नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि भएको हो ।
मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ९३ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।
यसैगरी ९२ हजार ६०० रुपैयाँ रहेको तेजावी सुन आज ९२ हजार ९०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार २६० रुपैयाँ प्रतितोला रहेको चाँदी आज एक हजार २८० रुपैयाँ पर्ने महासंघले जनाएको छ।