• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

धनगढी ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा

  •  संवाददाता
  • मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढीः २०६३ सालदेखि नियमित रुपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ दुई वर्ष कोरोना भाइरसका कारण प्रभावित बन्न पुग्यो। हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म चल्ने महोत्सवको तयारी यस वर्ष भने तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा लाग्ने महोत्सव आयोजनाका लागि महोत्सव स्थल सजावटको काम भइरहेको छ।

    सुदूरपश्चिमको विशेष पर्वको रुपमा स्थापित हुँदै आएको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए। ‘हामी अहिले काठमाण्डौँमै छौँ, सम्माननीय प्रधानमन्त्री ज्युलाई भेटेरै २२ गते उद्घाटन हुने महोत्सवको प्रमुख अतिथिका लागि आमन्त्रण गरिसकेका छौँ। प्रायोजक सह–प्रायोजक खोज्ने काम पनि जारी छ,’ उनले भने।
    मंसिर २२ गते उद्घाटन हुने महोत्सवका लागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेकाले बाँकी तयारीको काम भइरहेको बताइएको छ। महोत्सव स्थलमा व्यावसायिक प्रयोजनका करिब ५ सय स्टल निर्माणको काम भइरहेको छ।

    १० करोडको कारोवारसहित ५ लाख बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबी छ। उद्योग वाणिज्य संघले धनगढी मेनरोड चौडा बनाउने क्रममा विस्थापित भएका व्यवसायीलाई स्टल बुकिङमा ५० प्रतिशत छुट दिने निर्णय गर्दै महोत्सव तयारीलाई तीव्र पारेको हो।

    १० दिनसम्म चल्ने सुदूरपश्चिम महोत्सवका लागि ६० प्रतिशत व्यावसायिक प्रयोजनका स्टल बुकिङ भइसकेको आयोजकको दाबी छ। अहिले मञ्च निर्माणदेखि महोत्सव स्थल सजावटको काम भइरहेको छ। सुदूरपश्चिमको उद्योग, पर्यटन, कृषि र यहाँका संभावनाहरुलाई उजागर गर्ने मुख्य उद्देश्यसहित महोत्सवको तयारी भइरहेको उद्योग वाणिज्य संघले जनाएको छ।

    ‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको छ। यहाँका कला संस्कृतिको जगेर्ना गर्दै महोत्सवलाई सुदूरपश्चिमको विशेष पर्वको रुपमा थप परिष्कृत गर्ने काम भइरहेको आयोजकले बताएको छ। स्थानीय कलाकारलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय कलाकारहरुको समेत महोत्सव अवधिभर बेजोड प्रस्तुति रहने बताइएको छ।
     

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
    सात बहिनी भगवती !
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.