• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कतै बाटो नभएको ठाउँमा बन्यो पुल, कतै अस्वाभाविक अग्लो हुँदा भएन हिँडडुल !

  •  संवाददाता
  • आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् ।हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ ।

    ७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप देखिएको छ ।

    यति मात्रै होइन, पुलले स्थानीयको जीवनस्तर उकास्नमा टेवा पुग्नुको साटो स्थानीयको उठीवासको सन्त्रास समेत पैदा गरेको छ ।

    स्थानीय भुपेन्द्र चौधरी आफ्नो पसल देखाउँदै भन्छन्, ‘यो पुलले हाम्रो बस्तीको संरचना नै कुरूप बनाइदिएको छ । पुलमुनि हाम्रो पसल, बस्ती भयो । गलत डिजाइन र राजनीतिक प्रतिशोधका कारण यो पुल यस्तो भयो । यस्तो विकासले हाम्रो बस्तीमाथि आघात गर्‍यो ।’

    आफूहरूले पुलको उचाइ घटाउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर कुनै सुनुवाइ नभएको उनले बताए ।

    पुल सर्वे गर्ने क्रममा स्थानीय अगुवाले पुल र कल्भर्टमा फरक छुट्याउन नसक्दा पनि समस्या आएको बताइन्छ । जसको कारण कल्भर्ट बन्नुपर्नेमा पुल बनेपछि समस्या सिर्जना भएको चौधरी बताउँछन् ।

    हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले पनि सडक सर्वेको क्रममा पहिले बक्स कल्भर्टको डिजाइन भएको बताए तर स्थानीयले कुलोमा धेरै पानी आउँछ भनेपछि पुलको डिजाइन गरिएको र पुल बनेपछि पुलको उचाइले स्थानीयमा तिक्तता पैदा गरेको बताए । चाँडै नै पुल भएर आवतजावत हुने बताउँदै सूचना अधिकारी मडैले पुलको छेउ भएर बाइपास सडक बनाउने बताए ।

    १ करोड १५ लाख रुपैयाँ लागतमा स्वाँर ६ हेमन्त जेवीले पुल बनाएको हो । पुलको लम्बाइ २२ मिटर र चौडाइ ७.२ मिटर रहेको छ ।

    बाटो छैन, बन्यो २ करोडको पुल

    धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने भन्दै ४ वर्षअघि जिल्ला प्राविधिक कार्यालय धनगढीले सरस्वती नगरमा पुल बनायो तर त्यो पुल हालसम्म प्रयोगमा आउन सकेको छैन ।

    वाइपी तुल्सी दुर्गा निर्माण कम्पनीसँग २ वर्षभित्रै पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माण सम्झौता गरिएको थियो । निर्माण कम्पनीले ४ वर्ष लगाएर पुल हालै मात्र सम्पन्न गरेको छ तर २५ मिटर लामो पक्की पुल भने प्रयोगमा आउन सकेको छैन ।

    स्थानीय खड्कबहादुर महताले भने, ‘करोड बढी खर्च गरेर पुल त बनाएका छन् तर बाटो नजोडिएका कारण पुल प्रयोगमा छैन । पुल बन्यो अब बाटो बनाउँछन् होला । नभए यो पुलको के औचित्य ?’

    ठेलागाडा समेत गुड्ने बाटो नभएको स्थानमा ठूलो पुल बनाएको देखेर महता निकै चकित छन् ।

    पुलको दुवैतिर सडक बनाउन सके मात्र पुल प्रयोगमा आउन सक्ने स्थानीयले बताइरहेका बेला पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्का भने बाटो भएरै पुल निर्माण गरिएको दाबी गर्छन् ।

    उनले भने, ‘जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरिएको पुलको औचित्य देखेरै निर्माण गरिएको हो ।’ पक्की पुल निर्माण भइसकेको बताउँदै उनले अब बाटोको स्तरोन्नतिका लागि स्थानीयले दबाब सिर्जना गर्नुपर्ने तर्क गरेका छन् ।

    सडक अनुसारको पुलभन्दा पनि पुल अनुसारको सडक बनाउनुपर्ने पूर्वाधार कार्यालय बताउँछ । कल्भर्ट आवश्यक पर्ने खोलामा पक्की पुल निर्माण गरिएपछि पुल अनुसारको सडक बनाए पुल सञ्चालनमा आउने खड्काको भनाइ छ ।

    पौने ५ करोडको पुलमाथि बिस्कुन सुकाइन्छ !

    धनगढी उपमहानगरपालिका–१९ जे गाउँमा करोडौं लगानीमा बनेको फूलवारी खोला पुल पनि प्रयोगमा आउन सकेको छैन ।

    सानो खोलामा ठूलो लगानीको पुल केवल खेतबारीको धानबाली ओसार्न, स्थानीयलाई खेतसम्म पुग्न र कहिलेकाहीँ बिस्कुन सुकाउन प्रयोग हुँदै आएको छ ।

    धनगढीको रोयल उच्चाकोटी साजेन्द्रस्वर जेभीले ४ करोड ७० लाखमा २ वर्ष लगाएर पुल निर्माण गरेको छ । पुल बन्नुपर्ने स्थान अन्तै भए पनि अन्तिममा फूलवारी खोलामा २ लेनको पुल निर्माण गरिएको निर्माण कम्पनी उच्चाकोटी साजेन्द्रस्वर जेभीका यज्ञराज जोशीले बताए ।

     

    ‘त्यो ठाउँमा वास्तवमा त्यत्रो पुल हाल्नुपर्ने नै थिएन । त्यो पुलभन्दा १ किलोमिटर अगाडि बन्नुपर्ने थियो । हामीले माथि पनि सर्वे भएको सुनेका हौं । काम भयो कि भएन थाहा भएन,’ जोशीले भने ।

    ४ वर्षअघि सर्वे गरिएको भए पनि नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले बस्ती नै नभएको स्थान तथा कल्भर्ट बनाउनुपर्ने स्थानमा पुल बनाउन दबाब दिएको बताइन्छ ।

    तर पुल बनेपछि आफूहरूलाई खेतसम्म जान निकै नै सहज भएको स्थानीय बताउँछन् । स्थानीय वीरबहादुर विश्वकर्माले पुल बन्नुभन्दा पहिले सो स्थानमा आफूहरूले खेतसम्म आवतजावत गर्न काठे पुल बनाएको सुनाए तर खोलामा आउने बाढीले पुल बगाएपछि जोखिम मोलेर खोला पार गर्नुपरेको दुःख सुनाउँदै विश्वकर्माले हाल सहजता भएको बताए ।

    आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.