• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

डोटीमा प्रेम आलेलाई कति सहज, एमालेकी गौरीकुमारी कति चुनौति ?

  •  संवाददाता
  • शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा नकेपा एकीकृत समाजवादीका नेताहरुको होडबाजीमध्ये डोटीका प्रेमबहादुर आलेको चुनावी प्रतिस्पर्धालाई पनि निकै चासोका साथ हेरिएको छ ।

    नेकपा एमालेबाट दुई पटक सांसद बनिसकेका आले यसपटक ह्याट्र्कि गर्ने दाउमा छन् । तर, उनका लागि चुनौती बनेकी छिन्, उनकै पूर्वसहकर्मी गौरीकुमारी ओली ।

    सत्ता गठबन्धनमा लामो समय डोटीको एक मात्र निर्वाचन क्षेत्र नेपाली कांग्रेसलाई दिनु पर्ने माग उठेको थियो । २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए, उनीसँग प्रतिस्पर्धामा थिए नेपाली कांग्रेसका वीरबहादुर बलायर । बलायरले यसपटक लामो समयसम्म डोटीमा कांग्रेसले छोड्न नहुने अडान राखे । तर, सत्ता गठबन्धनको अस्तित्वमाथि नै आलेले प्रश्न उठाउन थालेपछि बलायर पछाडि हटे, आलेलाई गठबन्धनले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनायो ।

    आलेसँग प्रतिस्पर्धामा अन्य पाँच जना उम्मेदवार छन्, डोटीमा । नेकपा एमालेकी गौरीकुमारी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्र राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

    ०७० सालको र ०७४ सालको आम निर्वाचनमा सहज जित निकालेका आलेलाई यसपटक डोटीबाट बानेश्वरको संसद भवन छिर्न कति सहज छ त रु

    यसका लागि पहिलो स्थानीय तह निर्वाचनको मत परिणामको विश्लेषण गरौँ ।

    वैशाखमा भएको स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटामा जित निकालेको थियो । नेकपा एमालेले १ र नकेपा माओवादी केन्द्रले अर्को १ स्थानमा जित निकाल्न सफल भएको थियो । यसले स्पष्ट पार्छ, डोटीमा स्थानीय तहमा नेपाली कांग्रेसको राम्रो प्रभाव छ ।

    स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुको मतलाई हेर्ने हो भने पनि नेपाली कांग्रेसले नै सबैभन्दा बढी मत ल्याएको छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३४ हजार ४७ थियो । त्यस्तै, दोस्रोमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९ सय १६ मत ल्याएका थिए । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ हजार ७ सय ८९ मत ल्याउँदा आलेकै पार्टी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले भने ३ हजार २ सय ५ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारको मत भने १ हजारभन्दा कम थियो ।

    यसअघिको आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको समर्थनमा आले उम्मेदवार थिए । त्यति बेला उनले ३२ हजार ५ सय १० मत ल्याएका थिए । उनका तत्कालीन प्रतिस्पर्धी बलायरले ३० हजार ८ सय ७८ मत मात्र ल्याएका थिए ।

    यो अर्थमा हेर्ने हो भने आलेको पार्टीभन्दा अहिले नेकपा एमाले नै त्यहाँ बलियो देखिएको छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएका आलेलाई एमाले एक्लैको यो चुनौती सहज हुने देखिन सक्छ ।

    यसका लागि चाहिँ उनले त्यहाँका कांग्रेस मतदाताको मत आफूलाई आउनेमा निश्चित गर्नु पर्ने देखिन्छ ।

    यो निर्वाचन क्षेत्रमा आलेलाई उम्मेदवारी दिन लगाएकामा धेरै कांग्रेसी सन्तुष्ट छैनन् । स्वयं बलायर कैलाली–४ मा उम्मेदवारका रुपमा झर्नु परेको छ । बेलाबेलामा आले पनि कांग्रेस प्रवेश गर्न सक्छन् भन्ने चर्चा नचलेको त होइन तर डोटीमा कांग्रेसको विश्वास उनले पूर्णरुपमा जित्न सकेका छैनन् ।

    कांग्रेसको मत आफूलाई पार्न सके भने आले नेकपा एकीकृत समाजवादी निकै कमजोर भएको डोटीमा पनि जित निकाल्न सफल हुने देखिन्छ ।

    • एमाले
    • डोटी
    • प्रेम आले
    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.