• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो

  •  संवाददाता
  • बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिहार नजिकिन थालेपछि भारतबाट घर फर्किनेको सीमानाकामा भीड बढ्न थालेको छ । अहिले सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट घर फर्किर्ने नेपालीहरुको चाप बढ्दै गएको हो । यसरी फर्किनेमध्ये अधिकांश धान रोपाइँ सकेर पटके रोजगारीका लागि भारत पसेकाहरू हुन् । उनीहरू भारतको हिमाचल र उत्तराखण्ड राज्यको सिमला, देहरादुन, अल्मोडा, नैनीताल र पिथौरागढलगायत क्षेत्रमा कार्यरत थिए ।

    ‘दसैंमा घर आउन सकिएन, त्यतिबेला बिदा पनि पाइएन,’ कैलाली भजनीका रामप्रसाद चौधरीले भने, ‘अब भाइटीका घरमै मनाउँछौं ।’ उनी धान रोपाइँ सकेर रोजगारीका लागि सिमला पुगेका थिए । त्यहाँ सुरुमा स्याउ टिप्ने र पछि गाईबस्तुका लागि घाँस काट्ने काम गरे ।

    यसअघि दसैंका लागि घर फर्केने कामदारको भीड दशमीको दिनसम्मै थियो । उनीहरू जेनतेन घरमै पुगेर टीका लगाउने उद्देश्य साथ फर्किएका थिए । उनीहरूमध्ये धेरैजसो फेरि भारत पसिसकेका छन् । पटके रोजगारीका लागि जानेहरू भने अब तिहार मनाएर गहुँ छरेपछि मात्रै फर्किन्छन् ।

    ‘अब गहुँ छरेर मात्रै काममा फर्किने हो,’ दैलेखका चन्द्रबहादुर शाहीले भने, ‘यो पाला ढिलो गरी काममा गएकाले दसैंका लागि फर्किन सकेन, आउन जानमै खर्च बढी लाग्न थाल्यो ।’ उनी साउन अन्तिमतिर मात्रै सिमला पुगेका थिए । कोरोना महामारीका कारण झन्डै २ वर्षको अन्तरालमा मात्रै सिमला पुगेको उनले बताए ।

    गड्डाचौकीस्थित हेल्प डेस्कका कर्मचारी दानबहादुर बोहराका अनुसार अहिले स्वदेश फर्किनेको संख्या दिनमै ४र५ सय जति छ । भारत पस्नेको संख्या भने एकरडेढ सय जनाको हाराहारीमा छ । कोरोना संक्रमणको जोखिम अझै कम भइसकेको छैन । यद्यपि कामको खोजीमा भारत पस्ने र घर फर्किने क्रम भने निरन्तर छ ।

    भारतबाट फर्किने नेपाली कामदारलाई नाकामै एन्टिजेन परीक्षणका साथै कोरोनाविरुद्धको खोप लगाइँदै आइएको छ । संक्रमण देखिए आइसोलसन सेन्टरमा लगिने गरिएको छ । ‘धेरैजसोले त भारतमै दुवै डोज खोप लगाएको पाइएको छ,’ बोहराले भने, ‘छिटफुट मात्रै खोप नलगाएका आउँछन्, उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्था छ ।

    बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.