• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ४ महिना अगाडि

६ लेनको सडक ट्याङ्करको कब्जामा, हालसम्म ११ जनाको मृत्यु,साउनयता मात्रै १३ दुर्घटना !

  •  संवाददाता
  • मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै ट्याङ्कर पार्किङमा हुन्छन्। सडकछेउमै रहेको आयल निगममा पेट्रोलियम पदार्थ ढुवानी गर्न आउने ८७ ट्याङ्कर पार्किङ स्थल नहुँदा २४ देखि ४८ घण्टासम्म सडक छेउमा पार्किङमा हुन्छन्।

    ‘कालोपत्रे गरिएको एक खण्डको दुवै छेउमा पेट्रोल र डिजेल भरिएका ट्याङ्कर पार्किङ गरिएका छन्’, सवारी चालक दीपेन्द्र शाहीले भने, ‘सडक त ट्याङ्कर पार्किङकै लागि बनाइएको जस्तो छ, यस्तो सडकमा दुर्घटनाको निकै जोखिम छ, जति सावधान भएर चलाउँदा पनि राति त झन् समस्या हुन्छ।’

    यता ट्याङ्कर चालकको दुःख पनि बेग्लै छ। ‘हाम्रा लागी पार्किङको व्यवस्था छैन, कहाँ राख्ने तरुु ट्याङ्कर व्यवसायी अशोक रिजालले भने, ‘वषौँदेखि सडकमै पार्किङ गरिरहेका छौँ, हामीलाई पनि समस्या छ, छिटो पार्किङ स्थल निर्माण भए समस्या समाधान हुन्छ।’

    ‘अहिले डिपोको क्षमता बढ्दै गएका कारण पेट्रोलियम पदार्थ सप्लाइ गर्ने ट्याङ्करको सङ्ख्या पनि बढेको छ, अहिले ८७ ट्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्दछन्’, आयल निगम सुदूरपश्चिम प्रमुख राम कुमार न्यौपानेले भने, ‘हामीसँग पार्किङको व्यवस्था नहुँदा सडकमै होल्ड गर्नुपर्ने अवस्था छ, कहिले त ७२ घण्टा पनि होल्ड हुन्छन्, यसले गर्दा सवारी आवागमनमा समस्या छ नै, यसमा कुनै सवारी ठोकियो भने ठूलो विस्फोट पनि हुन सक्छ। तर पनि हामी सडकमै ट्याङ्कर राख्न बाध्य छौँ।’

    ६ लेनको सडक ट्याङ्करको कब्जामा, साउनयता मात्रै १३ दुर्घटना

    साउनयता १३ दुर्घटनाः हालसम्म ११ जनको मृत्यु
    भाद्र ३१ गते राति सशस्त्र प्रहरीमा कार्यरत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का राजबहादुर पाल र छिमेकी ३० वर्षीय टेकबहादुर बोहरा मोटरसाइकल घर फर्किँदै थिए।

    मध्यराति धनगढीबाट अत्तरियातर्फ गइरहेका उनीहरू सवार मोटरसाइकल शहीद गेट नजिकै चटकपुरस्थित प्रहरीको पोस्ट अगाडि ट्रकसँग ठोक्कियो। दुर्घटनामा गम्भीर घाइते दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगियो। उपचारका क्रममा बोहराको ज्यान गयो।

    यो त एक प्रतिनिधि घटना मात्रै हो। ६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ। साउनयता मात्रै १३ वटा दुर्घटना भएको छ। जसमा एक जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

    पार्किङ व्यवस्थापनका लागि पटक पटक पहल गर्दा पनि समस्या समाधान हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र बोहराले बताए।

    ‘६ लेन सडकको शहीद गेटदेखि बोराडाँडीको क्षेत्रमा सबैभन्दा अव्यवस्थित रूपमा पार्किङ हुँदै आएको छ। सडक साँघुरो हुने गरी ट्याङ्कर, ट्रक र सार्वजनिक सवारी साधन पार्किङ भइरहेको छन्,’ बोहराले भने, ‘निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्।’

    पार्किङ व्यवस्थापन हुँदै
    नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीले गत वर्षको साउन १ गतेदेखि भाडा तिर्ने गरी बोराडाँडी क्षेत्रमा ८ कट्टा जग्गा भाडामा लियो। १० वर्षका लागि दुई हजार पाँच सय रुपैयाँ प्रति कट्टा मासिक रूपमा भाडा तिर्ने गरी जग्गा भाडा सम्झौता पनि भयो।

    वार्षिक दुई लाख ४० हजार रुपैयाँ आयल निगमले ट्याङ्कर पार्किङ स्थलका लागि भाडा तिर्ने भए पनि ट्याङ्करहरू भने मोहनापुल–अत्तरिया सडक खण्डमा पार्किङ गरिएका हुन्छन्। कारण- बोराडाँडी क्षेत्रका स्थानीयको अवरोध।

    ‘हामीले बोराडाँडीमा जग्गा भाडामा लिएर पार्किङ गर्न सुरु गरेका थियौँ तर स्थानीयको निरन्तर अवरोधपछि हाम्रो प्रयास असफल भयो,’ आयल निगम सुदूरपश्चिमका प्रमुख राम कुमार न्यौपानेले भने, ‘हामीले सडकको पार्किङ हटाउन सकेनौँ।’

    अहिले पार्किङ व्यवस्थापन अन्तिम चरणमा पुगेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयले जनाएको छ। ‘स्थानीयको अवरोधपछि हामी पछि हट्यौ तर काम नै नगरी बसेनौँ,’ न्यौपानेले भने, ‘हामीले जग्गा खोजेर काम पनि अन्तिम चरणमा पुर्यादएका छौँ, खाद्य व्यापार तथा कम्पनी लिमिटेड कार्यालयको ३० कट्टा जग्गा भाडामा लिएका छौँ, असोज त्यहाँ पार्किङ सुरु हुन्छ।’

    • ६ लेनको सडक
    • ट्याङ्करको कब्जा
    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.