• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

बिचल्लीमा कैलालीका किसान : न घरको अन्न रह्यो, न खेतको धान !

  •  संवाददाता
  • शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली टीकापुरका किसान हिरालाल चौधरीका आँखा अझै ओभानो भएका छैनन् । टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय चौधरीले पेटभरि नखाएको र नसुतेको तीन दिन भयो । घरमा भण्डारण गरेको अन्नजति बाढीले बगायो । १० जनाको परिवारको बास सडकमा छ । सानो ओछयानमा कोचाकोचा गरेर उनीहरु निदाउँछन् । छेउमै बाख्रा, सुँगुर र भैंसी बाँधेका छन् । अविरल वर्षापछि बुधबार राति कर्णाली नदी यो गाउँमा पस्दा चौधरीको घर मात्रै डुबेको छैन, कडा मेहनत गरेर फलाएको धानबाली सखाप भएको छ । खेतमा नदी पसेका कारण खेत बगरजस्तै भएको छ ।

    दुःख गरेर काटेको दुई बिघाको धान क्षणभरमै कर्णालीले बगाएपछि उनको परिवारको बिजोग भएको छ । चौधरी घरी खेततिर फर्किदै डाँको छोडेर रुन्छन्, घरी वरिपरिका बसेका जहान केटाकेटीको मुख हेर्छन् । पत्नी दुलारी चौधरी र छोराछोरीले सम्झाउँदा पनि धानबाली सखाप हुँदाको पीडा भुल्न सकेका छैनन् उनले ।

    ‘दुई बिघामा लगाएको धान कर्णालीले बगाएर लगिहाल्यो अब के गर्ने रु यता न उताको बनाइदियो,’ चौधरीले निराश हुँदै भने, ‘प्रकृतिले हामीमाथि ठूलो लात हान्यो ।’ काटेको जम्मै धान नदीले बगाएको उनले दुःखेसो पोखे । ८ कठ्ठा जमिनको धान भित्र्याएर घरमा राखेका उनले त्यो पनि डुबेर कामै नलाग्ने भएको छ । अरु बेला धान बिक्री गरेर परिवारको आवश्यकता पूरा गर्दै आएका चौधरीलाई आउने वर्ष आफू र परिवारको कसरी पेट पाल्ने भन्ने चिन्ता छ ।

     

    अर्का किसान धर्मबहादुर डगौराको पीडा पनि हिरालालको जस्तै छ । वन गाउँकै स्थानीय धर्मबहादुरको परिवारले तीन बिघा क्षेत्रफलमा धान लगाएको थियो । दुई दिन लगाएर काटेको धान बाढीले बगाएपछि आफूूहरुमाथि ठूूलो बज्रपात आइलागेको अनुभूति यो परिवारले गरेको छ ।

    ‘तीन बिघा क्षेत्रफलमा लगाएको धान काटेर मुठा पारिसकेका थियौं । भित्र्याउन नपाउँदै कर्णालीले लग्यो,’ डगौराले भने । बाढीले उनको धान मात्र बगाएको छैन, जीविकोपार्जन गर्ने आधार खेत पनि बगर बनाएको छ । उनी भन्छन्, ‘अब के गर्ने होला रु म वार्षिक ४० क्वीन्टल धान बिक्री गर्थे । त्यसबाट आउने पैसाले नून, तेल र लुगाफाटो किन्थें । यसपालि सबै बाढीले बगायो । वर्षभरि परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।’

    किसान कृष्णगोपाल चौधरीले पनि बाढीले आफनो खेतमा काटेर राखेको सबै धानबाली बगाएको व्यथा सुनाए । धानबाली र बारीमा लगाएको सबै बाली बगाएपछि के खाने भन्ने अवस्था सिर्जना भएको भन्दै उनले खेत नै बगरमा परिणत भएको बताए । ‘करिब दुई बिघा खेतको धान काटेर कुनिया लगाउन मुठा बाँधेर राखेका थियौं,’ चौधरीले भने, ‘बाढी आएर जम्मै बगाएर लग्यो । घर समेत पुरिएपछि अहिले स्कुलमा आश्रय लिएर बसिरहेका छौं । अब पेट कसरी पाल्ने भन्ने चिन्ता छ ।’

    अघिल्लो वर्ष करिब डेढ लाख रुपैयाँ बराबरको धान बिक्री गरेको सम्झँदै उनले यसपालि बाढीले बगाउँदा आफूलाई खानका लागि समेत अन्न नरहेको बताए । उनी भन्छन्, ‘अब सरकारले क्षति अनुसारको सबै किसानलाई राहत दिनुपर्छ ।’

    कैलाली टीकापुरको वनगाउँ क्षेत्र मात्र नभएर वर्षासँगै आएको बाढीले भजनी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकामा ठूूलो क्षति गरेको छ । पाकेर भित्र्याउन ठिक्क भएका, काटेर खेतमै सुकाउन राखिएका धान बगाएपछि किसानहरुको बिचल्ली भएको छ ।

    कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जिल्लामा झण्डै २१ हजार क्षेत्रफलमा लगाएको धानबाली बाढीले नष्ट गरिदिएको प्रारम्भिक तथ्यांक आएको बताए । ‘कैलालीमा यस वर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये झण्डै ३० प्रतिशत क्षेत्रमा लगाइएको धानबालीमा डुबान र बाढीका कारण क्षति पुगेको छ,’ शर्माले भने, ‘यो प्रारम्भिक अनुमान मात्र हो । हामीले सबै स्थानीय तहमा क्षतिको विवरण संकलन गरिरहेका छौं । क्षति योभन्दा बढी पनि हुनसक्छ ।’ कृषि ज्ञान केन्द्रले जिल्लामा करिब ८० हजार किसान प्रभावित भएको जनाएको छ । कञ्चनपुरमा पनि वर्षाले झण्डै १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति गरेको छ ।

    प्रदेश कृषि निर्देशनालयका निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले अझै बढ्ने सक्ने आँकलन गरिएको बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि अहिले क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाएको छ । क्षतिको विवरण संकलन गरेर सोही अनुसार किसानलाई राहत प्याकेज ल्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.