नवनिर्वाचित उपसभामुख कोईली चौधरीले कार्यभार सम्हालेकी छिन्। पद तथा गोपनियताको सपथ लिएलगत्तै उनले कार्यभार सम्हालेकी हुन्।
मंगलबार निर्वाचित उपसभामुख चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिइन्। कार्यभार सम्हाल्दै उनले भनिन्, ‘सभामा निष्पक्ष ढंगले भूमिका निर्वाह गर्छु। बहाल रहेसम्म कुनै पनि दलप्रति आवद्धता देखाउँदिन।’
मंगलबार उनी २८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्। उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित भएकी हुन्।
उनी नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन्।