धनगढी – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं बार्षिक उत्सवका अवसरमा धनगढीमा शैक्षिक सामाग्री बितरण गरिएको छ । कम्पनीको धनगढी शाखाले शुक्रबार राष्ट्रिय अटिज्म केएर सेन्टर सोसाइटि नेपालमा रहेका बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।
बिद्यार्थीहरुको अध्यायमा सहजताहोस भन्ने उदेश्यले शैक्षिक सामाग्री अन्तर्गत कापी,कलम र झोला लगायतका सामाग्री प्रदान गरिएको धनगढी शाखा प्रमुख बिक्रम बोगटीले बताए ।
यस्तै कम्पनीले आफ्नो छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने योजना पनि सार्वजनिक गरेको हो । भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने बताइएकोछ । उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।