे गुनासो टिपाएको तीन वर्ष भयो। गुनासो अहिले पनि उस्तै छ।

    बुधवार त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाँदै थिए डोटीका अमर भट्ट। आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउन विगत १२ वर्षदेखि भारतमा चौकीदारी गर्दै आएका उनी मुख्यमन्त्री भट्टले स्वदेशमा रोजगारीको अवसर दिन्छु भनेर ढाँटेको बताउँछन्।

    ‘म जस्तै मजदुरी गरेका त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन्,उनले आफ्नो भविष्य बनाए,’अमरले भने,‘हामीहरूलाई पनि रोजगारीका लागि भारत जानु पर्दैन भन्थे गफै रहेछ।’

    घर खर्च चलाउन कहिलेसम्म भारतको भर पर्नेरु उनले यो प्रश्न मुख्यमन्त्री समक्ष ‘हेलो सिएम’ मा फोन गरे। तर फोन रिसिभ भएन। ‘हाम्रो समस्या कहिले समाधान हुन्छ भनेर सोध्न मन थियो,तर हाम्रा कुरा उहाँ सुन्न हुन्न,’अमरले भने,‘गुनासो सुन्ने ‘हेलो सिएम’ छ भन्ने सुनेको थिए, त्यसमा फोन नै उठेन।’

    न भयो सम्बोधन, न आउँछन् गुनासा

    हेलो सिएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने टोल फ्री १६६०–९१५२७२३ नम्बरको व्यवस्था गरिएको छ। स्थापनादेखि अहिलेसम्म १ सय ८९ गुनासा आए। गुनासो सम्बोधन भएको जानकारी मुख्यमन्त्रीको कार्यालयले दिएको छैन।

    धनगढी हसनपुरका विजय मल्ल दुई वर्ष पहिले छाडा पशु चौपाया व्यवस्थापनको माग गर्दै गुनासो टिपाए पनि अहिलेसम्म समस्या उस्तै रहेको बताउँछन्। ‘सम्बोधन नहुने भए गुनासो गर्नुको के अर्थ,’उनले भने,‘त्यसपछि मैले गुनासो नै टिपाउन छोडे।’

    घोडाघोडीका गणेश भण्डाराले समस्या टिपाउन हेलो सिएममा फोन गरे पनि फोन नै नउठेको गुनासो गरे। ‘हेलो सिएम सुरु भए पनि त्यसबाट यहाँका नागरिकले लाभ लिन सकेनन्,’भण्डाराले भने,‘गुनासो आउँदैन भन्छन्, गुनासो गर्नलाई फोन पनि उठ्नु पर्‍यो नि ?’

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता विश्वदीप वेस्राले पछिल्लो समय गुनासा आउन छोडेको बताए। ‘म सरुवा भएर आएको ५ महिना भयो,यो अवधिमा एउटा पनि गुनासो आएको छैन,त्यसअघि पनि डेढ वर्ष यता गुनासो आएको देखिएन,’उनले भने,‘हाल सम्म १ सय ८९ गुनासा परेका छन्,त्यसमा पनि खानेपानी, बिजुली, टेलिफोन, पूर्वाधार विकास, सामाजिक, स्वास्थ्य र आर्थिक सेवासँग सम्बन्धित गुनासा धेरै छन्।’

    उनले आएका गुनासामध्ये केही बाहेक अधिकांशको सम्बोधन भएको दाबी गरे। चालु आर्थिक वर्ष ‘हेलो सिएम’ कक्षका लागि ४ लाख बजेट विनियोजन गरेकाले थप प्रभाकारी हुने वेस्राले बताए।

    ‘हामीले प्रभावकारी ढङ्गबाट हेलो सिएमलाई सञ्चालन गछौँ,अहिले हामीले गुनासो टिप्न एक जना कर्मचारी पनि खटाएका छौँ,’उनले भने’,आएका गुनासालाई प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने र बाहिरका दुबैलाई सम्बन्धित निकायकहाँ लिखित रूपमा पत्राचार गरेर सम्बोधन गर्ने गरेका छौँ।’

    • गुनासो
    • फोन उठ्दैन
    • सुदूरपश्चिम
    • हेल्लो सिएम
    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.