• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, मङि्सर २७, २०८२ | Friday 12th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ३ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ३ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ३ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

धनगढीबाट डोटी र बझाङमा उद्धार उडान, कर्मचारी नहुँदा टिकट काट्ने प्रहरी

  •  संवाददाता
  • आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क टुटेपछि आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ । तर, निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार बझाङमा प्रमखु जिल्ला अधिकारी ९सीडीओ०ले, धनगढीमा विमानस्थल प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड(नअलोड गर्ने काम गरे ।

    १३ सय कर्मचारी भएको निगमको धनगढी कार्यालय नियमित उडान रोकिएपछि डेढ वर्षयता बन्द छ । निगमले यस्तोबेला फिल्डमै कर्मचारी खटाउनु पर्ने तर नेपालगन्जबाट ५ जनालाई जहाजमा राखेर पठाएको थियो । उनीहरु साँझ त्यही जहाज चढेर नेपालगन्ज नै फर्किए ।

    ‘निगमको १९ सिट भएको टुइनअटर जहाज आयो । तर यहाँ कर्मचारी नभएकाले प्रहरीले यात्रुहरुको नाम संकलन गर्ने, हामीले सामान राख्ने, जाँचमा सहजीकरण गर्ने, टिकटको पैसा उठाइदिने काम गरिदियौं,’ धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेका डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए । शनिबारै निगमले उडान तालिका सार्वजनिक गर्‍यो ।

    पर्यटनमन्त्री आलेको सचिवालयले ती क्षेत्रमा त्यहाँ सम्पर्क गर्न यात्रुहरुका लागि नेपालगन्ज विमानस्थलका प्रमुख किरणमान श्रेष्ठसहित लोडमास्टर गोविन्द गिरिसहितको नम्बर फेसबुक पेजबाट शनिबारै सार्वजनिक गर्‍यो । तर, निगमका कर्मचारीले नागरिलाई विपतमा सघाउनुको बदला फोन अफ गरेका छन् । ‘निगमको धनगढीमा कार्यालय बन्द छ । सडकबाट जान नसकिने भएपछि जहाज चढ्ने यात्रु र बझाङमा सीडीओबीच तनाव भएछ । निगमले जहाजमै राखेर ५ जना कर्मचारी पठाएको थियो । तर उनीहरु दुइटा फ्लाइट सकेर नेपालगन्ज फर्किसके,’ विमानस्थल प्रमुख भट्टले भने, ‘यात्रुहरु निगमको टिकट लिन एयरपोर्ट धाइरहेका छन् । यात्रुको चाप छ । प्रहरीले नाम टिपेर सघाइदिरहेको छ । बझाङ र डोटीमा मैले त्यहाँ रहेका प्राधिकरणका एयर ट्राफिकलाई तत्काललाई हेरीदेउ भनेको छु ।’

    भट्टका अनुसार, आइतबार नेपालगन्जबाट आएका कर्मचारीले धनगढीमा यात्रुबाट विमानस्थलमा उठाइएको रकम संकलन गरे । धनगढीबाट बझाङ र डोटीका लागि भएको एकरएक उडानमा एक जना कर्मचारी जहाजमै गए । फर्किए । यी दुई पहाडी भेगको उडान सकिएपछि जहाज ‘नाइट–स्टप’का लागि नेपालगन्ज फर्किने भएपछि बिहान नेपालगन्जबाट उडेका पाँचै जना कर्मचारी नेपालगन्ज फर्किएको भट्टले बताए ।

    आइतबार निगमको ‘ब्राभो, युनिफर्म’ टुइनअटर काठमाडौंबाट पठाइएको थियो । नेपालगन्ज पुगेर उक्त विमान कर्मचारी लिई धनगढी गएको थियो । नेपालगन्ज फर्केपछि कार्यालयको नम्बरमा सम्पर्कमा आएका निगमको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख किरण मान श्रेष्ठले ‘अति धेरै फोन आएकाले’ मोबाइल अफ गर्नुपरेको बताए ।

    जनताको करबाट संचालित १३ सय हाराहारी कर्मचारी भएको निगमले धनगढीबाट करिब २ दशकपछि डोटी र बझाङमा तत्कालका लागि उद्धार उडानमात्रै गर्ने भनेको छ । दुइटा जहाज भएको निगमका कर्मचारीले आइतबार धनगढीमा पुगेपछि ‘प्रधामन्त्री र पर्यटनमन्त्री’को दबाबले उडान राखेकाले आउनु परेको भन्दै यात्रुलाई सहजीकरण गर्न पनि आनकानी गरेको धनगढी विमानस्थल प्रमुख भट्टले बताए । आइतबार बझाङ र डोटी उडानमा निगमको जहाजमा दुबै तर्फका उडानमा सिट खाली थिएनन् ।

     

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.