• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

धनगढी भाटभटेनीमा क्यामेरा धन्दा : लुटिँदै सेवाग्राही,लफडाले एकको टाउको फुट्यो !

  •  संवाददाता
  • मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी
    कैलालीको धनगढी उप–महानगरपालिका ४ बोराडाँडीमा रहेको भाटभटेनी सुपर मार्केटमा क्यामेरावालाहरूले धन्दा नै चलाएको पाइएको छ । आफ्नो रोजीरोटी चलाउन उनीहरूले फोटो खिच्ने वाहनामा सेवाग्राहीलाई लुटपाट गरिरहँदा समेत भाटभटेनी प्रशासन मौन छ । ‘क्यामेरावालाहरूले आतङ्क नै फैलाएका छन्। म सामान किन्न यहाँ आएको दुई जना क्यामरा बोकेका युवकहरू आएर फोटो २० रुपैयाँको एउटा फोटो खिचिदिन्छौ भनेर झुक्काएर ५ वटा फोटो खिचेर म बाट पनि सय रुपैयाँ लगे,’उपभोग्य सामान खरिद गर्न भाटभटेनी पुगेका अत्तरियाका गोपाल बोहराले भने।

    क्यामेरावालाहरूले अवलोकन तथा सामान खरिदका लागी भाटभटेनी पुग्ने सेवाग्राहीहरूलाई दुख दिने गरेका छन् । ‘यहाँ आउँदा क्यामेरावालाहरूले पिछा छोड्दैनन् । फोटो खिचौँ भिडियो बनाइदिन्छौँ भनेर हैरान पार्छन्। अनि मनपरी शुल्क असुल्छन्,’अर्का सेवाग्राही रिता केसीले भनिन् ।

    दिनहुँको लफडा पछि प्रतिबन्ध,म्यानेजर बेखबर

    भाटभटेनीमा क्यामेरा चलाउनेहरू बिच दिनहुँको लफडापछि अहिले भने सो क्षेत्रमा क्यामेरा म्यानहरूलाई प्रतिबन्ध नै लगाइएको छ। दैनिक उनीहरूकै कारण लफडा हुने र एक क्यामेरा म्यानको टाउको फुटेको घटना प्रहरीसम्म पुगेपछि प्रतिबन्ध लगाइएको हो।
    एक साता अघि मात्रै धनगढी उप–महानगरपालिका–१३ घर भएका वीरेन्द्र विकको भाटभटेनीमै लफडा हुँदा टाउको नै फुटेको थियो। फोटोकै विषयमा विवाद भएर झगडा बढेपछि एक समूहले विकमाथि बियरको बोतलले प्रहार गर्दा उनको टाउकोमा चोट लागेपछि उनको माया मेट्रोमा उपचार भएको प्रहरीले जनाएको छ । यद्यपि अहिले भने उनको अहिले डिस्चार्ज भइसकेको छ ।

    भाटभटेनीको खुकुलो सुरक्षा व्यवस्था र म्यानेजरको लापरबाहीका कारण लफडा भइरहने गरेका छ। ‘यहाँ क्यामेरा चलाउनेहरू बिच सधैँ विवाद झगडा भइराखेको थियो । कहिले सामान्य वोलावोल त कहिले हात हालाहालको स्थिति थियो केही दिन भाटभटेनीकै सुरक्षाकर्मीहरूले विवाद सुल्झाउँथे भने केही घटनामा प्रहरी नै पुग्ने गरीका थिए’,भाट भटेनी नजिकै व्यवसाय गरिरहेका एक पसलले भने,‘टाउको नै फुट्ने घटना पछि भने क्यामेरा म्यानहरूको झुन्ड देखिएको छैन ।’


    भाटभटेनी धनगढीकी म्यानेजर कमला दाहालले भने भाटभटेनीमा हुने गरेको लफडा र क्यामेरा आतङ्कको बारेमा बेखबर रहेको बताइन् । ‘हाम्रो यहाँ त्यस्तो छैन । अहिले त क्यामेरा चलाउनेहरूको भिडभाड पनि छैन । लफडाले कसैलाई चोटपटक लागेको पनि मलाई जानकारी छैन कि तपाइलाई थाहा छर भन्दै उनले छेउमै रहेका एक निजी सुरक्षाकर्मीलाई सोधिन् उनको इशारामा ती सेक्युरिटीले पनि छैन भन्दै टाउको हल्लाए।’दाहालले त्यहाँ भएको कुनै पनि विवादको घटना आफूलाई थाहा नभएको भन्दै आफू र आफ्नो सुरक्षा निकायको गल्ती ढाकछोप गर्ने प्रयत्न गरिन्।

    उनले त्यहाँ प्रहरीले आएर विवाद समाधान गर्ने गरेको कुरा पनि थाहा नभएको भन्दै सो विषयमा अनभिज्ञता प्रकट गरिन्।

    तर त्यहाँ कार्यरत कर्मचारीहरुले भने भाटभटेनीमा पहिलेदेखि क्यामेराम्यानहरुको आतङ्क रहेकोमा अहिले प्रतिबन्ध लगाइएको र एक जनाको टाउकै फुट्नेसम्मको घटना घटेको स्वीकारे। तर उनले त्यो घटना भाटभटेनीबाहिर रोडमा भएको दाबी गरे। ललिता निवास प्रकरणमा मुछिए पछि सञ्चालक मीनबहादुर गुरुङ प्रहरीको फन्दामा छन् ।

    पछिल्लो समय भाटभटेनीमा विवादका घटना बढ्दै गएको र अहिले आफ्नो टोलीले निरन्तर गस्ती बढाएको राजपुर प्रहरी प्रमुख असई बहादुर सिंह ऐरीले बताए।
    दर्जनौँको सङ्ख्यामा रहेका उनीहरूले धनगढीमा भाटभटेनी खुलेदेखि नै एक फोटोको २० रुपैयाँ भन्ने तर फोटो खिच्नेले ५ वटा अनिवार्य खिचेर सय रुपैयाँ र भिडियोको एक सय देखी ५ सय सम्म दिनै पर्ने धन्दा चलाइरहेका छन् ।

    घटनापछि क्यामरा मेनहरूलाई गेट भित्र फोटो भिडियो खिच्न रोक लगाएर पछि गेट बाहिर भने उनीहरूको आतङ्क रोकिएको छैन । भाटभटेनी पुग्नेहरूलाई बाहिरै रोकाएर गेट अगाडी र सडकमा लगेर आफ्नो कमाऊ धन्दा चलाइरहेका छन् । जसका कारण सडक दुर्घटना बढ्ने जोखिम समेत बढेको छ ।

     

    • क्यामेरा धन्दा
    • धनगढी भाटभटेनी
    • भाटभटेनी
    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.