सुर्खेतको चौकुने गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्न थालेको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो ।
मङ्सिर २३ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा प्रदान भइरहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए ।
उपाध्यायको नेतृत्वमा इन्जिनियर,लेखा अधिकृत,योजना अधिकृत सहितको ७ सदस्यिय घुम्तिटोलिले वडास्तरमै उपभोक्तालाई योजना कार्यान्वयन,जनसहभागिता,भुक्तानि प्रकृया लगायतका बारेमा समेत प्रशिक्षण गराइरहेको छ । पालिकाले माघ ५ गते देखि गाउँमै पुगेर घुम्ति सेवा सिबिरकाे काम सुरुगरेकाे हाे दाेसाे्पटककाे घुम्ति सिबिर आज सम्पन्न भएकाे छ २ दिन सम्म सञ्चालन भएकाे सिबरमा वडा नं.१,२र ३ का २६ आयाेजना र करिब १ कराेड बराबरकाे सम्झौता भएकाे छ । यश अघि वडा नं.४,९ र १० मा घुम्ति सिबिर सम्पन्न भईसकेकाे छ । गाउँपालिका अध्यक्ष खड्क बि.क (बिवस) काे पहलमा प्रमुख प्रसासकिय अधिकृतकाे समन्वयमा अहिले सबै जनप्रतिनिधि र कर्मचारीकाे सहयाेग तथा सहभागीताले याेजना सफल तथा प्रभाबकारि बन्दै गएकाे छ । गाउँपालिकाकाे याे कार्यकाे नागरिकले समेत प्रसंसायाेग्य रहेकाे बताएका छन।
चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु