• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

  •  संवाददाता
  • बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना राम्ररी पचेन भने यसको सोझो असर पाचन प्रक्रियामा पर्छ । त्यही कारणले पेटसम्बन्धी रोगले सताउँछ ।

    खाना खाएपछि पाचनयन्त्रले कसरी काम गर्छ ?

    हामीले मुखमा राखेको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । चपाएको खानालाई ¥यालले रसिलो बनाइदिन्छ । खाना चपाए। रसिलो र नरम भएपछि त्यो खाना हामी निल्छौं ।

    आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । यसरी पाचनयन्त्रले खाएको खाना पचाउने काम गर्ने योग तथा आयुर्वेद विज्ञ डा. हरिप्रसाद पोखरेल बताउँछन् ।

    शरीरलाई आराम कि सक्रियता ?

    पाचन प्रक्रियाको लागि शरीरलाई आराम चाहिंदैन । खाना खाने बित्तिकै सुत्न तथा आराम गर्नु हुँदैन । खाना खाएपछि २०० पाइला हिंड्नुपर्छ भनिन्छ । खाना खानेबित्तिकै सुतियो भने पाचन प्रणालीले आफ्नो काम ढिलो गर्छ । जसले गर्दा खाना राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या देखा पर्न सक्ने पोखरेल बताउँछन् ।

    खाएको खाना राम्रोसँग पच्न शरीर सक्रिय हुनुपर्छ । हामीले खाएको खाना पच्न आधा घण्टादेखि चार घण्टासम्म लाग्छ । त्यसैले खाना खाने बित्तिकै आराम गर्नु वा सुत्न नहुने ग्यास्ट्रोलोजिस्ट एवं जनरल फिजिसियन डा. अवशेष भण्डारी सुझाउँछन् ।

    ‘खाना खाएलगत्तै सुत्ने आराम गर्ने गर्दा पाचन प्रणालीले आफ्नो काम समयमा गर्न पाउँदैन र पाचन प्रणाली ढिलो हुन्छ,’ उनी भन्छन् ।

    खानालाई कसरी सुपाच्य बनाउने ?

    हामीले खाना खाएपछि सबैभन्दा पहिले त त्यसलाई चपाउँछौ । खाएको खाना पच्न सबैभन्दा पहिलो प्रक्रिया हो यो । स्वास्थ्यको पूर्वीय मान्यता अनुसार ‘ठोसलाई पिऊ तरललाई चपाऊ’ भनिने पोखरेल बताउँछन् ।

    ‘यसको मतलब ठोस कुरा पनि यसरी चपाएर खाने कि लेदो बनेर पेटमा जाओस् र तरललाई पनि घटघट नपिउने मुखमा राखेर बिस्तारै त्यसको आनन्द लिएर पिउनुपर्छ जसले गर्दा हामीले खाएको खाना सहज रूपमा पच्छ,’ उनी भन्छन् ।

    उनका अनुसार हाम्रो मुखमा निस्किने पाचन रस क्षयरीय गुणयुक्त हुन्छ र आमाशयमा निस्कने रस भने अम्लीय गुणले भरिएको हुन्छ । क्षयरीय गुणयुक्त रस मिसिएर खाना पेटमा गयो भने अति अम्लताको समस्या नहुने र खाना राम्रोसँग पच्छ ।

    खाना खाने बेलामा पानी पिउनु पनि उचित नभएको पोखरेल बताउँछन् । ‘पानीले पाचन रसलाई पातलो बनाइदिन्छ र जसले गर्दा खाना पचाउने क्षमता कमजोर हुन्छ,’ उनी भन्छन् ।
    खाएको खाना सहज र राम्ररी पच्न खाना खाने समय पनि निश्चित हुनुपर्छ ।

    पाचनयन्त्र चुस्त कसरी बनाउने ?

    पाचनयन्त्र सुधार्ने सरल र प्राकृतिक उपाय हो, सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु । त्यसैले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न प्राकृतिक खानेकुरा खानुपर्छ । पाचनयन्त्रलाई चुस्त राख्न रेसा बोक्रा युक्त खानेकुरा खानुपर्ने पोखरेल बताउँछन् ।

    ‘मैदा, सेतो चामल जस्ता रिफाइन्ड खाना खानु हुँदैन । कारखानामा बनेको प्याकेट फुड र होटेलको फास्टफुड जस्ता खाना खानुहुँदैन । पाचनयन्त्र चुस्त बनाउन घरमा बनेको खाना, सागपात र फलफूल प्रशस्त मात्रामा खानुपर्छ,’ पोखरेल भन्छन् ।

    हाम्रो पाचन प्रणालीलाई चुस्त राख्न राम्रो ब्याक्टेरियाको भूमिका हुन्छ । त्यसैले शरीरमा राम्रो ब्याक्टेरियालाई कायम राख्न घरमा बनेको राख्न दही, गुन्द्रुक, मस्यौरा जस्ता खानेकुरा खानुपर्छ । जसले भोजन पचाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

    साथै यी ब्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादी बाहिर निकाल्ने तथा भिटामिन लगायतका अन्य हिलिङ तत्त्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया स्वस्थ रहने उनी भन्छन् ।

    खाना खाने बेलामा पानी खानु हुँदैन । तर खाना खाएको केही समयपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ, यसले पाचन प्रणाली राम्रो हुने डा. अवशेष भण्डारी बताउँछन् ।

    तनाव लिइरह्यो भने पनि पाचन प्रक्रिया राम्रो हुँदैन । धेरै तनाव लिइरहने व्यक्तिको पाचन प्रणालीले राम्ररी काम गर्दैन । जसले गर्दा खाएको खाना राम्ररी पच्दैन र कब्जियत तथा अपच हुने सम्भावना हुन्छ । त्यसैले कम तनाव लिनुपर्छ यसले पनि पाचन प्रणाली चुस्त हुने डा. भण्डारी बताउँछन् ।

    ‘खानामा फाइबर, प्रोटिन कार्बोहाइड्रेट सबै कुराको मात्रा मिलेको हुनुपर्छ । जसले गर्दा पाचन यन्त्रलाई पनि त्यो पचाउन सहज हुन्छ,’ उनी भन्छन् ।

    कस्तो खाना खाने र खाना खाएपछि के गर्ने भन्ने कुराले पाचनयन्त्रको काम निर्धारण गर्छ । त्यसैले खाना खाने बित्तिकै सुतिहाल्नु हुँदैन यसले पाचनयन्त्रको कामलाई ढिलो गरिदिन्छ । बेलुकाको खाना ७ बजे भन्दा अगाडि नै खानुपर्ने उनी सुझाउँछन् । बेलुकाको खाना छिटो खाएमा सुत्ने बेलासम्म त्यो पच्छ र पाचन प्रक्रिया पनि राम्रो हुने भण्डारी बताउँछन् ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.