कञ्चनपुरको एक सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए ।
उनका अनुसार राति १२ बजेको समयमा घटना भएको हो । ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ तर, हिजो राति कसरी त्यहाँ सम्म आयो हामी बुझिरहेका छौँ,उनले भने ‘।’
सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको हुन सक्ने उनको भनाइ छ । अहिले पोस्टमार्टमको तयारी भइरहेको छ ।