कार्तिक ०९ , कैलाली
कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला बेहोस भई ढल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको छ ,इ प्र का सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए थप उनले भने , ”उनी विगत दुई वर्ष देखि सिकलसेल रोगको बिरामी थिइन , घोडाघोडी अस्पतालमा दुई वर्ष देखि उनको उपचार भइरहेको जानकारीमा आएको छ।” दीर्घ रोगका कारण उनको मृत्यु भएको पुष्टि पछि चौधरीको शव परिवार लाई बुझाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
सुखड स्थित इलाका प्रशासन कार्यालयमा सधैँ जसो सेवाग्राहीको भिड लाग्ने गर्दछ । नागरिकता तथा राहदानी बनाउनेको सधैँ जसो भिड हुने इलाका प्रशासन कार्यालय सुखडमा सेवाग्राहीले घण्टौँ सम्म लाइन मैँ बस्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।
कैलालिमा छोराको नागरिकता बनाउन पालो कुर्दा कुर्दै आमाको मृत्यु ।।
कैलालिमा छोराको नागरिकता बनाउन पालो कुर्दा कुर्दै आमाको मृत्यु ।।
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु