• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कर र बैंक ब्याजदरका कारण धराशायी बने व्यवसाही

  •  संवाददाता
  • शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीका उद्योग ब्यवसायीले सरकारको कर र बैंक ब्याजदरका कारण धराशायी बनेको बताएका छन्। शनिबार कैलाली उद्योग वाणिज्य संघको ४९औँ बार्षिक साधारण सभामा बोल्दै उनीहरुले सो कुरा बताएका हुन्।

    कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संघका बरिस्ठ उपाध्यक्ष पुष्कर ओझाले अहिलेको परिस्थितिमा ब्यबसायीक क्षेत्र निकै अप्ठ्यारोमा परेको बताए। उनले यसको समग्र असर समाजको सबै क्षेत्रमा परेको जानकारी दिए। एकातिर सरकारको कर र अर्कोतिर बैंक ब्याजदरका कारण उद्योग ब्यबसायी धराशायी बनेका छन् उनले भने, निजि क्षेत्रलाई ब्यबसाय गर्ने बाताबरण सहज रूपमा बनाउन सरकारलाई आग्रह गर्छु।

     

    यस्तै महासचिव ओमबहादुर विष्टले व्यापारीहरूले सटर भाडा तिर्न धौ-धौ भएको बताएका छन्। पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उनीहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो। कोरोना महामारीले थला परेको व्यापार फष्टाउन नपाउँदै सडक विस्तारकालागि धनगढी बजारमा तोडफोड भएपछि व्यापार, व्यवसाय न्यून भएको उनको भनाइ छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चर्को बैंकको ब्याजका कारण उद्योग व्यवसाय धराशायी बन्न पुगेको बनाए।

     

    सरकारले हरेक कुरामा कर मात्रै उठाएको तर व्यवसायीहरूलाई सहूलियत दिन नसकेको अध्यक्ष कुँवरको आरोप छ। सरकारले हामीबाट कर मात्रै लिइरहेको छ तर खर्च गर्न सकिरहेको छैन,’ उनले भने, ‘राज्यले निर्माण व्यावसायीहरूको ७०/८० अर्ब भुक्तानी गर्न सकेको छैन।’ अध्यक्ष कुँवरले धनगढी उपमहानगरपालिकाले करमाथि कर लगाएर यहाँका व्यावसायीहरूलाई हैरान बनाएको बताए। ‘धनगढीले करमाथि कर लगाएको छ। व्यापारीहरूका निवेदनहरू आइरहेका छन्।

     

    करमाथि कर लगाउनु भएन,’ उनले भने,‘हिजो उहाँ (मेयर गोपाल हमाल) व्यावसायी नै हुनुहुन्थ्यो। उहाँबाट व्यावसायीहरूका समस्या समाधान होलान् भन्ने आश गरेका थियौं तर आज सबै व्यावसायीहरू निराश भएको अवस्था छ।’उनले करकै कारण धनगढीमा मात्रै ३०/३५ प्रतिशतले व्यवसाय छोडिसकेको बताए। धनगढी बजार क्षेत्रका धेरै सटरहरू खाली भइसकेको उनको भनाइ छ। तीनै तहका सरकारले व्यावसायीहरूका पीरमार्काहरू नबुझेको उद्योग ब्यवसायीहरुले गुनासो गरेका छन् ।

     

    यस्तै सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री रमेश धामीले प्रदेश सरकारबाट हुने सहयोग आफु गर्न तयार रहेको उनले बताएका छन्। कैलाली उधोग बाणिज्य संघ को ४९ औं साधारण सभा कार्यक्रममा जिल्लाका विभिन्न नगर उधोग संघका अध्यक्ष एबम प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत जिल्ला भरका व्यबसायीहरुको सहभागीता रहेको थियो । संघले बिगतमा विभिन्न कालखण्डमा यस क्षेत्रको बिकासमा नेतृत्वदायी भुमिका निर्बाह गर्दै आएको छ। कैलाली उधोग बाणिज्य संघ प्रदेश कै अग्रणी संस्था हो। संघको स्थापना २०२७ सालमा भएको थियो। संघको स्थापना भएको ५३ बर्ष भएको छ।

    शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने
    ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
    राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन शुरू
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.