धनगढीमा रहेको सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच पञ्चकन्याद्वारा साधारण सभा उद्घाटन गरीएको थियो ।
आर्थिक वर्ष ७६÷७७ मा संस्थाको कुल सेयर पुजी १ करोड ९४ लाख २५ हजार ५ सय रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा २० करोड २८ लाख ३० हजार २ सय ३० रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा मात्रै १ सय ७७ नयाँ सदस्य थपिएको संस्थाका सचिव मनमोहन विष्टले बताए । ‘सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै आएको छ,गत वर्ष १ सय ७७ जना थप हुँदा कुल सदस्य सङ्ख्या एक हजार ७ सय ६० पुगेको छ’,सहकारीका सचिव विष्टले भने,‘हामीले सदस्य थप्ने मात्रै काम गरेका छैनौँ,वित्तीय स्रोतमा पनि उपलब्धि हासिल गर्दै आएका छौँ।’
साधारण सभामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो । सहकारीले सदस्यलाई प्रदान गर्ने सुत्केरी भत्ता,मृत्यु प्रश्चात प्रदान गर्ने दाहसंस्कार स्वरूपको खर्चलाई पनि निरन्तरता दिएको छ ।
संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि सहकारीले सेवा दिँदै आइरहेको छ ।
सङ्गम बचत तथा सहकारी संस्थाको नवौँ साधारण सभा धनगढीमा सम्पन्न
सङ्गम बचत तथा सहकारी संस्थाको नवौँ साधारण सभा धनगढीमा सम्पन्न
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु