• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै

  •  संवाददाता
  • शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको भजनीदेखि सुुखडसम्मको १० किलोमिटर सडकको हाल कालोपत्रेको काम भइरहेको छ । करीब १६ करोड रुपैयाँ लागतको यो योजनाको ठेक्का २०७६ साउनमा क्याब जोशी जेभीले पाएको थियो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा यो सडकका लागि जम्मा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

    त्यस्तै तीन किलोमिटरको भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक निर्माणको ठेक्का केएस तेडी जेभीले पाएको छ । २०७६ सालमै सात करोड ७४ लाख रुपैयाँमा ठेक्का लगाइएको यो सडकमा कालोपत्रे अझै शुर भएको छैन, नाला निर्माण लगायतका काममात्र गरिएको छ ।

    प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालयका अनुसार पर्याप्त बजेट नभएकै कारण भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक निर्माण पनि प्रभावित भइरहेको छ ।

    बौनिया खण्डमा काम भइरहेपनि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट मात्र छुुट्याइएकाले कालोपत्रे समयमै सकिनेमा आशंका छ । चार किलोमिटरको गुुलारा–प्रतापपुुर सडकका लागि समेत प्रदेश सरकारले चालुु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।

    २०७६ सालको फागुनमा रोयल मालिका प्रशंसा जेभीले यो सडक ८ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएके थियो । अन्य योजनामा जस्तै गुुलारा–प्रतापपुुर सडकमा पनि पर्याप्त बजेट अभावमा काम प्रभावित हुने गरेको छ । करीब ८० प्रतिशत काम सकिएको र चैत्रभित्र काम पूरा गर्नुपर्ने भए पनि बजेटका कारण काम रोकिने देखिएको छ ।

    पूर्वाधार विकास कार्यालय धनगढीले सडक, पुल, तथा झोलुुङ्गे पुुलका समेत गरेर चालुु आर्थिक वर्षमा चार सय २६ योजना कार्यान्वयन गरिरहेको छ । जसमा १७ वटा मात्र पुुल निर्माणका योजना रहेकामा बाँकी सबै सडक पूर्वाधारका छन् ।

    तीमध्ये अधिकांश योजना अघिल्लो वर्षबाट सरेर आएका छन् भने स–साना गरेर चालुु आर्थिक वर्षमा करीब दुुई सय वटा नयाँ योजना रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

    पूूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर नवराज रावलले योजना धेरै तर बजेट थोरै हुँदा कार्यान्वयनमा समस्या आइरहेको बताए । ‘हामीसँग स–सनादेखि केही ठूला खालका योजनाको संख्या धेरै छ,’ रावलले अनलाइनखबरसँग भने, ‘तर लागत अनुुमानअनुसार बजेट नपाउँदा समस्या हुने गरेको छ । बजेट अभावकै कारण धेरै योजनाको काम प्रभावित भइरहेका छन् ।’ रावलकाअनुसार निर्माण व्यवसायीले सम्पन्न गरिसकेका कामको पनि भुुक्तानी दिन सकिएको छैन ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुुलसीराम भट्टराईले प्रदेश सरकारको आवधिक योजना तयार गर्न नसकेकाले योजना वितरण र बजेट बाँडफाँटमा समस्या भइरहेको जनाए ।

    ‘प्रदेश सरकारसँग आफ्नो योजना, दृष्टिकोण र लक्ष्य हुुनुुपर्‍यो । प्रदेशले पाँच वर्षभित्र पूर्वाधारमा के–के गर्ने रु कुन क्षेत्रमा कति लगानी गर्ने रु भन्ने विषयको आवधिक योजना बनाउनुुपर्छ तर यहाँ बनिसकेको रहेनछ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘अहिले आवधिक योजना बन्ने प्रक्रियामा छ । ठूला खालका योजना कार्यान्वयनमा लैजान नसकेकाले बजेट व्यवस्थापनमा समस्या भइरहेको पाएको छुु ।’

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.