• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

हेर्दाहेर्दै खुटिया नदीमा बिलाए गणेश !

  •  संवाददाता
  • शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको खुटिया नदीमा गोदावरी नगरपालिकाका गणेश आउँजी र राजु नेपाली सोमबार ढुङ्गा सङ्कलन गरिरहेका थिए।पानी परिरहेको समयमा उनीहरू नियमित काम गरिरहेका थिए। नदीमा पानीको बहाव पनि बढ्दै थियो। काम गर्दागर्दै नदीमा बाढी आएको उनीहरूले थाहा नै पाएनन्।

    राजुले भने, ‘नदीमा बहाव निकै बढिसक्यो अब के गर्नेरु,’ गणेशले यस्ता नदीमा त सानैदेखि पौडी खेल्दै आएका छौँ के हुन्छ र भन्ने जवाफ दिए। उनी नदीमा हामफाले। राजु पनि नदीको अर्को छेउमा हामफाले।

    वर्षाको भेलसँगै उर्लेको नदीले गणेशलाई बगायो। राजु भने नदीको छेउमा पुगे। हेर्दाहेर्दै गणेश खुटिया नदीमै बिलाए।

    उनको खोजीमा स्थानीय, प्रहरीसँगै गोताखोरको टोली खटिएको छ। तर बेपत्ता भएको ४ दिनसम्म गणेश भेटिएका छैनन्। ‘हामीले बेपत्ता भएको खबर पाउने बेलादेखि नै खोजी कार्य जारी राखेका छौँ, तर गणेश भेटिएका छैनन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले भने, ‘सुरक्षा निकाय र स्थानीय मिलेर खोजिरहेका छौँ, नदीमा पानीको सतह घट्दै गएको छ, तर पनि फेला पार्न सकिएको छैन।’

    परिवारमा रुवाबासी
    गणेशको परिवारमा रुवाबासी छ। उनकी श्रीमती, बुबा र आमा कसैका पनि आँखा ओभाएका छैनन्। उनकी आमा धनसराले तीन दिनदेखि खाना खाएकी छैनन्।

    श्रीमती छिन–छिनमा बेहोस हुन्छिन्। ‘हामी भन्दा प्यारा तमले प्यारा कइलाई मान्या, अब कइलाई भनी बाच्ने हौँ, हामीलाई पनि तमीसँग लैजाऊ प्यारा,’ रुँदारुँदै मुर्छा परिरहेकी छिन् उनकी श्रीमती। आफन्त र छिमेकीहरूले उनलाई सम्झाइरहेका छन्। मृतक गणेशका एक छोरो र एक छोरी छन्। ५/७ वर्षका उनीहरू पनि बाबा–बाबा भन्दै रोइरहेका छन्।

    ३० वर्षीय गणेश अर्काको ट्याक्टर चलाएर परिवारको गुजारा चलाइरहेका थिए। घरमा कमाउने उनी मात्रै थिए। उनी पनि खुटिया नदीमै बिलाएपछि आउँजी परिवारको खम्बा ढलेको छ। उनकी आमा धनसरा आउँजी भन्छिन्, ‘उसैले बचाएर बाचेका थियौँ। ऊ गयो अब हामी पनि जान्छौँ, मेरो कोही छैन। एउटै सहारा पनि दैवले लुट्यो। अब उसका छोरा–छोरी र श्रीमतीलाई के लगाउन दिऊँ, के खान दिऊँ।’

    गणेश बेपत्ता भएको ४ दिनमै उनको घरमा बलिरहेको चुलो पनि निभ्न थालेको छ। घरमा रहेको खाद्यान्न सकिन थाल्यो तर राहतका नाममा उनका परिवारले अहिलेसम्म केही पाएका छैनन् ।

    गौरीगङ्गा, गोदावरी टिपर तथा ट्याक्टर व्यवसायी समितिका अध्यक्ष करण बोगटीले राहतको लागि पहल भइरहेको बताए। ‘ढुङ्गा सङ्कलन गर्ने क्रममा गणेश बगे। हामीले खोजी कार्य जारी राखेका छौँ। पीडित परिवारलाई क्षतिपूर्तिका लागि पनि छलफल भइरहेको छ।’

    • नदीमा बिलाए गणेश
    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.