• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सात वर्षमै राष्ट्रिय खेलाडी

"सुरुमा रहरले पौडी खेल्दै आएका संस्कार अहिले भने राष्ट्रिय खेलाडी बन्ने लक्ष्य बोकेका छन्। "
  •  संवाददाता
  • आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा : राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिन्छ।
    राष्ट्रिय खेलकुदको यही मर्म, भावना र उद्देश्य अनुरुप नै नवौं राष्ट्रिय खेलकुदमा होमिएका छन्, सात वर्षीय संस्कार न्यौपाने। नेपालगन्जका संस्कार नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। उनी पौडीको ५० मिटर फ्रिस्टायलमा देशका चर्चित खेलाडीसँगै पौडी पोखरीमा उत्रिँदै छन्।

    उनले सुरुमा ५० मिटर फ्रिस्ट्याल र ब्रेथस्टोकमा प्रतिस्पर्धा गर्ने तय भएपनि एउटा प्रदेशबाट एउटा इभेन्टमा दुई जना खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियमका कारण उनले फ्रिस्ट्यालमा मात्रै प्रतिस्पर्धा गर्न लागेको लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चन्द्रराम चौधरीले बताए।

    ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाइसकेका खेलाडीसँग सानो उमेरका खेलाडीले प्रतिस्पर्धा गर्न गाह्रो भएपनि संस्कारले राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे। ‘सात वर्षीय बालकलाई सिनियर तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ। तर, उसले आफ्नो टाइमिङमा सुधार गर्नेछ भन्ने विश्वास छ’, प्रशिक्षक चौधरी भन्छन्, ‘उसको पनि राम्रो गर्नुपर्छ भन्ने सोच छ।’

    संस्कार नेपालगन्जको आदर्श सेकेन्डरी स्कुलमा कक्षा तीनमा अध्ययनरत छन्। उनी जिल्ला, प्रदेश छनोट पार गर्दै नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन्। सोमबार हुने आफ्नो प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य उनले राखेका छन्। ‘जिल्ला र प्रदेशमा भन्दा पनि राम्रो प्रदर्शन गर्छु’, संस्कार भन्छन्।

    संस्कार चार वर्षको उमेरदेखि पौडीमा रमाउन थालेका हुन्। उनले होटल सिद्धार्थको पोखरीबाट पौडीको प्रारम्भिक शिक्षा सुरु गरेका हुन्। उनलाई सोही होटलका प्रशिक्षक दीपक परियारले प्रशिक्षण दिँदै आएका छन्। पानीमा खेल्न रमाउने संस्कार अरुले खेलेको हेरेर पौडीमा आकर्षित भएको उनका बुवा केशव न्यौपानेले बताए। सुरुमा रहरले पौडी खेल्दै आएका संस्कारले अहिले भने राष्ट्रिय खेलाडी नै बन्ने लक्ष्य बोकेका छन्। उनी गर्मी मौसममा हरेक दिन बेलुका दुई घण्टा प्रशिक्षण गर्छन्।

    संस्कारका बुवा केशव पनि छोराको इच्छालाई पूरा गर्न लागिपर्ने बताउँछन्। ‘संस्कार पौडी र साइक्लिङमा रुची राख्छ। जाडो मौसममा साइकल चलाउँछ भने गर्मीमा पौडी खेल्छ। उसले जुन खेल खेल्छु भन्छ, त्यसमा हामीले सहयोग गछौं’, केशव भन्छन्, ‘संस्कार खेलकुदसँगै पढाइमा पनि तेज छन्। हरेक परीक्षामा राम्रै गर्दै आएका छन्।’

    लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चौधरी परिवारको साथ र सहयोगका कारण पनि संस्कार भविष्यमा राम्रो खेलाडी बन्नसक्ने बताउँछन्। ‘संस्कारलाई परिवारको पनि राम्रो सपोर्ट छ। छोराको इच्छा र चाहनालाई परिवारले पनि बुझ्नु भएको छ’, उनी भन्छन्, ‘त्यसैले संस्कार भविष्यमा देशको राम्रो खेलाडी बन्ने छन्।’

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.