डडेल्धुराः प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन्।
यस्तै उनले अर्को सन्दर्भमा बोल्दै शेरबहादुर देउवालाई दाइ भन्नेहरू ठूल्ठूलो ओहोदामा पुगेको दाबी गरिन्। उनले भनिन्, ‘गोविन्द बोहरा जी मन्त्री हुनुभयो। नैनसिंह महर नेविसंघको अध्यक्ष हुनुभयो। उहाँकै कारण मैले पनि संविधान लेख्ने अवसर पाए। अरु पनि उहाँलाई दाइ, राजनीतिक गुरु भन्नेहरू ठूल्ठूलो ओहोदामा पुग्नुभएको छ।’
यस्तै डडेल्धुराका नागरिकले नै आफूलाई हेलिकप्टर चढ्ने हैसियतमा पु¥याएको उनको भनाइ छ।