• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

‘मिस्टर नेपालमा भिड्न ऋण काढेर आउनु पर्‍यो’

  •  संवाददाता
  • सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शनिबार साँझ हायात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै नुतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि चुमे । निम्न वर्गीय परिवारमा जन्मिएका २६ वर्षीय श्रेष्ठले प्रतियोगिताकै लागि काठमाडौं बस्न साथीहरुसँग ऋण समेत काढ्नु पर्यो । मिस्टर नेपालको उपाधिसँगै ‘मिस्टर वर्ल्ड’को ताज नेपाल भित्र्याउने सोच बनाएका उनी त्यहीअनुसार तयारी पनि गर्दैछन् । प्रस्तुत छ,मिस्टर नेपाल बन्दाको खुशी र आगामी दिनको योजनाको विषयमा रातोपाटीले श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः

    ‘मिस्टर नेपाल २०२२’ को विजेता घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ ?

    सुरुमा त विश्वास नै लागेन । किनभने ३६ जना हामी प्रतियोगी,सबै एकसे एक ट्यालेन्ट थियौं । यो पटकको प्रतियोगितामा टफ कम्पिटिसन थियो । टप १२ भित्र परेपछि त झन् कसले जित्छ भन्ने सक्ने स्थिति थिएन । राम्रो गरौं,रिजल्ट जे होला भनेर मैले आफ्नो तर्फबाट मिहिनेत जारी राखे । अन्ततः जित हासिल भयो । जितले एकदमै खुशी लाग्यो । घोषणा भएको एकछिन सम्म त विश्वास नै लागेको थिएन । किनभने अन्य सहभागी साथीहरु म भन्दा पनि अब्बल नै थिए । उहाँहरुले नजितेकोमा दुःख लाग्यो । मैले जित्नुमा केही हदसम्म म सबैभन्दा राम्रो भएकोले होला भन्ने मेरो बुझाइ रह्यो ।

    प्रतियोगितामा भाग लिँदै गर्दा जित्छु भन्ने लागेको थियो ?

    स्थानीयको विश्वास जित्ने र चर्चा कमाउने उद्देश्य थियो । यदि मिस्टर नेपालको उपाधि जितेँ भने सबैले मलाई अझ विश्वास गर्छन् भन्ने थियो । पहिलो अडिसन दिएपछि तीन दिनसम्म रिजल्ट नआउँदा अवसर मिल्दैन कि भन्ने लागेको थियो । तैपनि केही दिन काठमाडौं घुमेर फर्किनु पर्यो भन्ने सोचले यही बसेको थिएँ । प्रारम्भिक चरणमा छनौट भएँ,पछि उपाधि पनि हात पर्यो । मिस्टर नेपाल पुरुष सहभागी रहने देशकै ठुलो प्रतियोगिता मानिन्छ । यसमा १८ दिनको प्रशिक्षण एकदमै प्रेसरमा गर्नुपरेको थियो । त्यसैले दिन रात केही नभनेर मिहिनेत गरेर अगाडि बढेको थिएँ । सोही अनुसारको परिणाम समेत हात पर्यो ।

    ‘मिस्टर नेपाल’ उपाधिका लागि पूर्व अभ्यास कति गर्नु भयो ?

    करिव दुई वर्षदेखि म अभ्यासमै थिएँ । शरीर व्यक्तित्वसँग जोडिएको कुरो हो । व्यक्तित्व विकास भयो भने जुनै कुरोमा पनि अगाडि बढ्न सहज हुने मेरो बुझाइ थियो । म पढेको पनि छु,बोल्न पनि सक्छु र शारीरिक रुपले फिट पनि छु । त्यसैले मिस्टर नेपालमा किन नजाने भन्ने सोचले डोर्यायो । मिहिनेत त धेरै गर्नुपर्यो । मिस्टर नेपालको प्रशिक्षण क्रमको १८ दिनको कोरियोग्राफी मेरा लागि निकै लाभदायक सिद्ध भयो ।

    तपाईंको यो उपाधि पहिलो हो ?

    हो,मेरो जीवनकै पहिलो उपाधि नै ‘मिस्टर नेपाल’को ताज हो । यही प्रतियोगिता प्रशिक्षणको क्रममा भने दुईवटा सिल्भर मेडल जितेको थिएँ ।

    अबको चुनौती केलाई मान्नु हुन्छ ?

    अब अगाडि बढ्दा पहिले भन्दा बुझेर,संयम भएर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ । हिजोसम्म म आफ्नो लागि केही गर्थे,अहिले अरुको लागि पनि दायित्व बोध भएको छ । मप्रति धेरैको अहिले भरोसा छ । त्यो भरोसा कायम राख्न सक्छु कि सक्दिन भन्ने कुराले सचेत गराएको छ । ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्दैछु । सबैभन्दा ठुलो चुनौती यही हो । ‘मिस्टर वल्र्ड’मा म भन्दा धेरै अब्बलहरुको प्रतिनिधित्व रहन्छ । त्यही अनुसार बाँकी समय आफूलाई तयार गर्दैछु । अहिले मेरो पुरै फोकस ‘मिस्टर वल्र्ड’को ताजमा छ । अवसरसँगै आएको चुनौती आत्मसात गरेर अगाडि बढ्छु ।

    ‘मिस्टर वर्ल्ड’मा नेपाल कसरी चिनाउने सोच राख्नु भएको छ ?

    नेपाली कला,संस्कृति,पर्यटन प्रवद्र्धन हुने कुरा लिएर जाँदैछु । आफूलाई उपाधि जित्न योग्य बनाएर जानेछु ।

    यस्ता प्रतियोगिता कतिको महत्त्वपूर्ण छ ?

    व्यक्तित्व विकासमा प्रतियोगिता अपरिहार्य छ । आफूलाई राम्रो बनाउन र अरूसँग बोल्ने तरिकालगायत धेरै कुरो सिक्न र क्षमता विकास यसबाट गर्न सकिन्छ ।

    भविष्यको योजना ?

    सौन्दर्य प्रतियोगितामा रहेर अगाडि बढ्ने योजना छ । नेपाललाई यसैका माध्यमले विश्वमा चिनाउने सपना पनि हो ।

    अनि बुबाआमालाई खुशी राख्नु छ । म निम्नवर्गीय परिवारको सदस्य,मिस्टर नेपालमा सहभागीको क्रममा काठमाडौं बस्न पनि मैले धेरै संघर्ष गरेर साथीहरुसँग ऋण काढेर आएँ । आफ्ना लागि एउटा राम्रो घर बनाउनु छ । यो क्षेत्रमा धेरै अगाडि बढ्नु छ ।

    अभिनयमा आउने सोच्नु पनि छ कि ?

    सौन्दर्य प्रतियोगिताका धेरै विजेता फिल्म तथा ग्ल्यामर क्षेत्रमा छन् । तर फिल्ममा मेरो धेरै रुचि छैन । त्यसैले त्यसमा यसै भन्न सक्दिन । प्रतियोगिताको क्षेत्रमा भने रहिरहन्छु ।

    अन्य रुचिको बिषय ?

    कविता लेख्न,नाच्न,किताब पढ्न र साथीभाइसँग समय बिताउन मनपर्छ ।

    प्रतियोगितामा आउने सोच भएकालाई के सुझाउनु हुन्छ ?

    सिधै मिस्टर नेपाल बन्नु भन्ने सोचले भन्दा पनि आफू राम्रो गर्छु,मिहिनेत गर्छु र निखारिन्छु भनेर आउन अनुरोध गर्छु । यो प्रतियोगिताका लागि सानोतिनो मिहिनेतले पुग्दैन । शारीरिक,मानसिक रुपमा पनि आफूलाई तयार गर्नुपर्छ ।

    सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    शर्मा पुरस्कृत
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.