• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ६ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ६ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ६ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १३ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १४ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १४ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १४ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • १ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • १ दिन अगाडि

सुदूरपश्चिममा मिर्गौलाको छैन सहज उपचार,पालो कुर्दा कुर्दै जान्छ ज्यान !

  •  संवाददाता
  • शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीकी मिर्गौला पीडित प्रभा चौधरी हप्तामा दुई पटक डाइलासिस गर्न सेती प्रादेशिक अस्पताल धाउँछिन्। २४ वर्षको उमेरमै दुवै मिगौलाले काम गर्न छोडेपछि उनले अस्पताल धाउन लागेको पनि ४ वर्ष बितिसक्यो । कहिले आफन्तको साथमा त अहिले गौरीगङ्गा नगरपालिकाको चौमालाबाट एक्लै अस्पताल पुग्छीन उनी ।

    ‘चार वर्ष अघि म बिरामी भएर थला परे,खान मन नलाग्ने,हात खुट्टा सुनिने,वाकवाकी हुने भइरहेको थियो,गाउँकै अस्पतालमा जाँदा धनगढी जान भनियो,सेती प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा मिर्गौला फेल भएको थाह पाए,अस्पतालमा डाइलासिस गराइरहेकी प्रभाले भनिन्,‘अस्पताल धाउन थालेको पनि चार वर्ष भयो,हप्तामा दुई पटक डाइलासिस गरिरहेकी छु,बाचुन्जेल डाइलासिस गर्नुपर्दाै रहेछ।’
    प्रभाले कल्पना गरेको जीवन यो हैन,यो त उनको बाध्यता हो । उनले पनि आफ्नो भविष्यबारे नसोचेकी पक्कै हैनन् । ‘मिर्गौला पीडित नभइदिएको भए आफ्नो भविष्य कस्तो बनाउने सोच्नु भएको थियो ?मैले सोध्न नपाउँदै टिलपिल रहेका उनका आँखाबाट आँसु झरी हाले । उनी नाजवाफ भइन् ।

    कञ्चनपुरको लालझाँडीकी ४० बर्सिया आस्मा राना ६ सन्तानकी आमा हुन । छैटौँ सन्तानलाई जन्म दिन सेती प्रादेशिक अस्पताल धनगढी पुगेकी उनमा सुत्केरी अवस्थामै मिर्गौलामा समस्या देखियो ।
    त्यसपछि डाक्टरको सल्लाहमा उनलाई सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा रहेको डायलासिस कक्षमा लगियो ।
    चेक जाँचको क्रममा उनको मिर्गौलाले काम गर्न छोडेको पुष्टि भयो । त्यसपछि उनी अहिले डायलासिसको लागी पालो कुरिरहेकी छिन् ।

    छैन सहज उपचार

    प्रभामा मिर्गौला सम्बन्धी समस्या देखिँदा सुदूरपश्चिममा उपचार सम्भव थिएन् । नयाँ जीवन पाउने आसमा उनी उपचारको लागी भारत गइन् । त्यत्तिखेर सेतीमा डाइलासिसको व्यवस्था पनि थिएन् । भारतकै उनले डाइलासिस सँगै फिस्टुला भरेर एक वर्ष उतै उपचार गराइन् । सेतीमा डाइलासिस सेवा सुरु भएपछि उनीले यतैबाट सेवा लिन थालिन त्यतीबेला उनको १० लाख बढी रकम खर्च भइसकेको थियो ।
    सुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको सुविधा भए पनि प्रभावकारी नबन्दा समस्या भइरहेको छ ।

    सहजै उपचार सम्भव नभए पछि मिर्गौला पीडितहरू जीवन र मरणको दोसाँधमा छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि त्यसको कार्यान्वयन भएको छैन । फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालको शय्यामै प्राण त्याग्नु पर्ने बाध्यता उनीहरूको छ।
    ‘जीवनभर डाइलासिस नै गर्नुपर्ने रहेछ,हामीलाई मिर्गौला त कसले दिन्छ,प्रभाले भनिन्,‘उपचार गर्दा गर्दै कुन दिन अस्पतालकै शय्यामा ज्यान गुमाउनुपर्ने हो।’

    सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ,नेपालगन्ज वा भारत नै जानु पर्ने बाध्यता छ । डायलासिस सेवा पाउन निकै कठिनाइ भइरहेको कञ्चनपुरकी आस्मा राना बताइन् ।
    ‘सरकारले निःशुल्क भनेको डायलासिस प्रदेशमा शुल्क तिरेर पनि पाउने सक्ने अवस्था छैन,पालो कुँदा कुर्दै धेरैको ज्यान गइसक्यो,उनले भनिन्,‘पालो नपाएरै मरिने हो कि भन्ने चिन्ता छ।’

    सेती अस्पतालमा डायलासिस गराउनका लागि नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पर्क विहीन भइरहेका छन् ।
    तीन वर्ष अगाडी मात्रै सेती अस्पतालमा डायलासिसका लागि दुई सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रूपमा २८ जनाले मात्रै सेवा पाई रहेका छन् ।

    न उपकरण न विशेषज्ञ

    विगतमा सेती अस्पताल आफैँले डायलासिस सञ्चालन गरे पनि २०७४ को चैतदेखि भने निजी क्षेत्रको विरंग हेल्थ केयर प्रालीले सञ्चालन गर्दै आएको छ । अस्तालसंगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिए पनि बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसिनहरू थप गर्ने उल्लेख गरिएको थियो । तर अहिले ८ वटा मेसीनमात्रै सञ्चालनमा छन् ।

    डायलासिसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका ४ सय ५० मध्ये ९५भन्दा बढिले पालो नपाउँदै ज्यान गुमाएको अस्पताल श्रोतले जनाएको छ । झन्डै एक सय ३० जना बिरामी भने सुदूरपश्चिम बाहिर डायलासिस गराई रहेका छन् ।
    सेती प्रादेशिक अस्पताल सँग १० मेसिनबाट डायलासिस सेवा सञ्चालन गर्ने सहमति गरेको विरङ्ग हेल्थ केयर सेन्टरले सहमति कार्यान्वयनमा लाएको छैन । अहिले २ मेसिन बिग्रिएका छन् ।

    उपचारको लागी अस्पताल पुग्ने गरेका बिरामी र आफन्तहरूले निकै सास्ती खेप्नु परिरहेको छ । एकतिर डायलासिसका लागी पालो कुर्नुपर्ने बाध्यता छ भने अर्को तिर डायलासिस गराउँदा आवश्यक औषधी सम्म अस्पतालको फार्मेसीमा पाइँदैन । निःशुल्क डायलासिसको लागी सरकारी कार्यालयबाट सिफारिस बोकी अस्पताल पुगेकाहरू पनि चर्को मूल्य तिर्दै निजी मेडिकलहरूबाट औषधी खरिद गर्न बाध्य छन् । मिर्गौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या झन् बढेको छ ।
    छोरीको डायलासिसका लागी सेती प्रादेशिक अस्पताल पुगेकी चुरे गाउँपालिकाकी रेखा विकले अस्पतालको फार्मेसीमा औषधी नपाइदा निजी मेडिकल धाउनुपर्ने बाध्यता रहेको बताइन् । निःशुल्क सेवाका लागी स्थानीय सरकारबाट सिफारिस पत्र बनाएर अस्पताल पुगेपछि आफ्नो लाखौँ रकम खर्च भइसकेको उनको दुखेको छ ।

    अस्पतालको फार्मेसीमा बिरामीको रगत बढाउने औषधी सम्म नपाइने गरेको उनी बताउँछिन् । अस्पतालका फार्मेसी अधिकृत महेश शाहले पनि डायलासिसको लागी आवश्यक सबै औषधी फार्मेसीमा नरहेको बताए ।
    अस्त व्यस्त जीवन शैलीका कारण मिर्गौला सम्बन्धी रोगीहरू बढेका छन् । पत्थरी,मधुमेह,उच्च रक्तचाप र जीवनशैलीका कारण नै किट्नी फेल हुने गरेको डा. शेर बहादुर कमरले बताए । यो समस्या बाट बच्न खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उनको भनाई छ ।

    सुदूरपश्चिममा ३० हजारको हाराहारीमा मिर्गौला पीडित रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर मिर्गौलाको उपचारको लागी भने प्रदेश सरकारले कुनै पहल गरेको छैन । सेती अस्पताल बाहेक प्रदेशका अन्य कुनै अस्पतालमा यो सेवा उपलब्ध छैन । प्रदेशमै मिर्गौलाको सहज उपचारका लागी प्रदेश सरकारले पहल गर्न सकेको छैन । यद्यपि सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्किले पहल भइरहेको बताए । मिर्गौलाको फिस्टुला भर्न समेत बाहिर जान नपर्ने गरी गृह कार्य सुरु भइरहेको उनको दाबी छ ।

    • सुदूरपश्चिममा मिर्गौला
    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • ५.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ६.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ७.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ८.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ९.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    • १०.
      बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.