• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

पुल निर्माणको ८ वर्ष : जम्मा तीन पिलर,निर्माण अलपत्र !

  •  संवाददाता
  • मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौँदेखि पूर्वाधार निर्माण अलपत्र छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माण सुरु भएको ८ वर्ष बित्दा तीनवटा मात्रै पिलर ठडिएका छन्।

    देखतभुली – पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएको हो। २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ७३ लाख ८० हजारमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटकपटक म्याद थप हुँदा पनि पुल निर्माणले गति लिन सकेको छैन।

    पक्की पुलको पिलरको फाउन्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको हो। ठेकेदारले समस्या समाधानका लागि सडक विभागमा पेस गरेका विकल्प पास भइसकेको छ। तर पुल निर्माणका लागि ताकेता गर्दा पनि सन्तोषजनक तरिकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगर कार्यालयका सूचना अधिकारी पीयूष चटौतले बताए।

    निर्माण कम्पनीले लिएको पेस्की २ करोड ५५ लाख बराबरको बैंक ग्यारेन्टीमार्फत जफत भइसकेको छ। पुल निर्माणका लागि पछिल्लो पटक थपेको म्याद २०८० असार ३० मा सकिन लागेको छ।

    पाँचपटक म्याद थप हुँदा पनि डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिका जोड्ने पुल वर्षौँदेखि अलपत्र छ। सातनाली(मेल्लेक(बझाङ सडकलाई केआई सिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका(१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न २०७१ असार २९ गते सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०७४ असार २८ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो। तर अहिलेसम्म २० प्रतिशत पनि काम भएको छैन। सुस्त गतिमा हुँदै आएको निर्माण पूर्ण रुपमा रोकिएको छ।

    मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाख ८८ हजारको लागतमा निर्माण हुने करिब ४०० मिटर लामो उक्त आरसीसी पुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प-राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।

    पाँचपटक थप गरेको म्यादमा २०८० असारभित्र काम सम्पन्न गर्नुपर्नेमा २२ प्रतिशत मात्रै प्रगति भएको डिभिजन सडक कार्यालय डोटीका सूचना अधिकारी रामचन्द्र जैसीले बताए। निर्माण कम्पनीले फर्स्योट गर्नुपर्ने रकम २ करोड २९ लाख ६५ हजार छ।

    नियमअनुसार निर्माण कम्पनीले २ सय दिनको जरिबाना तिरेर पनि काम गर्नुपर्ने हो। फिल्डमा प्रगति नदेखिएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको डिभिजन सडक कार्यालय डोटीले जनाएको छ।

    निर्माण कम्पनीले फिल्डमा काम गर्न खासै चासो नदेखाएको र हालसम्म कुनै कारण नदेखिएकाले पेस्की रकम जफत प्रक्रिया अगाडि बढाउन बैंकलाई पत्राचार गरिएको डिभिजन सडक कार्यालय डोटीका कार्यालय प्रमुख दीपककुमार झाले जानकारी दिए।

    कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने शिवगंगा नदीमा पुल बनाउन १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी २०७४ असारमा सडक डिभिजन कार्यालय, महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको थियो। यस्तै सरकारले २०७४ असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर -१६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल निर्माणको ठेक्का दिएको थियो।

    पक्की पुलको पिलरको फाउन्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण कार्य रोकिएको थियो। निर्माण व्यवसायीलाई उक्त समस्याको समाधानको कुनै किसिमको चासो नदेखाउँदा म्याद थप नगरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगर कार्यालयका सूचना अधिकारी चटौतले बताए। निर्माण व्यवसायीले उक्त पुल निर्माणका लागि लिएको पेस्कीबापतको १ करोड १६ लाख रुपैयाँ जफत भइसकेको छ।

    • निर्माण अलपत्र
    • पुल निर्माण
    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.