• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

  •  संवाददाता
  • आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला-उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा नरहेको बताउनुभएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको सहजीकरणमा दार्चुलाका तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै मन्त्री बडूले उद्योगको क्षेत्रमा कृषिको उत्पादन बढाउनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रसंग जोडिएको उत्पादन घट्दो अवस्थामा छ, मन्त्री बडूले भन्नुभयो, उत्पादन नबढ्दा आत्मनिर्भर अर्थतन्त्र हुन सकेको छैन, निकासी बढाउनुपर्ने आवश्यकता रहेकोमा उत्पादन समेत बढ्न सकेको छैन ।’ चालु आर्थिक बर्षदेखि नेपाल सरकारले उत्पादन अभिबृद्धिका लागि विशेष अभियान सञ्चालन गर्ने मन्त्री बडूको भनाई छ ।

    उद्योग मन्त्रालयमार्फत प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा अभिबृद्धि कार्यक्रम सञ्चालन गरेर उत्पादनको क्षेत्रमा १० बर्षे विशेष अभियान थालनी गर्ने योजना रहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्र बलियो बनाउनका लागि साना, घरेलु र अझौला उद्योगहरुलाई बलियो गर्नु जरुरी छ, उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यि उद्योगहरु ठूला उद्योगका निम्ति मेरुदण्ड हुन् । साना उद्योगहरुको विकास गर्न सके मुलुकको समग्र अर्थतन्त्रको जरामा पानी हालेजस्तै हुनेछ ।’

    सरकारले उत्पादन र निकासी दुबैलाई बढाउनुपर्ने आवश्यकता महसुस गरेको छ, मन्त्री बडूले भन्नुभयो, निकासी प्रवद्र्धनका लागि उत्पादन राम्रो र गुणस्तरीय हुनु आवश्यक छ । पराम्परागत ढंगले चलिरहेका उद्योगहरुलाई प्रविधिसंग जोड्न सकियो भने अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने मन्त्री बडूको भनाई छ । दार्चुलाको अल्लो उत्पादनले राष्ट्रिय र अन्तराष्ट्रिय बजार पाउन सकोस भन्ने उद्देश्यले उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको मन्त्री बडूले बताउनुभयो ।

    २०५० सालमा समेत दार्चुलामा उन कात्ने मेसिन भित्रिएको स्मरण गर्दै उहाँले नयाँ प्रविधिमा नयाँ नयाँ उद्योगको खोज भइरहेको अवस्थामा अल्लो उद्यमीहरुले अनुरोध गरेपछि अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको बताउनुभयो ।

    सरकारले औद्यौगिक ग्रामको रुपमा स्थानीय तहमा उद्योगको विकास गर्ने नीति लिएको मन्त्री बडूले बताउनुभयो । गत बर्ष १०५ औद्यौगिक ग्राम कार्यान्वयमा आइसकेको जानकारी दिदै उहाँले यो बर्ष ३० वटा औद्यौगिक ग्राम थप गर्ने योजना रहेको बताउनुभयो । औद्यौगिक ग्रामको लागि आधारभूत तयारी गर्न स्थानीय तहहरुलाई उहाँले अनुरोध समेत गर्नुभएको छ ।

    आ–आफ्नो स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गर्नका लागि जनप्रतिनिधिहरु लाग्नुपर्छ, उहाँले भन्नुभयो, ‘एउटा औद्यौगिक ग्रामलाई तीन करोड सहयोग सरकारले गर्छ । अल्लोको अहिलेसम्म उत्पादन खस्रो हुने गरेकोमा प्रविधिको सहयोगमा आकर्षक र गुणस्तरीय उत्पादन हुने र बजारीकरणमा सहयोग पुग्नेछ ।’ प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा सञ्चालित प्रविधि हस्तान्तरण कार्यक्रममा मन्त्री बडूसहित स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

     

    • अर्थतन्त्र
    • मुलुक
    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.