धनगढीमा माघ १८ गते देखि आयोजना हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस वर्ष माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव सञ्चालन हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता र व्यवसाय प्रदर्शनीमा जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर राज कुँवरले जानकारी दिए ।
सुदूरपश्चिम महोत्सव २०७८ मा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र सुचना प्रविधि गरी चार सय भन्दा बढीको सङ्ख्याको स्टलहरूको सहभागिता रहको अध्यक्ष कुँवरले बताए ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ । यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव सञ्चालनकालागी मूल समितिसहित २१ उप समिति गठन गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मङ्सिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण सञ्चालन हुन सकेको थिएन ।