• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सात बहिनी भगवती !

  •  संवाददाता
  • बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम अर्थात प्रदेश नम्बर ७ मा महत्वपूर्ण धार्मिक स्थल रहेका छन् । तीमध्ये ७ बहिनी भगवतीका मन्दिरको विशेष महत्व छ । देशभित्र तथा बाहिरवाट यहाँका प्रसिद्ध भगवतीका मन्दिरमा दर्शनार्थी आउने गरेका छन् । हिन्दुहरुको महान् पर्व दसँै र तिहार नजिकिँदै गर्दा यी मन्दिरमा चहलपहल बढेको छ । आपत विपत पर्दा यहाँका बासिन्दाको भरोसाका केन्द्र यी ७ बहिनी भगवतीका शक्तिपीठ बन्ने गरेको छ । ‘भगवतीका महाशक्तिपीठ सुदूरपश्चिमका बासिन्दाले आपतविपदमा र प्रगतिका लागि सम्झने आस्थाको धरोहर हुन्,’ वरिष्ठ साहित्यकार मणिराज जोशी भन्छन् । यी ७ बहिनी भगवतीका मन्दिरमा अलग–अलग समयमा पूजाआजा गरेर विशेष मेला लाग्ने गरे पनि दसैँका बेला पूजाआजा गर्न सबै मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । दसैँका बेला यहाँ पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।

    संस्कृतिविद् पदमराज जोशी सुदूरपश्चिम देवभूमि भएको बताउँछन् । सुदुरपश्चिममा शास्त्रमा उल्लेख गरेका र देवीदेवता बसेका धेरै महत्वका धार्मिक स्थल रहेको उनी बताउँछन् । ‘धार्मिक स्थलमध्ये सुदूरपश्चिममा रहेका ७ बहिनी भगवतीका महाशक्तिपीठ दुर्लभ सम्पति हुन्,’ उनले भने । बाजुरामा रहेका बडीमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराका उग्रतारा, बैतडीका निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई ७ बहिनी भगवती मानिएको जोशी बताउँछन् ।

    अछाममा रहेका वर्दादेवी र बझाङको सुर्मादेवी पनि सुदुरपश्चिमका प्रसिद्ध भगवती मन्दिर हुन् । १६ बहिनीमध्ये यी भगवतीका मन्दिर पर्ने जोशी बताउँछन् । ‘यी भगवतीका मन्दिर मिलाएर नवदुर्गा सुदुरपश्चिममै रहेको मान्न सकिन्छ,’ उनले भने । दसैँका बेला सुदूरपश्चिमका भगवती मन्दिरमा राँगा र बोका बलि दिने चलन छ । सुदूरपश्चिममा दसैँ मौलिक रुपमा कुल देवता र भगवती देवताको पूजा गरेर मनाउने गरिन्छ । ‘देवताको पूजा गरेर र देवताको टीका लगाएर दसैँ मनाउने पुरानो चलन हो,’ प्राज्ञ वासुदेव पाण्डेय बताउँछन् । मनोरञ्जन गर्ने, ५ दिनसम्म टीका लगाउने र टीका लगाउन विभिन्न ठाउँ जाने हाम्रो चलन नभएको उनी बताउँछन । पछिल्ला वर्षमा पूर्वतिरबाट यो भित्रिएको उनको भनाइ छ । ‘दसैँमा कुल देवता र भगवतीका मन्दिरमा पूजाआजा गर्ने चलन हो,’ उनले भने ।

    अध्येता टिआर पाठक शास्त्रमा पञ्च बलि दिइनुपर्छ भनेर लेखिएको र काग, नाग, गाई, कुकुर र कमिलालाई बलि दिइनु पर्छ भनिएको हो भनी बताउँछन् । बलि भनेको सम्मान दिनु भनिएको हो, यी प्राणीलाई सम्मान दिनु भनिएको हो ।’
    सुदूरपश्चिममा डडेल्धुराको उग्रतारा, बैतडीको मेलौरी, त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी लगायतमा अष्टमीको दिन ठूलो संख्यामा बलि दिने चलन रहेको छ । टाढाटाढाबाट सयौँ जना आएर बलि दिने गरिन्छ ।
    ‘सुदूरपश्चिममा रहेका ७ बहिनी भगवतीका मन्दिर महŒवपूर्ण धार्मिक पर्यटनका गन्तव्य हुन्,’ पर्यटन व्यवसायी कृष्ण महरा भन्छन् । बाटोघाटो र भौतिक पूर्वाधार बनाएर प्रचार प्रसार गरेमा भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक यी ७ बहिनी भगवतीको दर्शन गर्न आउने उनी बताउँछन् ।
    उग्रतारा मन्दिर
    अमरगढी नगरपालिका वडा नं। ७ र ८ को सिमानामा दशरथ चन्द राजमार्गसँग जोडिएको सुन्दर डाँडामा कलात्मक शैलीमा बनाइएको महाशक्तिपीठ उग्रतारा मन्दिर छ । यो डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर दुरीमा छ । यहाँ हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रातमा र दोस्रो दिन पूजा गर्ने गरिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा चार वटा गाउँबाट बिहान ‘देउरो’ आएपछि दिउँसो मेला सुरु हुने पुजारी पण्डित लोकराज भट्टले बताए । यहाँ ‘देहिजाँत’ले प्रख्यात ठूलो मेला लाग्छ । सुदूरपश्चिमका विभिन्न जिल्ला लगायतका ठाउँबाट सहभागी मेलामा दसौँ हजार उपस्थित हुने गर्छन् । ‘बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, बिकुल, भोकर, शंख, घण्टा इत्यादि बाजागाजाका साथ चार वटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पगेसँगै भगवती माताको पूजा सुरु हुन्छ ।
    किम्बदन्ती अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर सेतो ढुंगा डाँसीबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मान्यता रहेको भट्ट बताउँछन् । उग्रतारा मन्दिरमा दसैँको अष्टमीको दिन राँगाको बलि दिइने गरेको छ ।

    शैलेश्वरी मन्दिर
    सात बहिनी भगवतीमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको सदरमुकाम सिलगढीमा छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुँइचो लाग्छ । यो मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूणर््िामाको दिनमा मेला लाग्ने गर्छ । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्ट बताउँछन् ।
    यहाँ प्रत्येक १२ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्छ । १ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन् ।

    शास्त्रमा उल्लेख भएअनुसार महादेव र पार्वतीको स्वयंवर भएपश्चात् विहार गर्ने क्रममा वनमा सयर गर्दै चन्दनगिरि पर्वत अर्थात् सिलगढीमा पुग्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वत देखियो । शिवपार्वती यहाँ मोहित भए र प्रणयमा रमाउन थाले । यही बेला राक्षस तारकासुरले देवलोक तथा पृथ्वीलोकमा आतंक मच्चाउँदै थिए । आतंकबाट जोगिन पीडित ऋषिमुनि तथा देवता महादेवको खोजी गर्दै चन्दनगिरि (सिलगढी)आइपुगे । त्यस बेला शिवपार्वती एकाकार भई प्रणयमा लीन थिए । सोही बेला एकाएक ऋषिमुनि तथा देउताहरु आएपछि पार्वती लाजले शिलामा लुप्त भइन् । पार्वती शिलामा परिणत भएकाले जसको नाम शिलादेवी तथा शैलमा शयर गरेकाले शैलेश्वरी रहन गयो । यसैको नामबाट सो ठाउँको नाम पनि सिलगढी रहन गएको किम्बदन्ती छ ।

    त्रिपुरा भगवती मन्दिर
    बैतडी सदरमुकाम नजिककै रहेको यस मन्दिर बैतडीको प्रसिद्ध धार्मिक स्थल हो । जिल्ला सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिमतर्फ गोठालापानी–झुलाघाट सडक खण्डको छेउमा रहेको उक्त मन्दिर रणशैनी भगवतीको नामले समेत चिनिन्छ ।

    मेलौली भगवती
    सात बहिनी भगवती शक्तिपीठमध्ये मैलौली भगवतीको मन्दिर पनि बैतडीमा छ । मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको यस मन्दिरमा पूजाआजा गर्न हजारौँ पुग्ने गर्छन । पछिल्लो समय सडक पुगेपछि भक्तजनलाई सजिलो भएको छ ।
    मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोस पर्दछ । यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल एक सय ३४ रोपनी छ । विशाल दुवाचौरमा आकर्षक शिखरशैली भित्रपर्ने प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर समुद्री सतहबाट लगभग एक हजार सात सय मिटरको उचाइमा अवस्थित छ । बैतडी जिल्लामा यतिको उचाइमा सम्म परेको दुबोचौरले भरिपूर्ण एकमात्र स्थल यही मेलौली मन्दिर परिसर मात्रै हो ।

    निगंलाशैनी मन्दिर
    यो भगवती मन्दिर पनि बैतडीमा रहेको छ । दशरथरचन्द राजमार्गमै पर्ने यो मन्दिर दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा अवस्थित छ । यो मन्दिरमा दसैँको अष्ठमी, चैतेदसैमा राँगा, बोकाको बलि दिने चलन छ ।
    मन्दिरमा बर्सेनि सयौँ राँगा, बोकाको बलि दिने गरिन्छ । निंगलाशैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको मन्दिरका भण्डारी चक्रबहादुर बोहराले बताए ।निंगालोका झाङमा उत्पत्ति भएकाले निंगलाशैनी नाम रहेको निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

    डिलाशैनी भगवती
    डिलाशैनी भगवतीको मन्दिर पनि बैतडीमा रहेको छ । पुर्चौडी नगरपालिका–१० तल्लादेही र मल्लादेहीमा अवस्थित छन् । दसैँका अवसरमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मन्दिर दर्शनको लागि हजारौं सर्वसाधारण आउने गरेका छन् भने मन्दिरमा राँगा बोकाको बलि दिने गरिन्छ । तल्लादेही भगवतीको देवल १२०३ सालमा बनेको भन्ने शिलालेख पाइन्छ । भारतसँग सीमा जोडिएको यो क्षेत्रमा पूजापाठका लागि हजारौँ भारतीय नागरिक आउने गरेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । पछिल्लो समय जिल्लामा स्तरीय होटल खुले पनि मन्दिर दर्शन र मेलामा आएका सीमावर्ती भारतीय नागरिकलाई भित्राउन नसकिएको होटल व्यवसायी जनकराज जोशी बताउँछन् । धार्मिक पर्यटनको सम्भावनाको प्रचूर सम्भावना भए पनि यहाँका स्थानीयले फाइदा लिन सकेका छैनन् ।
    बडिमालिका
    सात बहिनी भगवती मध्यका बडिमालिकाको मन्दिर बाजुरामा पर्छ । ५ महिना हिउँ र ४ महिना कुहिरोले ढाक्ने यस ठाउँबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालिकोट, मुगु लगायतका जिल्लाका दृश्य नियाल्न सकिन्छ ।
    मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालिकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो ९पूजापाठमा आवश्यक पर्ने सामग्री० सहितको टोली आउने गरेको छ ।
    गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए । बडिमालिका दर्शनका लागि तत्कालीन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको पुजारी भानुभक्त पाध्याय बताउँछन् । हाल पनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पूजा गर्ने गरेका छन् । यहाँ विभिन्न ठाउँबाट आउने भक्तजनको धार्मिक आस्थाको धरोहरको पूजापाठसँगै सम्मपरेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य हुने गरेको छ ।

    • सात बहिनी भगवती
    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.