फागुन ,०१,कैलाली : नेकपा माओवादी केन्द्र का माेहन्याल गाउँ कमिटि अध्यक्ष तथा माेहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्ष देबिदत्त उपाध्याय (हिमशिखर) ले अहिले देश माओवादी जनयुद्ध द्वार भएको उपलब्धि हरुमा चलिरहेकाे बताए।
२८ आैं जनयुद्ध दिवसको अबसरमा आज माेहन्याल गाउँपालिका ३ फल्लेबिसाैना मा आयाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष उपाध्यायले संघियता, गणतन्त्र, धर्मनिर पेक्षता लगाएतका उपलब्धिहरु माओवादी जनयुद्धको उपलब्धि भएकाे र यसलाई कसैले पनि नकार्न नसक्ने बताएका हुन्।
उनले आफनो छोटो भनाइ राख्दै जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापनाका लागि संचालित महान जनयुद्व शुरु भएको आज २८ औं बर्षमा प्रवेश गरेको छ । त्याग,बलिदान र किर्तिमान खडा गर्ने महान जनयुद्व दिवसमा महान शहीदहरु,बेपत्ता योद्धाहरु, घाइते अपाङ्ग योद्धाहरु,जेलबन्दी,शारीरिक तथा मानसिक अपांग भएका सवै अग्रगामी जनसमुदाय प्रती उच्च सम्मान छ। यो दिनको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएर जनयुद्वलाई सम्मान गरेको बताए ।
माओबादी केन्द्रले प्रत्येक बर्ष जनयुद्ध दिवस मनाउदै आइरहेको छ भने यस वर्षपनि सार्बजनिक दिदै देशभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइरहेको छ