पदाधिकारीको टुङ्गो नलगाएरै माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन सकिएको छ । २२३ जना प्रदेश सदस्यहरू घोषणा गरेर अधिबेशन सकिएको प्रदेश कमिटी सचीव नेप बहादुर चौधरीले बताए ।
शनिवार र आइतबारको लागि तय सम्मेलन नेतृत्वमा सहमति हुन नसकेपछि थप दुई दिन लम्बिएको थियो ।
ूसबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति जुटाएर सदस्यहरू घोषणा गरेका छौं । सहमति हुन सकेको ठाउँमा खाली राखिएका छौं,प्रदेस कमिटी सचीव चौधरीले भने,ञ प्रदेश सदस्यहरूलाई सपथ ग्रहण पनि गराइसकेका छौँ।झ
सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।
प्रदेश कमिटिको पहिलो बैठकबाट पदाधिकारीहरू टुङ्गो लगाइने चौधरीले जानकारी दिए ।