धनगढी : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बृहत् बिमा जागरण अभियान अन्तरगत शनिवार कैलालीको अत्तरियामा सचेतना सँगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहेको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफका सिनियर मेनेजर युवराज शर्मा,विशिष्ट अतिथिमा प्रख्यात हास्य कलाकार मनोज गजुरेल र अतिथिहरूमा सुमना भण्डारी,हरजित नाथ,बासुदेभ भट्ट र टपर एजेन्सी नरेन्द्र महाता लगायतका रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले रिलायबल नेपालले बिमा क्षेत्रको प्रवर्द्धनका लागी नौलो कार्यको थालनी गरेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका हास्य कलाकार गजुरेलले कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन सँगै बिमा सम्बन्धी सचेतनामूलक जानकारी समेत दिए ।
रिलायवल सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले बिमाको महत्त्व बढाउने मेची देखी महाकाली सम्मको बृहत् बिमा जागरण अभियान सुरु गरिएको बताए ।
‘यस्ता कार्यक्रमहरूबाट पनि बिमाको प्रवर्द्धन गर्न सकिन्छ । देशभर नै हाम्रा कार्यक्रम सञ्चालन हुँदै छन् । बिमा क्षेत्रमा देखिएका समस्या समाधान र यसका फाइदा बारे जानकारी प्रदान गर्न आगामी दिनमा पनि हामी सचेतनामूलक कार्यक्रम गर्नेछौँ,’रिलायवल सुदूरपश्चिम प्रदेश प्रमुख विष्टले भने ।
विभिन्न क्षेत्रबाट २ सय ४० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन डडेलधुरा शाखा प्रमुख गणेश साउदले गरेका थिए ।