• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

  •  किरण विष्ट
  • मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी -पञ्चेश्वर गाउँपालिका ३ का गणेश चन्द सोमवार अचानक बेहोस भए । चार घण्टाको बाटोमा पिठ्युँमा बोकेर भाइ महेशले स्वास्थ्य चौकी पु¥याए । सुगरका बिरामी रहेका उनको ६ घण्टा पछि होस आयो । ‘एम्बुलेन्स भएको भए सास्ती हुन्थेन। समयमै भाइले अस्पताल नपु¥याएको भए ज्यानै सम्म जान सक्ने रहेछ । अहिले सम्झिँदा डर लागिरहेको,’चन्द भन्छन्,’गाउँपालिकाको एउटा एम्बुलेन्स थियो । त्यो पनि अहिले धनगढीमा थन्काइएको छ भन्ने सुनेको छु । हामी बिरामी पर्दा भगवान् भरोसामा बाचिरहेकाछौँ।’

    बुधवार पञ्चेश्वर १ की विमला धामीलाई सुत्केरी व्यथाले च्याप्यो । उनको घरबाट स्वास्थ्य चौकी पुग्न हिँडेर ६ घण्टा लाग्छ । एम्बुलेन्स भए दुई घण्टामै पुगिन्छ । बर्सातको समयमा ग्रामीण सडक अवरुद्ध हुँदा अन्य सवारीका साधन समेत चलेका छैनन् । विमलाका श्रीमान् पदमले एम्बुलेन्सको माग गर्दै पञ्चेश्वर गाउँपालिकामा फोन गरे ।

    एम्बुलेन्स धनगढीमा रहेकाले पठाउन नसकिने प्रतिक्रिया पाए पछि उनी निकै आत्तिए । श्रीमतीको ज्यान जोगाउन उनी हरसम्वभ प्रयास गरिरहे। श्रीमतीको अवस्था जटिल बन्दै थियो । उनले एम्बुलेन्सको लागी (छिमेकी) शिवनाथ गाउँपालिकामा फोन गरे । त्यहाँ पनि एम्बुलेन्स खाली नभएको सुने । व्यथाले च्यापेकी विमला कराइरहेकी थिइन् । पदम सँग श्रीमतीको पिडामा शान्तोना दिने बाहेक अर्को विकल्प थिएन ।
    श्रीमतीलाई पिडाले झन् च्याप्दै गएपछि उनले गाउँकै अनुभवी महिलाहरूलाई बोलाए र उनीहरूले भने अनुसार मान्दै गए ।

    अन्ततः ः रातीको एघार बजे विमलाले छोरीलाई जन्म दिइन् । ‘श्रीमतीलाई सुत्केरी हुँदा स्वास्थ्य संस्थामै लग्न मन थियो तर सकिन । मन निकै आत्तिइरहेको थियो। मैले स्वास्थ्य संस्था लैजान निकै प्रयास गरे एम्बुलेन्स भेटिएन,’विमलाका श्रीमान् पदमले भने,‘पञ्चेश्वर गाउँपालिकाले हाम्रो स्वास्थ्य माथि खेलबाड गरिरहेको छ । गाउँ–गाउँमा सिंह दरबार भन्छन् खै हामीले आधारभूत स्वास्थ्य सेवा पनि पाएको ? आक्रोशित हुँदै उनले भने्््,‘कर्मचारी र जनप्रतिनिधि मस्तीमा छन् हाम्रा समस्या कसैले बुझेन दुर्गमको पिडा यस्तै छ।’

    यिनी त प्रतिनिधि घटना मात्र हुन् । पञ्चेश्वर गाउँपालिकामा एम्बुलेन्स नहुँदा नागरिकहरू अकालमै ज्यान गुमाउन बाध्य छन् । बिरामी पर्दा समयमै स्वास्थ्य चौकी पुग्न पाएका छैनन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह पनि एम्बुलेन्स अभावकै कारण आधारभूत स्वास्थ्य सेवाबाट पनि सर्वसाधारण वञ्चित भएको स्वीकार गर्छन् ।‘हाम्रो गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकीहरुछन् । ग्रामिणभेग भएकाले पनि हामीले सजिलै नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौँ,’स्वास्थ्य शाखा प्रमुख शाहले भने,‘एम्बुलेन्स अभावले सिकिस्त बिरामीहरूलाई हामीले छिटो छरितो सेवा दिन सकेका छैनौँ त्यो हाम्रो बाध्यता हो।’

    सात महिना देखी धनगढीमा एम्बुलेन्स ..

    पञ्चेश्वर गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सात महिना देखी जिल्ला टा«फिक प्रहरी कार्यालयमा थन्किएको छ ।
    गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले २०८९ पौष ६ गते धनगढीको मोहना अत्तरिया ६ लेन सडकमा मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा सवार गोदावरी नगरपालिका १ का निर्मल सार्की घाइते भए ।

    एम्बुलेन्सलाई जिल्ला टा«फिक प्रहरी कार्यालयले नियन्त्रणमा लियो । घाइते सार्कीलाई तत्काल माया मेटो« अस्पतालमा भर्ना गरियो । घटना भएको सात महिना सम्म पनि गाउँपालिकाले उनको उपचार र मोटरसाइकल मर्मत खर्च नतिरे पछि एम्बुलेन्स जिल्ला टा«फिक प्रहरी कार्यालयलेकै नियन्त्रणमा छ । ‘मेरो मोटरसाइकलको अवस्था नाजुक छ । बनाउन सोरुममा दिएको छु । एक लाखको हाराहारीमा खर्च आउदैँछ म सँग त्यत्रो रकम छैन । गाउँपालिकाले पनि तिरेको छैन। म निकै समस्यामा छु,’दुर्घटनामा घाइते सार्कीले भने,’ रकम नतिरेसम्म मैले एम्बुलेन्स प्रहरी कार्यालयबाट निकाल्न हस्ताक्षर गर्दिन।’

    घटनाको सात महिना पछि एम्बुलेन्स लिन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बोहरा धनगढी पुगे । उनले दुर्घटनामा घाइते भएका सार्की सँग सहमतिको प्रयास गरे । तर सार्की मोटरसाइकल नबने सम्म एम्बुलेन्स प्रहरी कार्यालयबाट निकाल्नमा सहमत भएनन् । मोटरसाइकलमा नयाँ बेसिस लगायतका पार्टपुर्जा हाल्नु पर्ने देखिएको छ । ‘मैले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको दुई महिना मात्र पुगेको छ । असारमा कार्यालयको चापका कारण एम्बुलेन्स लिन धनगढी आउन सकिन अहिले आवश्यक प्रक्रिया पु¥याइरहेको छु,’बोहराले भने,’नयाँ चेसिसको लागी यातायात कार्यालयको अनुमती आवश्यक पर्दाेरहेछ। सबै प्रक्रिया पु¥याएर घाइते सार्कीको माग पनि पुरा गरेर एम्बुलेन्स दिएर जान्छु।’

    २०७४ मा निर्वाचित भएका गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द । २०७९ पनि निर्वाचित भएका छन् । घटना हुने बेला २०७८ पुसमा पनि हुने अध्यक्ष थिए भने अहिले पनि उनै छन् । जनताको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको एम्बुलेन्स सात महिना सम्म प्रहरी कार्यालयमा थन्किँदा पनि चन्दले एम्बुलेन्स निकाल्ने विषयमा चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन् ।

     

     

    • एम्बुलेन्स
    • नागरिक बिरामी
    • पञ्चेश्वर गाउँपालिका
    • भगवान् भरोसा
    मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.