• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

युटुव हेरेर ‘ड्रागन खेती’,मनग्य आम्दानी !

  •  संवाददाता
  • शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अत्तरियाबाट पहाड रोड तर्फ प्रदेश राजधानी तोकिएको तेघरीमा पोलमाथि लहरै सिउँडीका पात देखिन्छन् । पोलमा सरिया,मोटरसाइकलका टायरहरू छन् । तीनै माथि फिँजिएका छन् सिउँडी जस्तो देखिने बिरुवा। झट्ट हेर्दा जोकोही अनुमान लगाउन सक्दैन यो के हो भन्ने ? यो ड्रागन फ्रुट हो । सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि व्यवसायीक रूपमा यसको खेती सुरु भएको छ ।

    कञ्चनपुरका गोकर्ण बहादुर वलीले सुदूरपश्चिममै पहिलो पटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर एक वर्ष देखी यो खेती गरिरहेका छन् । उनीबाट प्रेरणा पाएर अहिले सुदूरपश्चिमका विभिन्न स्थानमा ड्रागन खेती गर्न थालिएको छ ।

    यसरी भयो सुरुवात

    युटुव हेर्दै गर्दा वलीले ड्रागन फ्रुटको बारेमा बुझे । नयाँ खेती र यसबाट मनग्य आम्दानी हुने बुझेपछि उनले आफूले पनि लगाउने सोच बनाए । कसरी लगाउने ? के गर्ने ? भन्ने बारे उनलाई जानकारी थिएन । त्यही बेला उनी भारतका डा.विजय शर्मा सँग जोडिए । शर्माले वलीलाई आफ्नो फर्ममा घुमाएर त्यसको बारेमा जानकारी दिए । उनको सल्लाहमा नै वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर ०७७ श्रावणबाट व्यावसायिक रूपमै खेती सुरु गरे । ‘मैले सुरुवाती चरणदेखि अहिले सिचाइसम्म ३२ लाख लगानी लगाएको छु ।दुई जनालाई रोजगारी पनि दिइरहेको छु,’वलीले भने,‘अहिले हेर्न र किन्न भनेर धेरै आउनुहुन्छ। सबैलाई यो खेतीको बारेमा जानकारी दिएर पठाउने गरेको छु।’
    लगाएको १८ महिनापछि ड्रागनले उत्पादन दिन सुरु गर्दछ । ३ वर्ष सम्म कुरे राम्रो उत्पादन दिन्छ । तर वलीको बारीमा भने एक वर्षमै फलेपछि उनले ५ क्युन्टल बिक्री गरिसकेका छन् ।

    ‘०७७ साउनमा लगाएको थिए । केही बोटमा ०७८ असारमै एक वर्ष नपुग्दै फल्न सुरु ग¥यो । खास उत्पादन हुनुपर्ने १८ महिना पछि हो बोटमा एक दुई दाना फल्यो हामीले प्रतिकेजी ६ सयका दरले ५ क्युन्टल बिक्री गरीसकेकाछौँ,’उनले भने,‘ड्रागनका बिरुवा हुर्किँदै गएका छन् । ०७९ असारमा पूर्ण रूपमा फल दिइसक्छन्।’


    बजारको भने कुनै समस्या नरहेको उनको भनाई छ । ‘यो नेपालमा नौलो फल हो । यसको स्वाद एक पटक जो पनि लिन चाहन्छ।स्वास्थ्यका लागी पनि निकै फाइदाजनक छ।हामीलेनै विक्री गरिसकेका छौँ।अहिले पनि किन्नको लागी बारी सम्म पुग्नेको कमी छैन,’वलीले भने,‘अहिले हामीले खालि हात फर्काउनुपर्ने बाध्यता भए पनि एक वर्ष पछि सबै फल्छ हामीले सबैलाई उपलब्ध गराउँछौँ।’
    नेपालमा ड्रागन फ्रुुट ६ सय देखि ८ सय सम्म प्रतिकेजीका दरले बिक्री भइरहेको छ ।‘यसको खेती विस्तार हुँदै जाँदा मूल्यमा कमी आउनुपर्छ।अहिले सबैले यो किनेर खान सक्ने अवस्था छैन।अन्य फलफुकै हाराहारीमा यसको मूल्य झर्नुपर्छ,अनि सबैले किनेर खान सक्ने छन’,उनले भने ।

    खेती विस्तारका लागी दाङ र सिन्धुलीबाट बिरुवा ल्याएका उनले डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेका छन् ।
    ड्रागन खेती भित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेका छन् ।
    ‘अन्तरवालीका रूपमा भिण्डि लगाएका थियौ।८० हजारको भिण्डि बेचेका थियौ, अहिले अन्तरबालीका रूपमा लसुन लगाएका छौ । डेढ बिगा जग्गाको ५० हजार वार्षिक भाडा तिर्नुपर्छ । यो अन्तरवादीबाटै पुग्छ । ड्रागन जति विक्री हुन्छ ।त्यो सबै आम्दानी हुन्छ।’

    आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य उनको छ ।‘अहिले रोपेको बोट बाटै नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ । एउटा बिरुवाको हाँगाबाट १ देखि २ बिरुवा उत्पादन गर्न सकिन्छ ।चैत महिनामा हाँगा काटेर बिरुवा उत्पादनका लागि रोप्ने गरिन्छ जेठ सम्ममा हामीले बिरुवा बजारमा बिक्री योग्य बनाउँन्छौ । २ सय ५० देखि साढे ४ सय सम्ममा ड्रागनको बिरुवा बिक्री गर्छाैँ’,उनले भने।

    ६ लाख अनुदान र प्रोत्साहन

    सुदूरपश्चिम प्रदेशमै पहिलो पटक स्थापना भएको गोदावरी डा«गन फुटलाई प्रदेश सरकार अन्तरगर्तको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको छ । ‘म डा«गन खेती गर्छु भन्दै उहाँ हामी कहाँ आउनुभयो। हाम्रो टोलीले निरीक्षण ग¥र्यो । सबै ठिक देखेपछि हामीले पनि अनुमान दिएका हौँ,’कृषि विकास निर्देशक यज्ञराज जोशीले भने,‘अहिले डा«गन फुट फाममा दुई प्रकारको प्रजातिको छ । एउटा बोक्रा गुलाबी गुद्धी सेतो,अर्को बोक्रा गुलाबी र गुद्धी रातो हुने प्रकारको छ।’

    जोशीका अनुसार यसमा फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ भने जेठदेखि असोज–कार्त्तितक सम्म उत्पादन दिर्न गर्दछ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्ष सम्म उत्पादन दिने गर्छ ।
    ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्छ ।

    ‘यसको बजार मूल्य अहिले ६ सय देखी एक हजार सम्म तोकिएको छ । तर यती महँगो कसैले पनि तिर्न सक्दैन।दुई चार जनाले खालान्,हामी यसको मूल्य ४०÷५० सम्म झार्ने प्रयत्न गरिरहेका छौँ। सबैले आ–आफ्नो बारीमा ८÷१० ओटा बिरुवा लगाउँदा बालबालिकाको पोषण पुग्छ,’जोशीले भने,‘कुनै पनि प्राविधिक सल्लाह र सहयोग आवश्यक परेमा कृषि विकास निर्देशनालय वा मातहतका कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्छु।’

    हो भन्ने ? यो ड्रागन फ्रुट हो । सिउँडी प्रजातीको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरुमा पाइने गर्छ । अहिले नेपालमा पनि व्यवसायीक रुपमा यसको खेती सुरु भएको छ ।
    कन्चनपुरका गोकर्ण बहादुर वलीले सुदूरपश्चिममै पहिलो पटक कैलालीको गोदावरी नगरपालीका तेघरीमा डेढ विगा जग्गा भाडामा लिएर एक बर्ष देखी यो खेती गरीरहेका छन् । उनीबाट प्रेरणा पाएर अहिले सुदूरपश्चिमका विभिन्न स्थानमा ड्रागन खेती गर्न थालिएको छ ।

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.