• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ५ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ५ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ५ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १२ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १३ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १३ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १३ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • १ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • १ दिन अगाडि

कैलाली-१ : रञ्जितालाई रेशमको विरासत जोगाउने चुनौती

"सत्तारुढ र एमाले-जसपासँग भिड्दै नयाँ दल "
  •  संवाददाता
  • सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली क्षेत्र नम्बर १ मा आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।यसपटकको चुनावमा कैलाली १ मा सत्तारुढ गठबन्धन, एमाले–जसपा गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो।

    दुई ठूला गठबन्धनलाई कैलाली १ मा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चुनौती बनेको छ।

    स्थानीय तह निर्वाचनमा दर्ता भएको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउँदै कैलालीमा नागरिक उन्मुक्ति पार्टी बलियो शक्तिको रुपमा उदाएको छ।

    आउँदो मंसिर ४ गते तोकिएको संसदीय चुनावमा देशभर अधिकांश ठाउँमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

    कैलालीको क्षेत्र नम्बर १ मा भने प्रमुख राजनीतिक दल नागरिक उन्मुक्तिसँग भिड्न गठबन्धन बनाएर उत्रिएका छन्।

    ०७४ को चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले जितेको यो क्षेत्रमा यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रन्जिता श्रेष्ठ उम्मेदवार छिन्।

    उनीसँग प्रतिस्पर्धा गर्न सत्तागठबन्धनका तर्फबाट कांग्रेसका नेता पूर्वमन्त्री रामजनम चौधरी र एमाले–जसपा गठबन्धनबाट एमाले नेता तथा टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल तयार छन्। एमालेले कैलाली १ मा एउटा प्रदेश सभा जसपालाई दिएर चुनावी तालमेल गरेको छ।

    प्रतिनिधि सभामा चुनाव लड्न तम्तयार सुदूरपश्चिमका चर्चित ४ महिला
    प्रदेश सभा १ का सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज बिनाडी, एमाले–जसपा गठबन्धनबाट जसपाका भगतराम चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट कैलाली अध्यक्ष कैलाश चौधरी उम्मेदवार छन्।

    प्रदेश सभा २ मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवम् सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, एमालेका द्वारिका न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी उम्मेदवार छन्।

    मंसिर ४ गते हुने संसदीय चुनावमा देशभर अधिकांश ठाउँमा सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

    कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ।

    नागरिक उन्मुक्ति पार्टीको आधार इलाका मानिएको कैलाली १ लाई सत्तारुढ र एमाले–जसपको अंकगणित उथलपुथल पार्ने क्षेत्रका रुपमा हेरिएको छ।

    रेशमको विरासत जोगाउन चुनौती
    वि.सं.२०७२ भदौमा टीकापुरमा एसएसपीसहित सातजना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीले यसपटक बर्दिया २ बाट उम्मेदवार दिए। तर उनको उम्मेदवारी निर्वाचन आयोगबाट खारेज भयो।

    ०७४ को निर्वाचनमा भूमिगत रहेका चौधरीले वामगठबन्धनबाट एमालेकी मदनकुमारी शाह ९गरिमा० लाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए।

    चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मात्रै ल्याएकी थिइन्। शाह अहिले नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज छिन्। भारी मतान्तरले विजयी भए पनि हत्याकाण्डमा मुछिएका रेशम संसद छिर्न पाएनन्।

    सत्तारुढ र एमाले–जसपा गठबन्धनविरुद्ध कैलाली १ मा पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रन्जितालाई रेशमको विरासत जोगाउनु पर्ने चुनौती छ।

    कैलाली १ का दुई वटै प्रदेश सभामा नागरिक उन्मुक्तिबाट बागी उम्मेदवारी परेको छ। प्रदेश सभा ९१० मा सन्तोष कठरिया र प्रदेश सभा २ मा गणेश चौधरीले स्वतन्त्र उम्मेदवार दिएका छन्।

    कठरिया स्थानीय तह चुनावपछि नागरिक उन्मुक्ति प्रवेश गरेका थिए। टिकट वितरणको साताअघि उनले पार्टी छोडेको घोषणा गरे। अहिले उनले प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

    यस्तै, चौधरीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै नागरिक उन्मुक्तिविरुद्ध बागी उम्मेदवारी दिएका छन्। नागरिक उन्मुक्तिले कठरिया र चौधरीलाई कारबाही गरिसकेको छ।

    ‘झुटा मुद्दामा फसाएर जनप्रतिनिधिलाई जेलमा थुनियो, यस क्षेत्रका जनतालाई जनप्रतिनिधिविहीन बनाइयो,’ नागरिक उन्मुक्तिका कैलाली अध्यक्ष कैलाश चौधरी भन्छन्, ‘यो कुरा यस क्षेत्रका बासिन्दाले राम्रोसँग बुझेका छन्, हाम्रो जित निश्चित छ।’

    हारलाई जितमा बदल्ने दाउ
    ०७४ को चुनावमा कैलाली ३ मा वाम गठबन्धनसँग हारेका पूर्वमन्त्री रामजनम चौधरीलाई कांग्रेसले यसपटक कैलाली १ मा उम्मेदवार बनाएको छ। गठबन्धनको बलमा ०७४ को हारलाई जितमा बदल्ने योजनाका साथ चौधरी कस्सिएका छन्।

    उनी कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए। अहिले गौरीशंकर माओवादी त्यागेर एमालेमा छन्।

    रामजनम वि.सं. २०४८ सालदेखि २०७० सालसम्म अपराजित नेता हुन्। उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते।

    ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे। ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद चुनिएका थिए।

    ०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते। अनवरत सांसद हुँदै आएका रामजनमले पहिलोपटक ०७४ सालको चुनावमा पराजय व्यहोर्नु पर्यो।

    कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग ४ हजार ३८५ मतान्तरले पराजित भए। त्यस बेला गौरीशंकरले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत ल्याएका थिए।

    यसपटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद यात्रा तय गर्ने योजनामा छन्।

    ‘थारु समुदायकोे बाहुल्यता रहेको क्षेत्र भएकाले उहाँ ९रामजनम०को राम्रो प्रभाव छ, नागरिक उन्मुक्तिको धेरै भोट उहाँले काट्नु हुन्छ,’ नेपाली कांग्रेस कैलाली १ का क्षेत्रीय सभापति प्रकाश शाह भन्छन्, ‘जनताले पनि गठबन्धनलाई मन पराएको देखिन्छ, त्यसैले जित निश्चित छ।’

    उदाउँदा तपेन्द्र
    एमालेले यसपटक कैलाली १ मा प्रतिनिधि सभाको चुनावमा तपेन्द्र रावललाई ‘डेब्यू’ गराएको छ। उनी यसअघि ०७४ को स्थानीय तह चुनावमा टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

    पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरिरहेका रावललाई जनता समाजवादी पार्टीको साथ छ। स्थानीय तह चुनावमा सफलता पाएका उनको प्रतिनिधि सभा यात्रा कस्तो होला त्यसका लागि मंसिर ४ कुर्नु पर्छ।

    यस्तो छ अंक गणित
    क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कूल २३ वडा पर्दछन्।

    यी पालिकामध्ये गत वैशाखको स्थानीय चुनावमा टीकापुरको उपमेयरबाहेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ।

    नागरिक उन्मुक्तिले कैलाली १ मा पर्ने २३ वडामध्ये ११ वडामा जित निकालेको छ। जुन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको भन्दा बढी हुन आउँछ। माओवादीले ५, कांग्रेस र एमाले ३र३ तथा जसपाले एक वडा जितेको छ।

    स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधार सत्ता गठबन्धन अगाडि छ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले पाएको कूल मत २० हजार ८४० छ।

    जसमा कांग्रेस उम्मेदवारको ११ हजार ६७८ मत, माओवादी केन्द्रको ६ हजार ९३० मत र एकीकृत समाजवादीको २ हजार २३२ मत छ।

    १ नम्बर क्षेत्रमा पर्ने २३ वडाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाएका छन्।

    नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको १० हजार ३२२ मत र जसपाका उम्मेदवारको २ हजार ३०२ गरेर एमाले–जसपा गठबन्धनसँग कूल १२ हजार ६२४ मत छ। यस्तै, यहाँ राप्रपाका अध्यक्षका उम्मेदवारले पाएको मत ३ हजार ५६१ छ।

     

    गोकुल जोशी/नेपाल खवर 

    • कैलाली
    • त्रिपक्षीय प्रतिस्पर्धा
    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ९.
      भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

    • १०.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.