आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी ठाउँको मौसम सफा छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी ठाउँको मौसम सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णालीलगायतका केही प्रदेशका हिमाली भूमागमा हिमपातको पनि सम्भावना रहेको छ ।