• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • २ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ छैठौं वर्षमा प्रवेश

"मर्जरमा नगइ ५ अर्ब पुर्याउने यस्तो छ योजना "
  •  संवाददाता
  • बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले २०७४ भदौ १५ गतेदेखि अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । लाइसेन्स पाएको एक महिना पछि व्यवसाय नै शुभारम्भ गरेको थियो ।

    कम्पनीले स्थापनाको छोटो समयमै स्थापित र प्रचलित ब्राण्ड बनाउन सफल भएको छ ।कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरिने प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए ।

    बीमा समितिले पुराना ठुला बीमा कम्पनीले माइक्रोइन्स्योरेन्स गर्न नसक्दा छुट्टै कम्पनीको स्थापनाको तयारी गर्दा रिलाबयल नेपालले भने स्थापनाकालदेखिनै माइक्रोइन्स्योरेन्स पोलिसीमा विशेष ध्यान दिएको थियो । बीमा समितिले गत शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमै रिलाबल नेपालको खुलेर प्रसंसा गरेका थिए । उनले रिलायबल नेपाल एउटा कम्पनीले माइक्रोइन्स्योरेन्स कम्पनीमा उदाहरणीय काम गरेको भन्दै प्रसंशा गरेका थिए । कम्पनीले न्युन आय भएका वर्गलाई माइक्रोफाइनान्स मार्फत माइक्रोपोलिसी बिक्री गर्ने क्रममा सर्वाधिक पोलिसी जारी गर्न सफल भएको छ।

    कम्पनीले आफ्नो स्थापित ब्राण्डलाई मर्जर मार्फत अन्त्य हुन नदिने रणनीति बनाएको छ । बीमा समितिकै सहमतिमा कम्पनीले विध्यमान संस्थापकहरुबाट एक अर्बको पूँजीबाट २ अर्ब ८० करोड रुपैयाँ पुर्याइसकेको छ  अव यसै पूँजीमा आधारित भएर आइपिओ निष्काशन गर्ने तयारी समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि एक अर्ब २० करोड रुपैयाँ आइपिओ निष्काशन गरेर ४ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ ।

    बीमा समितिले कायम गरेको ५ अर्ब पूँजीका लागि नपुग एक अर्ब रुपैयाँ कम्पनीको जगेडा कोषबाट बोनस शेयर दिएर पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका प्रवर्द्धकहरुमा ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, बैंकर, अर्थशास्त्रीहरु लगायतका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ ।

     यसरी कम्पनीले आफ्नो छोटो समयमा स्थापित ब्राण्डलाई टिकाइ राख्न कम्पनीका सञ्चालक, संस्थापक शेयर र उच्च व्यवस्थापन अहोरात्र खटिइराखेका छन् ।

    कम्पनीले गत आर्थिक वर्षमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तो कोष नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो ।

     यस अवधिमा कम्पनीको जीवन बीमा कोष पनि ४ अर्ब ६० करोड रुपैयाँ नाघिसकेको छ । एक्चुरियल मूल्याङ्कन पछि कम्पनीको मुनाफा अझै बढ्न सक्ने भएकाले जगेडा कोषमा अझै रकम थपिने अनुमान गरिएको छ । यस्तो अवस्थामा रिलायबलले योजना बनाए जस्तो आइपिओ निष्काशन पछि कायम पूँजीमा २५ प्रतिशत बोनस शेयर दिएर सजिलै ५ अर्ब जुटाउन सक्नेछ ।

    हालसम्म रिलायबल नेपालले १२ वटा जीवन बीमा योजना मार्फत बीमितलाई सेवा प्रवाह गरेको छ ।

    कम्पनीले विगतका वर्षमा माइक्रोपोलिसीमा विशेष ध्यान दिए पनि पछिल्ला दिनमा यसमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण अव रणनीति परिवर्तन गर्ने योजना बनाएको छ । त्यसमा पनि बीमा समितिले माइक्रोइन्स्योरेन्सका लागि छुट्टै कम्पनी स्थापना गर्न थाले सँगै कम्पनीले अव फरक हिसावले अगाडी बढ्ने योजना बनाएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए ।

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.