काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ४० जनामा गरिएको पिसिआर र १ हजार ७ सय ४९ जनामा गरिएको एन्टीजेन गरि कुल ३ हजार ७ सय ८९ जनामा गरिएको परिक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
२४ घण्टामा देखिएका नयाँ संक्रमितहरुमध्ये ४ सय ५१ जना पिसिआर तथा १ सय २ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरमा अझैपनि ५ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसो त पछिल्लो २४ घण्टामा थप ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७२ हजार ४ सय ९७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ९ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म नेपालमा ११ हजार ९ सय ७१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।