• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, कार्तिक २६, २०८२ | Tuesday 11th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

सेतीमा जनशक्ति अभाव, सिटिस्क्यान देखी अपरेसन सेवा सम्म प्रभावित !

"काजमा कार्यरतलाई फिर्ता बोलाउँदा थप समस्या  "
  •  जीवन विष्ट
  • मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । साधारण तर्फ १ सय ६ जनाको दरबन्दी रहेकोमा ५१ जना स्थायी र १५ करारमा जम्मा ६६ मात्र कार्यरत छन भने ४० जनाको दरबन्दी रिक्त छ । यस्तै अस्पताल बिकास समितिको ८६ जम्मा दरबन्दी मध्ये २९ स्थायी र २० जना करारका कर्मचारी गरी ४९ जना अस्पतालमा कार्यरत छन भने दरवन्दी भएर पनि ३७ जना कर्मचारीको अभाव छ ।

    काजमा कार्यरत ६ जनालाई पनि सङ्घीय सरकारले फिर्ता बोलाउने निर्णय गरे सँगै सेतीमा सञ्चालित दैनिक सेवामा प्रभाव परको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए । उनका अनुसार कार्यक्रम करार तर्फ १ सय ६१,स्कलरसिपमा १५ ज्यालादारीका ३४ लगायत अन्य गरी जम्मा ३ सय ३३ कर्मचारी अस्पतालमा कार्यरत छन् ।

    मन्त्रालयले कर्मचारी काज फिर्ता गर्ने निर्णय गरे सँगै अस्पतालमा विशेषज्ञ चिकित्सक २ जनाले रमाना लिई गेटा मेडिकल कलेज गइसकेका छन भने अन्य पनि प्रक्रियामा छन् ।

    अस्पतालको नियमित सेवामा कठिनाइ र त्यसमाथि बिरामीले सास्ती पाइरहेको गुनासो बढेको बेला काज फिर्ता हुँदा थप समस्या हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले बताए । ‘यहाँ काजमा रहेका विशेषज्ञ चिकित्सकलाई गेटा अस्पतालमा पठाउने सरकारको आशय देखिन्छ । विशेषज्ञ ७ जना र ५ जना सिनियर स्वास्थ्यकर्मीको काज फिर्ता हुँदा हामीलाई निकै समस्या पर्छ ।गेटा अस्पताल पनि चलोस् र चलिरहेको सेती प्रादेशिक अस्पताल पनि बन्द नहोस् भन्ने हाम्रो माग हो। यसको समाधानका लागी पहल गर्दै छौँ,’अध्यक्ष शाहले भने ।


    ४० वर्ष देखी ५० शय्याको मात्र स्वीकृत दरबन्दी रहेकोमा हाल सम्म थप दरबन्दी सिर्जना भएको छैन । अस्पताल विकास समितिले थप ७५ शय्याबाट सेवा प्रभाव गरिरहेको छ । उता स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवादकै बावजुत गेटा अस्पताल सञ्चालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भइसकेको छ । दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ ।
    १७ असारमा स्वास्थ्य मन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको थियो ।

    प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिन समेत निर्देशन दिइएको थियो ।
    यसै गरी, प्रदेश र स्थानीय तहमा समायोजन भई सङ्घको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको थियो ।

    मन्त्रालयको निर्णय पछि केही कर्मचारीहरू काजमा रहेको ठाउँबाट रमाना बुझी खटाइएको ठाउँमा गइसकेको छन् भने केही जाने तयारीमा छन् । दरबन्दी अनुसार कर्मचारी नभएको समयमा सेवा प्रवाह गरिरहेका काजका चिकित्सकहरुपनि फिर्ता जाँदा सेती प्रादेशिक अस्पतालमाबाट इमर्जेन्सी,ओ.पी.डी,सिटिस्क्यान देखी अपरेसन सम्मका अत्यावश्यक सेवाहरू समेत प्रभावित भइरहेका छन् ।


    विशेषज्ञ चिकित्सक २२ जनाको दरबन्दी रहेकोमा यहाँ ७ स्थायी र १ करारका गरी ८ जनाको मात्रै पदपूर्ति भएको छ भने १४ जना चिकित्सक अस्पतालले पाउन सकेको छैन । यस्तै मेडिकल अधिकृत तर्फ पनि ७ जनाको दरबन्दी रहेकोमा १ जना मात्रै कार्यरत छन् भने बाँकी ६ जनाको दरबन्दी रिक्त छ । ‘अस्पतालमा बिरामीको चाप बढ्दो छ ।प्रादेशिक अस्पताल कम्तीमा तीन सय शय्याको हुनुपर्ने थियो ।हामी सँग ५० शय्याको दरबन्दी स्वीकृत हो यसमा पनि दरबन्दी अनुसारका कर्मचारी पाउन सकेका छैनौँ,‘अस्पताल व्यवस्थापन समिति अध्यक्ष शाहले भने,‘यो अवस्थामा यहाँबाट चिकित्सक फिर्ता बोलाउँदा अस्पताल सञ्चालनमै समस्या हुन सक्छ । बरु यसको स¤ा विशेषज्ञ चिकित्सकको दरबन्दी थप र अस्पतालको स्तरोउन्नती हुन आवश्यक छ ।’

    • जनशक्ति अभाव
    • सेती प्रादेशिक अस्पताल
    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.