• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • १९ घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • १९ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • १९ घण्टा अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • २० घण्टा अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

देउवाको राजनीतिक जीवन

  •  संवाददाता
  • बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा बहुमत ल्याउन ८२ मत नपुगेका देउवा सभापतिका अरू प्रत्यासीहरूको साथ लिएर दोस्रो चरणमा निर्वाचित भएका हुन् ।

    १३औँ महाधिवेशनबाट पहिलोपटक पार्टी सभापति बनेका देउवा पुनः दोहोरिएका हुन् । २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिएका उनी २०२० देखि नै कांग्रेसको सक्रिय राजनीतिमा भएका थिए । उनी २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका थिए ।

    संसदीय राजनीतिमा अपराजित देउवा २०४८ सालदेखि नै डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् । देउवाले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट उनी निर्वाचित भएका थिए ।

    २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री थिए । त्यसको पाँच वर्षमै उनी प्रधानमन्त्री बन्न सफल भए ।

    संसदमा अपराजित रहे पनि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनी पटक(पटक पराजित बने । २०५६ चैतमा संसदीय दलको निर्वाचनमा देउवा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसबेला उनी पराजित भए ।

    २०५७ मा पोखरामा भएको पार्टीको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग देउवाले सभापतिमा प्रतिस्पर्धा गरे र पराजय ब्यहोरे । त्यस्तै २०५८ सालमा सुशील कोइरालाविरुद्ध संसदीय दलको नेताको निर्वाचनमा उत्रिँदा उनी निर्वाचित भए । त्यसपछि २०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पराजित भए ।

    देउवामाथि पार्टी फुटाएको आरोप पनि लाग्ने गरेको छ । प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत ८ जेठ २०५९ मा संकटकाल लम्ब्याउने निर्णय गरेपछि उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । त्यसपछि उनले ४ असोज २०५९ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दै सभापति भए । २०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहने गरी फर्किए । २३ फागुन २०७२ मा उनी कांग्रेसको सभापति बन्न सफल भए ।

    कांग्रेस राजनीतिमा देउवालाई भाग्यमानी पात्रका रूपमा लिइन्छ । कांग्रेस दोस्रो पुस्ताका नेता देउवा २०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेतामा चयन भएका थिए । त्यसपछि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् ।

    एीब्ल्ःष्भिकतयलभ
    देउवालाई पूर्वराजा ज्ञानेन्द्रले अक्षमभन्दै गैरकानूनी रूपमा प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । ज्ञानेन्द्रका ती दुई कदम शाही ुकूु असोज १८ र माघ १९ का नामले चर्चित छन् ।

    आफ्नो पक्षमा लाग्ने कार्यकर्ताको राम्ररी संरक्षण गर्ने नेतामा पर्छन देउवा । गत ०७४ को स्थानीय तह निर्वाचनमा केही स्थानमा माओवादीसँग गठबन्धन गरेपछि देउवाको पार्टीभित्रैबाट आलोचना भयो । तर, नेकपाको झण्डै दुइतिहाइ बहुमतको सरकार आन्तरिक कारणले ढलेपछि पाँच दलीय गठबन्धनको बलमा उनी प्रधानमन्त्री बनेका छन् ।

    तर, महाधिवेशन सुरु हुनुअघिसम्म पनि देउवालाई पार्टी सभापतिमा पराजित गरिछाड्ने कतिपय कांग्रेस नेताहरूको दाबी थियो । विगतमा उनीसँगै रहेका धेरै नेताहरू बाहिरिएका थिए । तर, पहिलो चरणमा बहुमत सिद्ध गर्न नसके पनि दोस्रो चरणमा आफूसँग टाढिएका नेतालाइ एकठाउँ ल्याएर देउवाले कांग्रेस सभापति दोहोरिएका हुन् ।

    बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • १०.
      दोदोधरा अस्पतालमा सर्प दंशको निःशुल्क उपचार

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.