• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

खोलामा फ्याँकिदिन सुझाव दिनेहरु अहिले भन्छन् : छोरा होस् त नन्दराज जस्तो !

  •  संवाददाता
  • सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै शारीरिक अपांगता भएका नन्दराज भट्ट समाजका लागि प्रेरणा बनेका छन्। धनगढी निवासी भट्टका हात कुहिनोसम्म मात्र र खुट्टा घुँडासम्म मात्र छन्।

    हात-खुट्टा नै नभएर पनि उनले मुखले लेखेर डिग्री गरे। उच्च शिक्षाका साथै अपाङ्गताको हक(अधिकारका लागि क्रियाशील भट्ट अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय रहँदै आएका छन्।

    सामाजिक कामबाटै समाजमा राम्रो पहिचान बनाइसकेका उनी यो सफलता प्राप्तिका लागि जीवनदेखि हार नमानी कठिन संघर्ष गरेको बताउँछन्।

    सजिलो थिएन सङ्घर्ष
    तीन दशक बैतडीको एउटा भट्ट परिवारमा छोरा जन्मँदा सिंगो परिवार नै शोकमग्न भयो। कारण थियो, दुवै हात(खुट्टा नभएको सन्तानको जन्म। त्यो सन्तान उनै नन्दराज थिए।

    गाउँमा छोरा जन्मिएको खुसियालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोज गर्ने चलन थियो। तर उनी जन्मिँदा घरमा कुनै खुसियाली छाएन। बरु आमाबुबा चिन्तित भए। उनलाई हेर्न गाउँलेको घुइँचो लाग्यो।

    उनका आमाबुवालाई आफन्त र छरछिमेकले यस्तो सन्तान पालेर के गर्छौ, खोलामा फ्याँक भन्ने सुझाव दिए।

    ‘म जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरूको घुइँचो नै लाग्यो रे। हेर्न आएकामध्ये कतिले आमाबुबालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्ने सुझाव पनि दिएछन्। तर आमाबुबाको मन हो, आफैंले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून्। परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको छु,’ नन्दराजले भने।

    ‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरूमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उनी सम्झन्छन्, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षा कोठामा बस्न पनि समस्या थियो।’

    समाजले जे भने पनि परिवारको भने ठूलो साथ पाएको उनी बताउँछन्। ‘परिवारको आर्थिक अवस्था कमजोर थियो। तर पनि ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गरिदिनुभयो। त्यसपछि बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भएँ र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गरें,’ उनले विगत कोट्याए।

    त्यसपछि उनको परिवार बसाइँ सरेर कैलाली आयो। धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उनले कठिनाइ झेले। अपाङ्गमैत्री भवन नभएको कारण देखाउँदै कतिपय कलेजहरूले भर्ना लिन मानेनन्।

    ‘मेरो बौद्धिक क्षमता नबुझी शारीरिक अपाङ्गता देखेर धेरै कलेजले भर्ना लिन मानेनन्। ‘तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुन पाएँ,’ उनले भने, ‘भर्ना पाइकेपछि पनि अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन।’

    उनले अध्ययन मात्र गरेनन्, सुरुवाती समयमा मुखले लेख्ने प्रयास गरे। ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कुहिना जोडेर लेख्न थालेँ’, उनले भने, ‘कक्षा ५ सम्म पुग्दा मुख र खुट्टाले नै लेख्थेँ। खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि कुहिनाले लेख्ने प्रयास गरें।’

    अहिले मुख, कुहिना र खुट्टा तिनै अङ्गको सहारामा कलम चलाउन सक्छन् उनी। लेख्ने, पढ्ने, हिँड्ने मात्र होइन, मोबाइल, ल्याप्टप चलाउने र आफ्नो दैनिक काम समेत मज्जाले गर्छन् उनी। यति मात्र हैन उनले, कम्प्युटर पनि डिप्लोमा कोर्स पूरा गरेका छन्।

    उनी ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन्। ‘कपडा धुने लगायतका अन्य कामहरू भने श्रीमतीले सघाउँछिन्,’ उनले भने। २०७१ सालमा प्रेम विवाह गरेका नन्ददेवका अहिले एक छोरी छिन्।

    उनी जन्मिँदा अपाङ्ग छोरा पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्नेहरू हिजोआज प्रशंसा गर्न थालेका छन्। ‘मेरा लागि सबैभन्दा ठूलो खुसी पनि यही हो। म गाउँ गएँ भने वरिपरिका मलाई भेट्न आउँछन् र मेरा आमाबुवालाई भन्छन्, छोरा होस् त तिम्रो जस्तो,’ अनुहारमा खुसी छर्दै नन्दराजले भने।

    हाल नन्दराज अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय छन्। अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनी सम्मानित पनि भए। नेपाली उनी साहित्य क्षेत्रमा पनि रुचि राख्छन्।

    कहिलेकाहीँ समसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेख(रचनाहरु पनि कोर्छन्। ‘बेलाको बोली’ विचार सग्र्रह प्रकाशन गरेका नन्दराज अहिले अपाङ्गता भएका नागरिकको हकहितका लागि एनजिओमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।

    • नन्दराज भट्ट
    • सफलताको कथा
    सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.