मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सामान्यतः मौसम सफा रहे पनि दिउँसो केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसमविद मञ्जु बासीका अनुसार सोमबार बिहानको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो भने प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसमविद बासीका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
सोमबार राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ , बागमती र गण्डकी प्रदेश एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।