• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
  • १७ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
  • १७ घण्टा अगाडि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • १ दिन अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • १ दिन अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • १ दिन अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • १ दिन अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • १ दिन अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १ दिन अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १ दिन अगाडि

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

  •  संवाददाता
  • बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैले जनाएको छ । उक्त पुल रु ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ ।

    बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

    त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    ‘नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी-बिएलटी-हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ, पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ’, लामा झोलुङ्गे पुलका निर्माण व्यवसायी नरहरि खड्काले भने, ‘बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ ।’

    खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताए । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ ।

    एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पु¥याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।

    ‘यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ’, वडाध्यक्ष क्षत्रीले भने, ‘एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।’ पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

    पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताए । उक्त पुल झन्डै रु सात करोड लागतमा निर्माण सुरु गरिएको छ ।

    करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताए । चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल रु २१ करोड खर्चमा निर्माण हुनेछन् ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
    लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    • भर्खरै
    • चर्चित
    • १.
      कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

    • २.
      लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

    • ३.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • ४.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ५.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ६.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ७.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ८.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ९.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ५.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ६.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    • ७.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ८.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • ९.
      गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

    • १०.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.