• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

गँड्यौली मल उत्पादन प्रविधी 

"(Vermi-Compost Production Technology)  "
  •  राजेन्द्र बम,कृषी विज्ञ
  • शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गँड्यौली मलको परिचयः 
    
              गँड्यौली मल (भर्मि कम्पोष्ट) भनेको विशेष प्रजातिका गड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोष्ट मल हो ।  गँड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधिलाई भर्मिकल्चर (Vermiculture) भनिन्छ । कृत्रिम तरिकाले गँड्यौलाको उत्पादन गरी आफ्नै वरपर रहेका साग तरकारी, घाँसपात र फलफूल आदिको खेर गएको भागहरु वा फोहोर प्रयोग गरी वातावरणीय, आर्थिक र सामाजिक तवरले एउटा महत्वपूर्ण कम्पोष्ट मल उत्पादन गर्ने विधिको रूपमा भर्मिकल्चरलाई अवलम्बन गर्न सकिन्छ । सहरी क्षेत्र, प्रशोधन केन्द्र र गाँउघरबाट निस्किएको काम नलाग्ने तर सड्न सक्ने किसिमका फोहोरमैलालाई भर्मिकल्चरको प्रविधि अपनाएर व्यवस्थापन गर्न सके बढ्दो रासायनिक मलखाद तथा किटनाशक विषादीको प्रयोगले निम्ताएको चुनौतीलाई सामना गर्न सहज हुने देखिन्छ । विभिन्न प्रजातीका गँड्यौलाहरूलाई पालन गरेर तथा तिनलार्इ विभिन्न किसिमका प्रांगारिक खानेकुराहरू खुवाएर तिनिहरु बाट निस्केको दानादार दिसा र प्रयोग भर्इ कुहिएको खाद्य सामाग्रीहरूको मललाई गँड्यौली मलको रुपमा उपयोगमा ल्याइन्छ । यो मल पानीमा सजिलै घुल्न सक्ने हुन्छ र यसमा माटोको सुधार गर्नसक्ने गुणहरु भएका खाद्य/पोषकतत्वहरू प्रशस्त पाइन्छन । गँड्यौली मलको उपयोगले दीगो प्रांगारिक खेतीको विकास गर्न सकिन्छ । गँड्यौली मल बनाउन विभिन्न प्रजातीका राता, सेता, निला रंगका गँड्यौलाहरूको प्रयोग गरिन्छ । गँड्यौली मलमा बाली/विरुवाको विभिन्न रोगहरु संग लड्न सक्ने क्षमता बढाउने गुणका साथै तिनको छिटो बृद्धी विकास गराउन सक्ने इन्जाइमहरू भएको पाइएको छ । 
    
    Dainiki Online Vermicompost
    
    गड्यौली मलका फाईदाहरुः 
    • साधारण तरिकाले बनाएको कम्पोष्ट मलमा भन्दा यो मलमा मुख्य खाद्य/पोषकतत्वहरूको मात्रा बढी (२-३% नाइट्रोजन, १.५५-२.२५% फस्फोरस र१.८५-२.२५% पोटास) हुनुका साथै सुक्ष्मतत्वहरू, भिटामिन, हर्मोन, एन्टीबायोटिक र इन्जाइम आदि बालीनालीलाई उपलब्ध हुन्छन् ।  
    • माटोको रासायनिक तथा भौतिक गुणहरूमा सुधार आर्इ त्यसको उर्बराशक्तिमा बृद्धि हुन्छ ।  
    • विभिन्न बालीको बीउको उमार शक्ति बढाउनुका साथै माटोको अम्लिएपन मा पनि सुधार ल्याउँछ । 
    • यो मल प्रयोग गर्दा माटोमा हानीकारक कीराहरूको संख्या कम गर्नुका साथै रोग ल्याउने जीवाणुहरूको संख्या घटाउनमा पनि मद्दत पुग्दछ । 
    • गँड्यौली मल बनाउदा अन्य साधारण कम्पोष्ट मलमा जस्तो खाल्टोमा धेरै ओर्काइ फर्काइ गरिरहनु पर्दैन जसको कारण कम ज्यामिको प्रयोगले सस्तोमा राम्रो र गुणस्तरिय मल तयार हुन्छ ।  
    • यो मल कालो, गन्ध नआउने र बुरबुराउँदो हुन्छ तथा यसमा उपयोगी/लाभदायक जिवाणुहरूको संख्या बढी हुन्छ ।  
    • साधारण तरिकाले बनाएको कम्पोष्ट मल भन्दा यो मल थोरै प्रयोग गर्न सकिन्छ अर्थात थोरै भए पनि पुग्छ। 
    • खेतीबारीको र घरेलु फोहर वस्तुहरूबाट यो मल बनाइने हुँदा फोहर व्यवस्थापनका साथै वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्दछ । 
    • यो मलमा गड्यौलाको अण्डा पनि हुने भएकोले माटोमा गड्यौलाको क्रियाकलाप तथा संख्या बढाउँछ । 
    • यो मलमा पानी अड्याउने शक्ति बढी हुने गर्दा यसको प्रयोगले भू-क्षय कम हुन्छ ।  
    • गँड्यौलालाई राम्ररी पखाली सुकाएर माछाको दानामा मिसाएर खुवाउनुका साथै बढी उत्पादन भएमा हाँस र कुखुरा आदिको आहारा बनाउन पनि सकिन्छ ।  
    • यसलाई पानीमा मिसाएर घोल बनार्इ बोटविरुवाहरुको जराको वरिपरी प्रयोग गर्न सकिन्छ, जसलाई “वर्म टी” भनिन्छ ।  
    प्रयोग गरिने गँड्यौलाका प्रजातीहरुः 
    
    एण्डोजेईक प्रकारका गँड्यौलाहरु जमिनको भित्रि भागमा पाइने र माटो मात्र खाने हुँदा यी प्रजातीलार्इ गँड्यौला मल बनाउन प्रयोग गरिदैन । इपिजेइक प्रकारका गँड्यौला जमिनको सतहमा बस्ने र जैविक पदार्थ मात्र खाने हुनाले गँड्यौला मलको लागि यही प्रजातीको गँड्यौला प्रयोग गर्ने गरिन्छ । त्यसैले अचेल कृत्रिम रुपमा गँड्यौला पालेर कम्पोष्ट मल बनाउन (भर्मिकल्चर) को लागि प्रयोग हुने गँड्यौलाहरु निम्न प्रकारका रहेका छन् । 
    • इसेनिया फोइटिडा 
    • युड्रिलस युजिनियल 
    • पेरियोटक्स एक्स्याभेट 
    • लुव्रिकस रेवेलस 
    • ल्यामपिटो म्याउरिटी 
    इसेनिया फोइटिडा ( Eisenia foetida) भर्मिकल्चरको लागि सबैभन्दा राम्रो खालको गडयौला मानिन्छ । यस प्रजातीको गँड्यौलाहरु अरु प्रजातीको गँड्यौलाको भन्दा खानेकुराहरु छिटो खाने, पचाउने क्षमता बढी भएको र छिटो कम्पोष्ट मल उत्पादन गर्ने भएकोले भर्मिकल्चरमा यसको प्रयोग बढी हुने गरेको छ । 
    
    मल बनाउन चाहिने आवश्यक बस्तुहरुः 
    • आँशिक कुहेको प्राङ्गारिक पदार्थ 
    • गोठेमल 
    • माटो, पानी र जुटको बोरा 
    • बीउको रुपमा गँड्यौला 
    • गँड्यौला पाल्ने उपयुक्त भाँडो/सिमेन्ट वा वाटर प्रुफ बेड 
    • ओछ्यानको लागि काठको धुलो, कागज वा पुरानो कपडा 
    गड्यौली मल बनाउने विभिन्न बिधिहरु : 
    • थुप्रो पारेर: 
    • यसको लागि सुख्खा तथा पानी नजम्ने हावादार छहारी भएको ठाउँ प्रयोग गर्न सकिन्छ ।  
    • १ टन अर्थात १० कुन्टल कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू, जस्तै गोबर (३ भाग), झारपात (१ भाग) तथा पराल र छ्वाली (१ भाग) राम्ररी पानीले भिजाएर थुप्रो बनाउनुपर्छ । यसरी गड्यौलाको लागि ‍ओछ्यान/बेड बनाउन विभिन्न किसिमका प्रांगारिक पदार्थहरुलाई मिलाएर राख्ने कार्यलार्इ बेडिङ्ग भनिन्छ । 
    • यस्तो थुप्रोमा केही दिनपछि तापक्रम ६०-६५ डि.से. सम्म पुग्दछ र कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू गलेर नरम  अन्तमा यसमा रहेका सबै अनावश्यक जीवाणुहरू र कीराहरू मर्दछन र कम्पोष्टको थुप्रो पनि बिस्तारै सेलाएर जान्छ। 
    • त्यसपछि थुप्रोमा २०० वटा गँड्यौला प्रति क्युविक फिट (१ फुट लम्बार्इ, १ फुट चौडार्इ र १ फुट उचार्इ) को खाडल/बेडका दरले राख्नुपर्छ । 
    • गँड्यौलाहरुले उपलब्ध गराइएको प्रांगारिक पदार्थहरू खाएर ४५-६० दिनमा आफ्नो संख्या बढाएर प्रति क्युविक फिट ६०० वटा पुर्याउंछन र त्यति नै दिनमा गड्यौली कम्पोष्ट मल तयार हुन्छ ।  
    • खाडल खनेर: 
    • १० फिट लम्बाई, ६ फिट चौडाई र २ फिट गहिराइको खाडल खनेर ५०% गाईवस्तुको मल तथा बाँकी ५०% भागको लागि झारपात, पराल र छ्वाली मिलाइ खुकुलो पारेर गड्यौलाको ओछ्यान अर्थात बेड बनाउनुपर्छ । 
    • यस्तो बेडमा २०० वटा गड्यौला प्रति क्युविक फिटको दरले माथी थुप्रो/हिप बिधिमा उल्लेख गरे अनुसार राख्दै जानुपर्छ । 
    • गँड्यौलाहरु माटो मुनि बस्ने भएकोले बेडको उचाई २ फिट भन्दा बढी भयो भने हावाको आवत जावतमा बाधा पुगि गड्यौलाहरु निस्सासिन्छन्, तर लम्बाई र चौडाई चाहिं बेडिङ्गको लागि प्रयोग भएको सामानहरू अनुसार बढाउन वा घटाउन सकिन्छ ।  
    • टंकी बनाएर: 
    • १० फिट लम्बाई, ६ फिट चौडाई र २-३ फिट उचाईको खाडलको पिधँमा इँट्टा तथा ढुङ्गा राखेर पक्की टंकी बनाएर त्यसको पिँधमा गलेको गोबर हाल्ने र त्यसको माथि अलिकति गलेकै कम्पोष्ट बनाउन राखिएको वस्तुहरू राख्नुपर्छ । 
    • अब यसमा २०० वटा (औषतमा २५० ग्राम) गँड्यौलाहरु प्रति क्युविक फिटको दरले वा २-३ के.जी. गँड्यौला प्रति टन अर्थात १० कुन्टल प्रांगारिक पदार्थको दरले छोडिदिनुपर्छ । 
    • चराचुरुंगीबाट गड्यौलाहरुलाई जोगाउन तारको जाली वा बाँसको जालीले माथिबाट छोप्नुपर्छ । चिस्यान ६०-७० प्रतिशत सम्म कायम राख्नुपर्छ र यसको लागि दिनदिनै पानी छर्कनुपर्छ । 
    • कम्पोष्ट मल बनाउन राखिएको वस्तुहरू ९०% सम्म कुहिएपछि पानी छर्कन बन्द गर्नुपर्छ । 
    • त्यसपछि कम्पोष्ट मललाई तह तहमा निकाली एक ठाउँमा थुपारी गँड्यौलाहरुलाई छुट्याउनुपर्छ । गँड्यौलाहरुलाई चाल्नीमा चालेर पनि छुट्याउन सकिन्छ ।  
    • यसरी छुट्याइएका गँड्यौलाहरुलाई फेरी अर्को बेडिङ्ग सामाग्री भएको टंकीमा राख्ने ।  
    • चालेर आएको कम्पोष्ट मललाई केही क्षण फिजाएर सुख्खा पार्ने र १ के. जी. को दरले प्लाष्टिकको झोलामा राखी प्याकिंग गर्ने तथा आवश्यक्ता अनुसार प्रयोग गर्ने वा बिक्री गर्ने ।  
          
    
                               थुप्रो पारेर                                                  खाल्डो खनेर                                            टंकी बनाएर 
    
    गँड्यौली मल उत्पादन गर्ने विधि/प्रक्रिया (बिस्तृतमा): 
    
    स्थान छनौट: 
    • गँड्यौलाहरुलाई घरभित्र वा खुल्ला ठाउँ दुवैमा पाल्न सकिन्छ । घरभित्र गँड्यौलाहरु पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस,  बाँसको टोकरी,  बाटा,  सिमेन्टको टप,  डालो आदि प्रयोग गर्न सकिन्छ ।  
    • गँड्यौला पाल्ने भाँडाहरु विभिन्न आकार प्रकार र क्षमताको भएतापनि तिनको चौडाई र उचाई १-१ फिट भएको र पिँधमा पानी चुहिने व्यवस्था भएको हुनुपर्दछ ।   
    • घर बाहिर खुल्ला ठाउँमा गँड्यौलाहरु पाल्दा छायाँ भएको वा छानाको व्यवस्था भएको/गर्न सकिने ठाउँको प्रयोग गर्नु पर्दछ ।   
    • व्यावसायिक रुपमा गँड्यौलाहरुले कम्पोष्ट मल उत्पादन गर्न पानीको निकास भएको करीब ३ फिट लम्बाई, २ फिट चौडाई र १.५ फिट उचाईको ट्याङ्कीको व्यवस्था गर्नुपर्दछ ।   
    टहरा निर्माण तथा ओछ्यान/बेडको व्यवस्था: 
    • सामान्यतया ८ मिटर लम्बाई ५.५ मिटर चौडाई भएको टहरा निर्माण गर्नुपर्दछ । बेडको लम्बाई ७ मिटर, चौडाई १ मिटर र उचाई ०.५ मिटर भएको बनाउँदा ७-८ वटा बेड अटाउँदछ । यस्तो बेडको लागि प्रति बेड १५ किलोग्राम गँड्यौला को आवश्यकता पर्दछ जसबाट प्रति बेड ३५ क्विन्टल जति काँचो मल उत्पादन गर्न सकिन्छ ।  
    • ३-४ ईन्च जती बाक्लो जुट, पराल, नरिवलको जटा, सुतीको कपडा, काठको धुलो जस्ता वस्तुको प्रयोग गरी नरम ओछ्यान वा सोत्तरको व्यवस्था गर्नुपर्दछ ।   
    गोबर⁄पुरानो मलको प्रयोग: 
    
    गोबर शिशु गँड्यौलाहरुको आहारा हुने र पुरानो मलमा भएको सुक्ष्म जिवाणुहरुले फोहरलाई छिटो कुहाउन मद्धत गर्ने हुँदा गोवर अथवा पुरानो मल २-३ मुठी ओछ्यान माथी छर्की दिनुपर्दछ ।   
    
    चिस्यान बनाउने/कायम राख्ने: 
    
    ओछ्यान वा सोत्तर र गोबरलाई पानीले राम्ररी भिजाउनु पर्दछ ।  सुख्खा वा बढी पानी भएको ठाउँमा गँड्यौलाहरु बाँच्न सक्दैनन । गँड्यौलाहरुले आफ्नो छालाबाट साँस फेर्ने हुनाले बढी पानी भएमा तिनिहरु पानीमा डुबेर मर्न सक्ने तथा बढी सुख्खा भएमा पनि सुकेर मर्न सक्छन, किनकी गँड्यौलाहरुको शरीरमा लगभग ८०% भाग पानी हुन्छ ।  
    
    जैविक फोहर राख्नेः 
    • यसरी बनाईएको ओछ्यान वा सोत्तरमाथि एक हात उचाईसम्म जैविक फोहर हाल्नु पर्दछ ।   
    • बढी फोहर हाल्दा फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गँड्यौलाहरु उक्त मलमा जान सक्दैनन र मल बन्न ढिलो हुन्छ ।  
    • गँड्यौलाको लागि जैविक फोहर हाल्नुभन्दा पहिले फोहरलाई केही दिन त्यसै बाहिर राखि अलिकति कुहाउने र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गँड्यौलाहरु मर्ने खतरा कम हुन्छ ।  
    • सबैभन्दा राम्रो जैविक फोहरलाई २ हप्ता जती कुहाएर फोहर गँड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।  
    उपयुक्त प्रजातीको गँड्यौला छोड्ने : 
    
    गँड्यौली कम्पोष्ट मल बनाउनका लागि इसेनिया फोइटिडा (Eisenia foetida) प्रजातीको गँड्यौला नै सबैभन्दा बढी प्रयोग हुन्छ । किनकी यस प्रजातीका गँड्यौलाहरुले अन्य प्रजातीको गड्यौलाहरुको भन्दा खानेकुराहरु छिटो खाएर तथा पचाएर कम्पोष्ट मल पनि छिटो उत्पादन गर्न सक्दछन । सामान्यतया यिनिहरु २-३ र्इन्च लामा र मसिना तथा रातो वा फुस्रो पहेंलो रंगका र शान्त स्वभावका हुन्छन् । १० फिट लम्बाई, २ फिट चौडार्इ र १.५ फिट (१ हात) उचाई भएको एउटा भर्मि कम्पोष्टको बेडमा औषतमा ४००-५०० किलो फोहर/प्रंगारिक पदार्थहरु अट्छ । उक्त फोहर/प्रंगारिक पदार्थहरुलाई ४०-५० दिन सम्म गँड्यौलाहरुलाई खुवाएर चांडो मल तयार पार्नु छ भने करिब ५ किलो गँड्यौला चाहिन्छ । थोरै गँड्यौला भयो भने मल बन्न समय लाग्छ र धेरै गड्यौला भयो भने विशेष केही फाईदा हुँदैन, बरु खर्च बढ्छ । 
    
    छोप्नेव्यवस्था मिलाउने: 
    • गँड्यौलाहरु राखि सकेपछि जुटको बोरा वा परालले छोप्नु पर्दछ ।   
    • त्यसपछि मसिनो गरी काटेको जैविक फोहरले करिब ४ इन्च बाक्लो गरी छोपी दिनुपर्दछ ।   
    • गँड्यौलाहरुले खाने काम बेड/ओछ्यानमा गर्दछन् भने काष्टिङ्ग (दिसा गर्ने कार्य) बेडको माथिल्लो सतहमा आएर गर्दछन । 
    • गँड्यौलाहरु अध्याँरोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर नआउने हुनाले भर्मिकल्चर गरेको भाँडा छोपीदिनु पर्दछ ।  यसो गर्दा गँड्यौलाहरु त्यही फोहरमा रहेर लगातार खान पाउँछन र माथी आएर मल उत्पादन गर्दछन । अनुसन्धानको नतिजाअनुसार २.९ किलो जैविक फोहरबाट औषतमा १ किलो गँड्यौली मल उत्पादन हुन्छ ।  
    गड्यौली मल तयार भएको थाहा पाउने तरिका: 
    • कालो बुर्बराउँदो भएमा । 
    • चियापत्ती जस्तो धुलो भएमा । 
    • खानेकुराहरुको रेसा नभएमा । 
    • बोरा वा झोलामा मल हाल्दा/कोच्दा तापमान बढेर तातो हुने अवस्था नभएमा । 
    • मलमा तोरीको गेडा छर्दा १ हप्तामा टुसा पलाउने भएमा । 
     
    
    गँड्यौली मल संकलन गर्ने तरिका: 
    
    सामान्यतया गँड्यौला पालेको ३-४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ । 
    
    गँड्यौली मल निम्न दुई तरिकाले संकलन गर्न सकिन्छः 
    • घोप्ट्याउने र छुट्याउने तरिकाः मल संकलन गर्ने बेला सबैभन्दा पहिले ढकनी हटाएर खानेकुरा सबै झिकिसकेपछि प्लाष्टिक वा कपडा वा कागज केही बेर ओछ्याई त्यस माथि भाँडामा भएको गँड्यौला सहितको मल घोप्ट्याउने र त्यसमा चुली पारेर थुपार्नु पर्दछ ।  थुप्रोमा ५ मिनट जति प्रकाश त्यसै छोड्ने जसले गर्दा गँड्यौलाहरु तल्लो भागमा जम्मा हुन्छन् । मललार्इ माथिबाट अञ्जुलीले झिकेर एउटा भाडामा राख्ने । यसरी मल मात्र झिकी सकेपछि फेरी उक्त गँड्यौलाहरुको पालन गर्न सकिन्छ ।  
    • गँड्यौला आफै छुट्टिने तरिकाः ढकनी हटाएर सतहको खानेकुरा सबै झिकेर गँड्यौला सहितको मल भाँडाको एक छेउबाट सारेर अर्कोतिर थुपार्ने र बाँकी भाग खाली गर्नुपर्दछ ।  खाली ठाउँमा पुरानो वा नयाँ ओछ्यान राखेर त्यसमाथि गोबर र जैविक फोहर मिसाई एक हात उचाईसम्म राख्नु पर्दछ ।  पुरानो थुप्रोमा खानेकुरा नपाएर गँड्यौलाहरु आफै नयाँ थुप्रोतिर आँउदछन।१०-१५ दिनमा पुरानो थुप्रोतिर मल बाँकी रहन्छ।त्यसपछि मल झिकेर गँड्यौलाको फुल (कोकोन) बाट बच्चा निकाल्न अर्को भाँडामा संकलन गर्नुपर्दछ ।  मल तयार भएको १-२ महिनापछि मात्र प्रयोग गरेमा गँड्यौलाको काकोनहरुबाट बच्चा गँड्यौलाहरु संकलन गरी फाईदा लिन सकिन्छ ।  
     
    
    मलबाट गड्यौलाको बच्चा निकाल्ने तरिकाः 
    
    गँड्यौलाको मलसँग थुप्रै गँड्यौलाहरु र कोकोनहरु हुने हुँदा मल तुरुन्तै प्रयोग गर्नु हुँदैन किनकी यस प्रविधिमा गँड्यौलाहरुको उत्पादन र वृद्धि गर्न उत्तिकै आवश्यक भएकोले संकलित मललाई एउटा अलग भाँडामा राख्नुपर्दछ ।  ४-६ हप्ताभित्र कोकोनबाट बच्चा गड्यौला निस्कन थाल्दछ र शिशु गँड्यौलाहरु ठूला भइसकेपछि गँड्यौलाहरुलाई छानेर मल प्रयोग गर्न सकिन्छ ।  
    
    घरेलु स्तरमा गँड्यौलाको मल बनाउने तरिकाः 
    • घरेलु स्तरमा गँड्यौला पाल्न काठको बाकस, बाटा, डाला, बाल्टिन उपयुक्त हुन्छ तर ती वस्तुहरूमा पानीको निकास हुन अनिवार्य हुन्छ ।  
    • गँड्यौलाको ओछ्यानको लागि पिँधमा नरिवलका जटा, पराल, छ्वाली वा कागजको टुक्रा जस्ता हलुका खस्रो पदार्थहरुलाई राम्रोसँग भिजाएर करिब २ इन्च जति बाक्लो ओछ्यान तयार गर्नु पर्दछ र त्यसमाथि माटो, कम्पोष्ट वा काठको धुलो राख्नुपर्दछ ।   
    • १ वर्गमिटर क्षेत्रफल भएको बाकसमा करिब २००० को संख्यामा कम्पोष्ट बनाउने बिशेष प्रकारको गँड्यौलाहरु राख्नुपर्दछ ।   
    • बिस्तारै ओछ्यानको रूपमा प्रयोग गरिएका वस्तुहरू गल्दै जान्छन र त्यसमाथि करिब १ इन्च जति वाक्लो हुने गरी सुकेको गोबरलाई पानीमा भिजाएर राख्नु पर्दछ, जसले गर्दा गड्यौलाहरु र तिनका बच्चाहरू चाँडै नै हुर्कन सक्दछन तथा मल पनि चाँडै तयार हुन्छ ।  
    • ओछ्यान माथि घरको भान्छाबाट निस्कने बासी खानेकुराहरू, तरकारी, फलफूल आदिलाईस-साना टुक्रा बनाई गँड्यौलाको खानाकोरूपमा राखिन्छ।खानेकुरा राखिसकेपछि भाँडालाई सँधै भिजेको बोरा या कपडालेछोपी राख्नुपर्ने हुन्छ ।  
    • यसरी गँड्यौला पाल्न सुरु गरेको ३-४ महिनामा गँड्यौली मल तयार हुन्छ । संकलित मलमा थोरै मात्रामा गोबरको झोल राखी २-३ हप्तासम्म ओसिलो ठाउँमा राख्नुपर्दछ ।  त्यसपछि गँड्यौला छुट्याएर मललाई विरुवामा प्रयोग गर्नसकिन्छ ।  
     
    
    गड्यौला पालन गर्दा ध्यान दिनुपर्ने कुराहरु : 
    • अमिलो जातको फलफूलराख्नु हुँदैन । 
    • कमिला (रातो कमिला) गड्यौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा राख्नु हुँदैन । 
    • मासुरमाछाजन्य खानेकुरा वा तिनबाट निस्केको फोहर प्रयोग गर्नु हुँदैन । 
    • तेलजन्य खानेकुरा राख्नु हुँदैन । 
    • फोहर फाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नु पर्दछ ।   
    • गँड्यौलाहरु धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाउँमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नु पर्दछ ।   
    • गँड्यौलाहरु १०-३२ डि. से. भएको तापक्रममा मात्र वस्न सक्ने भएकोले तामक्रम व्यवस्थापनमा विशेष ख्याल राख्नु पर्दछ ।   
    • मुसा, छेपारो, कमिला, पाल्तु जनावरहरुबाट गँड्यौलाहरुलाई बचाउनु पर्दछ ।   
    • गँड्यौलाहरु २०-६०% ओसिलोपना भएको ठाउँमा बस्न मन पराउँछन । 
    • कम्पोष्ट तयार पार्न राखिएका वस्तुहरू लचक्क भिजेको हुनु पर्दछ तथा हातले मुठी पारी निचोर्दा ३-४ थोपा जती पानी झर्नेहुनुपर्छ । 
    • गोबरमल तथा हरियो घाँसपात प्रयोग गर्दा १०-१५ दिन कुहिन दिएर प्रयोग गर्नुपर्दछ ।   
    • आधि (०.५) वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्नु राम्रो हुन्छ ।  
    • कम्पोष्ट थुप्रोको तापक्रम १५-२७ डि. से. को बीचमा हुनुपर्छ र कम्पोष्ट बनाउने ठाउँमा घामपानी नपर्ने व्यवस्था मिलाउनुपर्दछ ।   
     
    
    गड्यौली मल (भर्मिकम्पोष्ट) को प्रयोग र सिफारिसः 
    • भर्मिकम्पोष्ट बाली अनुसार प्रति हेक्टर अर्थात १.५ बिगाहा वा २० रोपनिमा १-१० टन (१०-१०० कुन्टल) को दरले प्रयोग गर्न सिफारिस गरिएको छ । 
    • यो मल फलफूल, तरकारी, अन्नबाली, कोशेबाली, घाँसेबाली,पुष्पबाली आदिसबै किसिमको बालीहरुको लागि प्रयोग गर्न सकिन्छ ।  
    • तरकारीबालीको बेर्नाहरु उमार्न र सार्नलाई भर्मिकम्पोष्ट १ टन प्रति हेक्टरको दरमा प्रयोग   
    • पुष्पबाली (फूल एवं आलंकारिक विरुवाहरूको) लागि भर्मिकम्पोष्ट ७५०-१००० के.जी. प्रति हेक्टरको दरले प्रयोग गर्न सकिन्छ ।  
    फलफूलबालीहरुको लागि भर्मिकम्पोष्ट ५-१० के.जी. प्रति बोट प्रयोग गर्न सकिन्छ । बोटको वरिपरि १५-१८ से.मी. गहिरो एउटा घेरा बनाएर त्यसमा सुकेको गोबर मल र २-३ के.जी. भर्मिकम्पोष्टमिसाएर राख्नुपर्छ र त्यसको माथि माटोले छोपेर त्यसमा पानी छर्कनु पर्दछ ।   
    
                                                                                                                       लेखक : राजेन्द्र बम,कृषी विज्ञ
    
    
    • उत्पादन प्रविधी
    • कृषी विज्ञ
    • गँड्यौली मल
    • राजेन्द्र बम
    शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.