पाल्पामा दुईजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका भोजेन्द्रबहादुर केसी र पाल्पा क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिए।
उनका अनुसार बुधबार उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रतिनिधिसभा र प्रदेशसभा गरी जिल्लामा ४७ जनाले उम्मेदवारी दिएका थिए। अब ४५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्।
पाल्पामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र चारवटा प्रदेशतर्फ रहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी ४५ जनाको मात्रै उम्मेदवारी कायम रहेको अर्यालले बताए।