सुदूरपश्चिममा सङ्घीय सरकार मातहत रहेको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा रहेको डडेलधुरा अस्पतालले नयाँ मेडिकल सुपरिटेन्डेन्ट पाएको छ।
विशेषज्ञ डा. सन्तोषकुमार गुप्ताका मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवारी सहित सोमबार अस्पतालमा हाजिर भएका छन् ।
गुप्ता आएसँगै अस्पतालले लामो समयपछि दरबन्दीमै विशेषज्ञ डाक्टर पाएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।
जेठ पहिलो साता नवौँ तहमा बढुवा भएका डा। गुप्ताको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डडेलधुरा अस्पतालमा पदस्थापन गरेपछि उनी अस्पतालमा हाजिर भएका हुन्। गुप्ता बालरोग विशेषज्ञ डाक्टर हुन्।
यसअघि अस्तापलको निमित्त मेसु आठौँ तहका डा. चेतराज भट्ट थिए। नवौँ तहका गुप्ता आएसँगै अब उनी नै मेसु बनेका हुन्। डा. गुप्ताले यसअघि पनि यस अस्पतालमा काम गरिसकेका थिए।
सोमबार अस्पतालमा आयोजित स्वागत कार्यक्रममा डा. गुप्ताले डडेलधुरा अस्पताल विशिष्ट विशेषज्ञ अस्पताल रहेको उल्लेख गर्दै सोहीअनुसार सेवा प्रदान गर्ने बताए।