• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ :०५१ को इतिहास दोहोर्‍याउने दाउमा एमाले !

  •  संवाददाता
  • सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्र की उम्मेदवार बिना मगर तेस्रो पटक संसदीय चुनाव लड्दै छिन्।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी मगर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्।

    कञ्चनपुरका तीन क्षेत्रमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन्। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा छ।

    कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादीकी मगरलाई यसपटक पुराना प्रतिस्पर्धी दिवानसिंह विष्टको साथ छ।वि.सं.२०७० को दोस्रो संविधानसभाका क्रममा पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरेकी मगर कांग्रेसका विष्टसँग पराजित भएकी थिइन्।

    त्यसबेला विष्ट १० हजार २९४ मतसहित विजयी बन्दा मगर ९ हजार १५१ मतसहित तेस्रो स्थानमा थिइन्।नेकपा एमालेका लालबहादुर विश्वकर्मा ९ हजार २३६ मतसहित दोस्रो स्थानमा थिए।

    दोस्रो पटक ०७४ को चुनावमा कांग्रेसकै विष्टसँग मगर भिडेकी थिइन्। त्यसबेला नेकपा एमालेको समर्थन पाएकी उनले विष्टलाई फराकिलो मतान्तरले हराइन्।

    वाम गठबन्धनकी साझा उम्मेदवार मगरले ०७४ मा ३८ हजार ४६७ मत ल्याउँदा कांग्रेसका विष्टले १९ हजार २१९ मत मात्रै ल्याएका थिए।यसपटकको चुनावमा यी दुवै प्रतिस्पर्धी एउटै कित्तामा छन्। ०७० र ०७४ का प्रतिस्पर्धी विष्टलाई साथमा लिएर कञ्चनपुर १ मा मगर दोस्रो जित निकाल्ने दाउमा छिन्।

    दुई पटक चुनावमा आमने–सामने भएका मगर र विष्ट यो चुनावमा गठबन्धनका सहयात्री बनेका छन्। प्रतिनिध सभा मगरलाई छोडेर विष्ट प्रदेश सभा २ का उम्मेदवार बनेका छन्।

    टिकटको रस्साकस्सी
    कांग्रेसभित्र संस्थापन इतर मानिने विष्टले प्रतिनिधिसभाको टिकट लिन धेरै प्रयास गरे। तर सफल हुन सकेनन्।

    चुनावमा गठबन्धन भएमा आफ्नो क्षेत्र माओवादीको भागमा पर्ने लख काटिसकेका विष्ट तालमेलको विपक्षमा उभिए।

    उनले कञ्चनपुर १ मा गठबन्धन नगर्ने र कांग्रेस एक्लै चुनावमा होमिने निर्णय क्षेत्रीय कार्य समितिबाट गराउन भ्याए।

    अन्तिममा प्रतिनिधि सभा मगरलाई नै छोड्नुपर्ने भएपछि उनी प्रदेश सभामा झरेर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्दैछन्।

    सत्ता गठबन्धनमा प्रतिनिधि सभा माओवादीको भागमा परेपछि प्रदेश सभाका दुई क्षेत्रमध्ये एउटा कांग्रेसका विष्टका लागि दिने र अर्को माओवादीले राख्ने अन्तिम समझदारी थियो।

    तर प्रतिनिधि सभा छोडेको कांग्रेसले दुवै प्रदेश सभा पाउनु पर्ने अडान राख्यो। सुरुदेखि नै कांग्रेस गठबन्धनको विपक्षमा रहेको र एउटा मात्रै प्रदेश सभा छोड्दा असन्तुष्टि बढेर समस्या हुने भएकाले माओवादी सोच्न बाध्य भयो।

    ‘प्रदेश सभाको एउटा क्षेत्र मात्रै कांग्रेसलाई दिँदा कांग्रेस धेरै असन्तुष्ट हुने देखियो, त्यसले चुनावमा असहयोग रोक्न बिना कमरेडकै जोडबलमा दुवै कांग्रेसलाई दिइएको हो’, माओवादी केन्द्रका एक नेताले भने।

    प्रदेश सभा ु१ु मा कांग्रेसका बन्धु राना उम्मेदवार छन्। यो क्षेत्रमा गठबन्धनका उम्मेदवारको जित सहज रहेको कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्याय बताउँछन्।

    ‘स्थानीय तहको परिणामले पनि गठबन्धन बलियो देखिन्छ, प्रतिनिधिसभा र प्रदेश सभाका गठबन्धनका तीनै उम्मेदवार सहजै जित्छन्,’ उनले भने, ‘यहाँका ४ स्थानीय तहमध्ये १ माओवादी र २ कांग्रेसले जितेका छन्।’

    २०५१ पछि जित खोज्दै एमाले
    नेकपा एमालेले वि।सं। २०४८ यताका ६ वटा निर्वाचनमध्ये यो क्षेत्रमा प्रतिनिधि सभाको एउटा निर्वाचन मात्रै जितेको छ।

    ०५१ सालको मध्यावधि चुनावमा एमालेका रामकुमार ज्ञवाली ११ हजार ४२५ मतसहित विजयी भएका थिए। त्यसअघि ०४८ को चुनावमा कञ्चनपुर १ मा कांग्रेसका वासुदेव भट्ट विजयी भएका थिए।

    कञ्चनपुर १ मा ०५६ को चुनावमा कांग्रेसका एनपी साउद, ०६४ मा माओवादीका पुरन राना थारु, ०७० मा कांग्रेसका दिवानसिंह विष्ट र ०७४ मा माओवादीकी बिना मगरले जितेकी थिइन्।

    एमालेका तर्फबाट कञ्चनपुर १ मा सुदूरपश्चिमका पूर्वआर्थिक मामिलामन्त्री तारालामा तामाङ चुनावी मैदानमा छन्। उनको काँधमा ०५१ पछि जितविहीन एमालेलाई विजयी गराउने जिम्मेवारी छ।

    २०७४ मा वाम गठबन्धनबाट आफ्नो भागमा परेका प्रदेश सभाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। प्रदेश सभा ु१ु बाट अहिलेका प्रतिनिधि सभा उम्मेदवार तारा लामा तामाङ र प्रदेश सभा ु२ु बाट पूर्वराज्यमन्त्री कुलवीर चौधरीले बाजी मारेका थिए।

    तामाङको ‘कमब्याक’
    कञ्चनपुर १ मा प्रतिनिधि सभा उम्मेदवारमा नेकपा एमाले कञ्चनपुरका पूर्वअध्यक्ष तारालामा तामाङ ‘कमब्याक’ भएका छन्।

    ०७० सालको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउदसँग तामाङ पराजित भएका थिए। त्यसबेला साउदले १३ हजार ४१५ मत ल्याउँदा तामाङले ९ हजार ६७६ मत ल्याएका थिए।

    ०७४ मा भने तामाङ प्रदेश सभामा गए। क्षेत्र नम्बर १ ु१ु मा वामगठबन्धनका साझा उम्मेदवार तामाङ प्रदेश सांसद चुनिँदै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसम्म भए।

    एमाले विभाजनमा उनीसँगै प्रदेश सभा ु२ु मा जितेका कुलवीर चौधरी पनि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। उनीहरु केही समय पहिले एमालेमै फर्किए।

    उनै तामाङलाई नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध भिड्न कञ्चनपुर १ को चुनावी मैदानमा उतारेको छ।

    एमालेबाट प्रदेशसभा ९१० मा पूर्वमाओवादी नेता वीरबहादुर थापा९पातल० र ९२० मा जिल्ला पार्टी सचिव पल्लव भट्ट उम्मेदवार छन्।

    बागीको बिगबिगी
    क्षेत्र नम्बर १ मा नेकपा एमालेका ३ जना नेताहरूले बागी उम्मेदवारी दिएका छन्। एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खेम सुवेदीले प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन्।

    यस्तै, प्रदेश सभा ९१० मा भक्तबहादुर अधिकारी र प्रदेश सभा ९२० मा टेकबहादुर साउदले एमालेबाट बागी उम्मेदवारी दिएका छन्।

    कञ्चनपुरमा एमालेका बागी उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन
    उनीहरुलाई एमालेले पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेको छ। सत्ता गठबन्धनसँग एक्लै चुनाव भिडिरहेको एमालेलाई पार्टी विभाजनसँगै बागी उम्मेवारले सकस पारेको छ।

    सत्ता गठबन्धन भए पनि यो निर्वाचन क्षेत्रमा बिना मगरले जनताको पक्षमा केही पनि काम नगरेकाले यसपटक एमालेको जित सुनिश्चित रहेको क्षेत्र नम्बर १ का संयोजक समेत रहेका एमाले कञ्चनपुरका उपसचिव फैरु तामाङ दाबी गर्छन्।

    ‘बिना मगरजीले पाँच वर्षमा जनताको पक्षमा केही पनि काम गर्नु भएन, जनता असन्तुष्ट छन्। ती असन्तुष्टको मत एमालेलाई आउँछ,’ उनले भने, ‘हाम्रो संगठन पनि राम्रो छ, जित निश्चित छ।’

    पार्टी विभाजनमा नेकपा एकीकृत समाजवादीमा लागेका तामाङ र चौधरीसँग भएको जनमत पनि एमालेमा फर्केको उनको दाबी छ।

    अंक गणित
    गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा क्षेत्र नम्बर १ मा पर्ने ४ पालिकामध्ये कांग्रेसले २ र नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकरएक पालिका जितेका छन्।

    स्थानीय तह चुनावमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएको थियो भने नेकपा एमाले र कांग्रेस एक्लै चुनाव लडेका थिए।

    कांग्रेसले जितेको पुनर्वास नगरपालिकामा मेयर तोयप्रसाद शर्माले १० हजार ६ मत ल्याएका थिए। एमालेका मेयरका उम्मेदवार पदमबहादुर पुजाराले ४ हजार ६७४ मत पाएका थिए। माओवादी र समाजवादी गठबन्धनका उम्मेदवार जीवन थापा ३ हजार ७३४ मत पाएर तेस्रो भएका थिए।

    माओवादी केन्द्रले जितेको बेलौरी नगरपालिकामा पोतीलाल चौधरी ८ हजार ७८७ मत सहित विजयी हुँदा एमालेकी कमला बहोरा ६ हजार ८०३ मत पाएकी थिइन्। कांग्रेसका हरेन्द्र सिंह विष्टले ६ हजार ३१२ मत पाएर तेस्रो स्थानमा रहेका थिए।

    लालझाडी गाउँपालिकामा एमालेका निर्मल राना ४ हजार ५१६ मतसहित विजयी भएका थिए। त्यहाँ माओवादीका मदनसेन बडायकले २ हजार ८५८ मत ल्याउँदा कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ४६८ मत ल्याएका थिए।

    बेलडाँडी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिचन्द्र राना ४ हजार १०३ मत पाएर विजयी भएका थिए। एमालेका अक्कलबहादुर विष्टले २ हजार ३०१ मत ल्याए भने माओवादीका ईश्वरीदत्त भट्टले १ हजार ७६३ मत पाएका थिए।

    क्षेत्र नम्बर १ मा वडा अध्यक्षहरुले पाएको मतका आधारमा माओवादीको १५ हजार ८६८ र कांग्रेसको १८ हजार ७३२ सहित सत्ता गठबन्धनसँग कूल ३४ हजार ६०० मत छ। एमालेको वडाको जम्मा मत १८ हजार ७७३ छ भने एकीकृत समाजवादीको ३ हजार २७६ छ।

    चार पालिकाका कूल ३२ वडामध्ये नेपाली कांग्रेसले ११, एमालेले १०, माओवादी केन्द्रले ८, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवार एकरएक वडामा विजयी भएका छन्।

    गोकुल जोशी/नेपाल खवर 

    • एमाले
    • कञ्चनपुर
    • निर्वाचन क्षेत्र
    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.