• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली !

  •   पदमराज भट्ट
  • मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटीको के आई सिंह गाउँपालिका ९६ फलेडीका प्रकाश जोशी झरी परिरहेका बेला एक हल गोरुसहित खेत जोत्न व्यस्त देखिए। छेउमा केही महिलापुरुष ब्याडमा थिए त केही पुरुष कोदाली लिएर बाउसे गरिरहका। अनि रोपाहारहरू धान रोप्न तम्तयार थिए।

    डोटीलगायत अधिकांश पहाडी जिल्लामा परम्परागत ढाँचामा धान रोपाइँ हुने गरेको छ। ‘हामी त गोरुबाट खेत जोत्ने गर्छौँ। हलो, कोदालो र कोदालीको सहायतामा परिवार र छरछिमेकी जम्मा भएर पालैपालो रोपाइँ गर्छौँ,’ जोशीले भने।

    सुदूरपश्चिमका पहाडी जिल्लामा पुरानै शैलीमा खेती भइरहेको छ। ‘परम्परागत रूपमा धान रोपाइँ गर्दा उत्पादन घटेको छैन। हामीसँग प्रविधि पनि त छैन’, स्थानीय सीता जोशीले भनिन्।

    पहाडमा सबै ठाउँमा सडक पुगेका छैनन्। खेत जोत्ने ट्याक्टर गाउँगाउँ पुर्‍याउन सडक भएमात्रै सजिलो हुन्छ। कैलालीको भजनी नगरपालिका ९३ का विक्रम चौधरी डेढ बिघा जग्गामा धानखेती गर्छन्। जनप्रतिनिधिसमेत रहेका चौधरीले खेतमा ट्याक्टरको प्रयोग गर्दै आएका छन्।

    ‘पाँच वर्षअघिसम्म मैले पनि राँगाबाट खेत जोतेर खेती गर्ने गरेको थिएँ। तर पछिल्ला वर्ष भने ट्याक्टरबाट खेत जोत्ने गरेको छु।’ धान काट्न, झार्न र बोक्न पनि मेसिनको प्रयोग गर्न थालेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘प्रविधि प्रयोगले समयको बचतसँगै खेती गर्न सहज भइरहेको छ,’ चौधरीले भने। तराईमा पनि सबैसँग प्रविधिको पहुँच पुगेको छैन।

    विक्रमका छिमेकी मिथुनलाल चौधरी भने राँगाको सहायतामा खेत जोत्दै आएका छन्। ‘घरमा राँगाभैँसी पालेका छौँ। खेती किसानीका बेला प्रयोग नगरे पाल्नुको के अर्थरु’ खेत जोत्न ट्याक्टर प्रयोग गर्दा पैसा तिर्नुपर्ने भएकाले पनि उनी राँगा पालेको बताउँछन्।

    ‘खेत जोताउँदा तिर्नुपर्ने रकम बचेको छ,’ चौधरीले भने। त्यसो त चौधरीले पनि आवश्यक पर्दा प्रविधिको प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, ‘प्रविधिको प्रयोग नगर्ने हैन फलेको धान थ्रेसरमा हाल्छु, बोक्छु तर खेतीको काम भने म आफैँ गर्छु।’

    तराई क्षेत्रमा धान रोप्न र भित्राउन ट्याक्टर, थ्रेसर आदिको प्रयोग बढ्दो छ। यसबाट कोदालो र हलो प्रयोग घट्दै गइरहेको किसानहरू बताउँछन्। प्रविधि प्रयोगले समय बचतसँगै आम्दानी पनि भइरहेको उनीहरूको भनाइ छ।

    सुदूरपश्चिम कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले पछिल्ला दिनमा धानखेतीमा ट्याक्टर, प्लाउ  हलो, बिउ रोप्ने मेसिन, ट्रली, धान काट्ने मेसिन, चुट्ने मेसिन प्रयोग हुने थालेको बताए।

    ‘पहाडका किसानलाई प्रविधिसँग जोड्ने प्रयास भइरहेको छ। खेती गर्दा लाग्ने किरा नियन्त्रणका लागि विभिन्न उपाय सिकाउन थालेका छौँ’, जोशीले भने। पछिल्लो समय प्रविधिको प्रयोग बढे पनि प्रयोग गर्ने दक्ष जनशक्ति अभाव छ। त्यसैले किसानलाई प्रविधिमैत्री बनाउन कृषि तालिम केन्द्र र जिल्लास्थित कृषि ज्ञान केन्द्रहरूले विभिन्न तालिम प्रदान गर्दै आइरहेको जोशी बताउँछन्।

    प्रदेश सरकारले किसान प्रविधिमैत्री बनाउन अनुदानमा विभिन्न कृषि उपकरण प्रदान गरिरहेको छ। कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा ३ लाख ६९ हजार ७९६ हेक्टर जमिन खेतीयोग्य छ। त्यसमध्ये यस वर्ष १ लाख ७५ हजार ७६३ हेक्टरमा धानखेती हुने अनुमान निर्देशनालयको छ। पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझै छन्। तराईमा खेतीयोग्य जमिन घडेरीका रूपमा प्रयोग भइरहेका छन्।

    प्रदेशमा ८९ हजार ४९१ हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ। ८० हजार २९४ हेक्टर जमिनमा भने आंशिक सिँचाइ उपलब्ध रहेको निर्देशनालयको तथ्यांक छ।
    असार १५ सम्म ३९ हजार ७५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जोशीले जानकारी दिए। प्रदेशका विभिन्न जिल्लामा साउन १५ सम्म धान रोपाइँ हुन्छ। जोशीका अनुसार मौसम अनुकूल भएमा ६ लाख ६० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमा छ।

    प्रदेशमा १ लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धानखेती गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको विवरणमा उल्लेख छ। प्रदेशमा सबैभन्दा बढी धानखेती हुने जिल्ला कैलाली र कञ्चनपुर हुन्। कैलालीमा ६७ हजार २९७ हेक्टर क्षेत्रफल र कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धानखेती हुन्छ। कैलालीमा १ लाख ७९ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुन्छ। यस्तै कञ्चनपुरमा १ लाख २३ हजार ६६५ मेट्रिक टन धान उत्पादन हुने गर्छ।

    सुदूरपश्चिममा तेस्रो बढी धान खेती हुने जिल्ला अछाम हो। जहाँ १६ हजार ५९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। जिल्लामा ३५ हजार ७८५ मेट्रिक टन धान उत्पादन हुने तथ्यांक छ। यसैगरी डोटीमा १० हजार ७ सय हेक्टर र बझाङमा १० हजार ३ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। डोटीमा २९ हजार एक सय मेट्रिक टन र बझाङमा २७ हजार ६०९ मेट्रिक टन धान उत्पादन हुन्छ।

    छैटौँ बढी धान खेती हुने जिल्ला बैतडीमा ९ हजार हेक्टरमा धानखेती गरिँदा १६ हजार २० मेट्रिक टन उत्पादन हुने मन्त्रालयको तथ्यांक छ। बाजुरामा ६ हजार ९१५ हेक्टरमा धानखेती हुन्छ भने १३ हजार १४० मेट्रिक टन धान उत्पादन हुन्छ। डडेल्धुरा र दार्चुलामा क्रमशः ६ हजार १२० हेक्टर र ४ हजार ४८० हेक्टरमा धानखेती गरिन्छ। डडेल्धुरामा १९ हजार ५ सय मेट्रिक टन र दार्चुलामा १२ हजार ९६ मेट्रिक टन धान उत्पादन हुने सरकारी तथ्यांक छ।

    • तराईमा प्रविधि
    • पुरानै शैली
    • सुदूरपश्चिम
    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.