• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ६ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ६ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ७ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १३ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १५ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १५ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १५ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • १ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • १ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

  •  संवाददाता
  • बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो दश वर्षमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या एक लाख ४२ हजार दुई सय ६६ ले वृद्धि भएको छ । विसं २०६८ मा भएको राष्ट्रिय जनगणनामा २५ लाख ५२ हजार पाँच सय १७ जनसङ्ख्या रहेको यो प्रदेशको जनसङ्ख्या २०७८ मङ्सिरमा भएको जनगणनाको नतिजाअनुसार २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ ।

    केन्द्रीय तथ्याङ्क विभागले बुधबार धनगढीमा गरेको राष्ट्रिय जनगणना, २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या एक लाख ४९ हजार दुई सय ११ ले बढी रहेको जानकारी गराएको छ । महिला १४ लाख २१ हजार नौ सय ९७ र पुरुष १२ लाख ७२ हजार सात सय ८६ रहेको छ ।

    प्रदेशको कूल जनसङ्ख्याको महिला प्रतिशत ५२ दशमलव ७७ र पुरुष ४७ दशमलव २३ हुन आउँछ । लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ८९ दशमलव ५१ रहेको छ ।

    दश वर्षअघिको गणनामा लैङ्गिक अनुपात ९१ दशमलव २५ थियो । वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या कैलालीमा नौ लाख चार हजार छ सय ६६ र सबैभन्दा कम जनसङ्ख्या दार्चुलामा एक लाख ३३ हजार तीन सय १० रहेको छ ।

    सबैभन्दा बढी वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला कैलाली देखिएको छ । यो जिल्लामा एक दशमलव ४८ प्रतिशत वृद्धिदर देखिएको छ । सबैभन्दा कम वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला अछाम रहेको छ ।

    सार्वजनिक गरिएको जनगणनाको नतिजाअनुसार यो प्रदेशको जनघनत्व एक सय ३८ जना प्रतिवर्गकिलोमिटर रहेको छ । दश वर्षअघि यो प्रदेशको जनघनत्व प्रतिवर्गकिलोमिटर एकसय ३१ थियो ।

    सबैभन्दा बढी जनघनत्व कञ्चनपुरमा र सबैभन्दा कम बझाङ जिल्लामा रहेको छ । उमेर समूहअनुसार यो प्रदेशमा १५ देखि ५९ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा बढी अर्थात कूल जनसङ्ख्याको ५९ दशमलव पाँच प्रतिशत छ ।

    चौध वर्ष वा सोभन्दा कम उमेरका ३१ प्रतिशत र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरको सङ्ख्या नौ दशमलव चार प्रतिशत छ । पाँच वर्ष वा सो भन्दा कम उमेरका कूल दुई लाख ९२ हजार चारसय ६७ जना बालबालिकामध्ये ८३ दशमलव तीन प्रतिशतको जन्म दर्ता गरेको देखिन्छ भने १६ दशमलव सात प्रतिशतको जन्म दर्ता भएको छैन ।

    प्रदेशमा अझै पनि खुला कुवारइनारको पानी खानेपानीको प्रयोग गर्ने परिवार सङ्ख्या एक दशमलव चार प्रतिशत, नदी तथा खोलाको खानेपानी प्रयोग गर्ने शून्य दशमलव नौ प्रतिशत छ ।

    प्रदेशको कूल परिवार पाँच लाख ७६ हजार सात सय ७२ मध्ये ५३ दशमलव तीन प्रतिशत परिवारले मुख्यरूपमा धारा र पाइपबाट, ३७ दशमलव एक प्रतिशतले ट्युबवेल र हाते पम्पबाट, शून्य दशमलव दुई प्रतिशतले जार र बोतलबाट, छ दशमलव दुई प्रतिशतले मूल धाराबाट, शून्य दशमलव छ प्रतिशतले ढाकिएको इनार र कुवाबाट खानेपानीको प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ ।

    खाना पकाउन काठ दाउराको प्रयोग गर्ने परिवार ७० दशमलव तीन प्रतिशत, एलपी ग्यासको प्रयोग गर्ने २५ दशमलव आठ प्रतिशत, बायोग्याँस प्रयोग गर्ने तीन दशमलव चार प्रतिशत र बिजुली प्रयोग गर्ने शून्य दशमलव तीन प्रतिशत पुगेका छन् ।

    दश वर्ष अघिसम्म ९१ दशमलव एक प्रतिशतले काठ दाउरा र चार दशमलव एक प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेका थिए । राष्ट्रिय जनगणनाको नतिजाअनुसार यो प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ८१ दशमलव तीन प्रतिशत पुगेको छ । दश वर्ष अघिसम्म बिजुली प्रयोग गर्नेको सङ्ख्या ४८ दशमलव एक प्रतिशत थियो । पञ्चानब्बे दशमलव छ प्रतिशत परिवारले शौचालय प्रयोग गर्ने गरेकामा चार दशमलव चार प्रतिशत परिवार अझै पनि शौचालयको पहुँचबाहिर रहेको तथ्याङ्कमा उल्लेख छ ।

    प्रदेशमा एक लाख ७२ हजार एक सय १५ परिवारबाट तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्छन् । पाँच वर्ष वा सोभन्दा बढी उमेरको कूल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव दुई प्रतिशत रहेको छ ।

    नेपालको औसत साक्षरता दर र सुदूरपश्चिम प्रदेशको साक्षरता दर एउटै देखिएको छ । यस्तै दश वर्ष वा सोभन्दा बढी उमेरका आर्थिकरूपले सक्रिय जनसङ्ख्या ७० दशमलव तीन प्रतिशत अर्थात १५ लाख ३५ हजार ६३ जना रहेका छन् ।

    धर्म, जातजाति र भाषासम्बन्धी तथ्याङ्क भने तयार भइरहेको जनाइएको छ । तथ्याङ्क विभागका अधिकृत दीनानाथ लम्साल र केशवकुमार गौतमले जनगणना, २०७८ को नतिजा सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतले सार्वजनिक नतिजाका बारेमा धारणा राखेका थिए ।

     

    • जनसङ्ख्या वृद्धि
    • सुदूरपश्चिम
    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • ५.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ६.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ७.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ८.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ९.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    • १०.
      बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.