आसन्न स्थानिय तहको चुनावी प्रचारप्रसारमा गएका पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र गाउँपालिका अध्यक्षका प्रत्यासी झुमा चौधरीलाई कैलारी गाउँपालिकाका दलित परिवारले नचाएर स्वागत गरेका छन् । शनिबार पालिकाको वडा नम्बर १ मा आयोजना गरिएको वडा भेला तथा घरदैलो कार्यक्रममा नेकपा एमालेको गितमा पुर्व मन्त्री र अध्यक्ष पदका उम्मेदवार झुमा चौधरी लगायतका उम्मेदवारसङ्ग मतदाता नाचेका हुन् ।
वडा भेला तथा घरदैलो अभियानमा युवा, महिला, वृद्धवृद्धा तथा सचेत नागरिकका अगुवाहरुको उपस्थिति रहेको थियो । बुढेसकालमा एमालेले साहरा दिएको भन्दै वृद्धवृद्धा नाचेका थिए भने युवा जमात समृद्धिको आधार एमाले हो भन्दै नाचेका थिए । मतदाताले जित सुनिस्चित भएको भन्दै अध्यक्षको प्रत्यासी चौधरीलाई आशीर्वाद दिएपछी उम्मेदवारहरुपनि मतदतासँगै रमाएका हुन् । भेलामा सुर्य अंकित ध्वजवाहक झण्डा देखेर अधिकांश खुसी देखिन्थे ।
भेला तथा घरदैलो अभियानमा वडा नं १ का अध्यक्ष भट्ट भुल तथा सदस्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।